No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेता र व्यवसायीकै घर पर्ने भएपछि पेचिलो बन्दै हेटौंडामा सडक विस्तारको योजना

नेता र व्यवसायीकै घर पर्ने भएपछि पेचिलो बन्दै हेटौंडामा सडक विस्तारको योजना

हेटौंडा। सडक डिभिजन कार्यालय हेटौंडाले बजार क्षेत्रका संरचना हटाउन १५ दिने सूचना जारी गरेसँगै पुन: विवाद बल्झिएको छ।

डिभिजन कार्यालयले मुख्य सडक दुवैतर्फ २५-२५ गज सीमा कायम गरी नापजाँचको काम अघि बढाएपछि स्थानीय व्यवसायी पुनः अवरोधमा उत्रिएका छन्।

हाल जारी १५ दिने सूचनासँगै सडक डिभिजन कार्यालयले २५-२५ गजकै मापदण्डअनुसार बजार क्षेत्रका संरचना हटाउनुपर्ने स्पष्ट पारिएको छ। टास्कफोर्समार्फत नापजाँच र रेखांकित कार्य तीव्र रूपमा अघि बढाइँदैछ। यसले व्यावसायिक क्षेत्रका सयौँ संरचना प्रभावित हुने अनुमान छ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले यो सडक विस्तार योजना एडीबी योजना अन्तर्गत रहेको र विवाद लामो समयदेखि रहेकाले यसको हल चाँडोभन्दा चाँडो खोज्नु पर्ने बताएकी छन्।

‘सीमरा र भरतपुरबाट सडक बनेर आइसक्यो। हेटौंडामा टेन्डर लाग्ने भएसँग मापदण्डअनुसार बजार खाली गर्न धेरै पटक प्रयास गरियो। तर, अवरोध छ। कति जनाले मुआब्जासमेत पाइसकेका छन्। उनीहरूले सडक विस्तार गर्दा सहज गर्छौं भनेर पत्रसमेत दिइसक्नु भएको छ। यस्तो अवस्थामा विवादको कुनै तुक छैन,’ उनले भनिन्।

केही दिन पहिले अवलोकनका लागि हेटौंडा पुगेका भौतिक पूर्वाधार तथा योजना विकास मन्त्री कुलमान घिसिङले आएर टेन्डर आह्वान गर्दै २५ मिटर खाली गराउन निर्देशन दिएको थिए।

‘यस विषयमा अदालतले सडक विस्तारका क्रममा कुनै पनि मुद्दा नलाग्ने फैसला गरिसकेको छ। कानुनी रुपमा बाटो प्रस्ट भइसकेको, मुआब्जा पाउनेहरूले पाइसक्नु भएको अवस्था छ। मन्त्रीज्यूको निर्देशन अनुसार उपमहानगरपालिकाको नगरसभाले विस्तारमा सहयोग गर्ने निर्णय गरिसकेको छ,’ मेयर लामाले भनिन्।

उनीहरूले विभिन्न बहाना गर्दै सडक विस्तारमा अवरोध गरेको स्थानीयले गुनासो गरेका छन्। ‘आफूहरुकोसमेत घर भत्काउनु पर्नेभएपछि विभिन्न बहानामा विवाद गर्नुहुन्छ, उहाँहरुकै कारण अहिले सडक विस्तारमा अवरोध भएको छ,’ एक स्थानीयले भने।

पूर्वमुख्यमन्त्री डाेरमणि पाैडेल, हालका उपमेयर राजेश बाँनिया, व्यवसायी अजय सुमार्गी लगायतको घर सडकमा पर्ने भएसँगै बढी अवरोध सिर्जना भइरहेको स्थानीयको दुखेसो छ। अव्यवस्थित सडकका कारण सवारी चाप बढ्दो रहेको र यसले सहरको सुन्दरतामा ह्रास ल्याएको उनीहरूको भनाइ छ।

पूर्व मुख्यमन्त्री, वर्तमान उपमेयर र चर्चित व्यापारी सुमार्गीले आफ्ना घर आफैं भत्काएर सडक चौडा गर्न अन्य जनतालाई प्रेरणा दिनुपर्नेमा उनीहरुले नै विभिन्न नाममा सडक विस्तारमा अवरोध गर्न थालेको स्थानीयको आरोप छ।

