धनुषा : कोरोना भाइरस महामारीले उत्पन्न गरेको अवस्थालाई दृष्टिगत गर्दै प्रदेश २ सरकारले सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल एवं ट्रमा सेन्टर निर्माण कार्य अघि बढाएको छ ।
यसैक्रममा शुक्रवार सो अस्पतालका लागि मुख्यमन्त्री लालबाबु राउतको नेतृत्व सहितको टोलीले जग्गा निरिक्षण गरेका छन ।
सरुवा रोग अस्पतालको शिलान्यास आउंदो मंसिर १५ गते भर्चुअल माध्यमले हुने मुख्यमन्त्री सचिवालयले जनाएको छ ।
सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालका लागि बारा जिल्लाको कलैया उपमहानगरपालिका १६ झिटकैयामा र ट्रमा सेन्टरका लागि पथलैया स्थित प्रादेशिक स्वास्थ्य तालिम केन्द्रमा निरिक्षण गरेका हुन ।
कलैया उपमहानगरपालिकाले ७ विग्घा जग्गा सहयोग गर्ने भएपछि निति तथा कार्यक्रम अनुरुप ५० शैयाको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल निर्माण हुने कुरा मुख्यमन्त्री संचार सचिवालयले जनाएको छ ।
सो निरक्षण टोलीमा मुख्यमन्त्री राउत सहित संघीय सांसद रामसहाय प्रसाद यादव, रामबाबु यादव, प्रदेश सांसद पारस साह, बच्चा यादव, ज्वाला साह, सुन्दर विश्वकर्मा , समाजिक विकास मन्त्रालयका सचिव लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।