यतिबेला सो सडक चौडा नगर्न उनीहरुले जेनजीको नाममा धम्क्याउनेसमेत गरेको स्थानीयले आरोप लगाएका छन्। विशेष गरी जेनजी अगुवा मिराज ढुंगानाको नाम लिँदै केही युवाहरुले बाटो चौडा नगर्न दबाव दिन थालेको स्रोतले दाबी गरेको छ।

समाजमा प्रेरणादायी भूमिका निर्वाह गर्नुपर्ने दलका नेता र उद्योगी व्यावसायीले नै विकास विरोधी काम गर्न थालेको भन्दै उनीहरुको आलोचनासमेत हुन थालेको छ।

तर, स्थानीय व्यवसायी भने सरकारले अघि बढाएको १६ मिटरको प्रस्तावमा विश्वस्त भई लगानी गरेको दाबी गर्दै अचानक २५-२५ गजको नीतिमा फर्कनु अनुचित रहेको दाबी गर्दै आएका छन्।

उता नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अरुणराज सुमार्गी हेटौंडा सडक विस्तारलाई सहज बनाउन २५-२५ गज सीमाभित्र पर्ने आफ्ना निजी संरचना स्वयं भत्काउने दाबी गर्दै आएका छन्।

उनले १२ मंसिर (शुक्रबार) हेटौंडामा पत्रकार सम्मेलन गर्दै आफू सडक विस्तारका पक्षमा दृढ भएको बताएका थिए। झण्डै नौ वर्षअघि नै सडक विस्तारको प्रारम्भिक सूचना आएपछि आफूले घर खाली गरिसकेको बताएका छन्।

तर, निजी सम्पत्ति प्रयोग गर्दा राज्यले कानुनअनुसार मुआब्जा दिनुपर्ने भएकाले त्यसका लागि आफूले लडाइँ जारी राख्ने उनले बताए। ‘सडक विस्तार रोक्ने पक्षमा छैन। तर, पीडितले न्याय पाउनै पर्छ,’ सुमार्गीले भने।

यसअघि तत्कालीन सञ्चारमन्त्री मोहन बस्नेतले हेटौंडा सडकलाई १६-१६ मिटरमा सीमित गर्ने तथा मुख्य राजमार्गलाई बाइपासमार्गतर्फ सार्ने प्रस्ताव सार्वजनिक गर्दै सरकारले बजारभित्र राजमार्गको भार कम गर्ने संकेत दिएका थिए।

बस्नेतले सञ्चारकर्मीहरूसँग गरेको संवादमा १६ मिटरको सहरमुखी सडक निर्माण, फुटपाथ र ग्रिनबेल्टसहितको योजनालाई मन्त्रालयस्तरबाट अघि बढाइएको उल्लेख गरेका थिए।

तर उक्त प्रस्ताव मन्त्रिपरिषद्मा औपचारिक निर्णयका रूपमा अगाडि नबढेपछि योजना कागजमै सीमित रह्यो। संघीय सडक विभागले राष्ट्रिय राजमार्गको मापदण्ड २५ मिटरभन्दा कम नहुने कानुनी बाध्यताका कारण १६ मिटरको विकल्प व्यवहारिक नरहेको प्रस्ट पारेपछि बाइपास-राजमार्ग सार्ने योजना पनि रोकिएको थियो।

सरकारी अधिकारीहरू भने हेटौंडा बजारको सडक अहिलेसम्म राष्ट्रिय राजमार्गकै हिस्सा भएकाले मापदण्ड घटाउन नसकिने तर्क गर्दै आएका छन्। १६ मिटरको प्रस्ताव सिफारिस मात्र भएको र कार्यान्वयनको चरणमा कहिल्यै प्रवेश नगरेको कार्यालयको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post
काठमाडौंका मेयर बालेनलाई पितृशोक

काठमाडौंका मेयर बालेनलाई पितृशोक

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस

बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अवस्था ‘अत्यन्तै गम्भीर’

बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अवस्था ‘अत्यन्तै गम्भीर’

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .