• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

राष्ट्रसेवक सहकारी संस्थाको सम्पत्ति ५७ करोडभन्दा बढी


राष्ट्रसेवक सहकारी संस्थाको सम्पत्ति ५७ करोडभन्दा बढी

मोरङ। राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था विराटनगरको सम्पत्ति दायित्व रु ५७ करोड ३८ लाख पुगेको छ। आज यहाँ आयोजित संस्थाको २७औँ वार्षिक साधारणसभामा सहकारीको कुल सम्पत्ति दायित्व आर्थिक वर्ष २०८१र८२ मा रु ५७ करोड ३८ लाख ५७ हजार ४५४ पुगेको जानकारी दिइयो।

अध्यक्ष जीवन काफ्लेले संस्थाको अघिल्लो आव २०८०र८१ मा रु ४८ करोड चार लाख रहेकामा गत आवमा त्यसमा सुधार गर्न सफल भइएको र चालु आव २०८२र८३ मा यसलाई वृद्धि गरेर रु ६३ करोड ९० लाख १७ हजार ३०२ पुर्‍याइने लक्ष्य रहेको बताए। गत आवमा वार्षिक लक्ष्यको ९४ प्रतिशत अर्थात् रु ५१ करोड ४३ लाख पाँच हजार ५६९ आम्दानी गरेको उनले जानकारी दिए।

यस्तै, सहकारीको निक्षेप रु ४४ करोड ४३ लाख ११ हजार ७०९ रहेको छ भने ऋण लगानी रु ३५ करोड ८८ लाख ७२ हजार ९९४ रहेको छ। विसं २०५५ साउन ४ मा स्थापित सहकारीमा हाल एक हजार ८९३ जना शेयर सदस्य रहेका छन्।

यस सहकारीले गत आवमा नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय समिति, राष्ट्रिय सहकारी बैंक र प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयबाट उत्कृष्ट सहकारीको पुरस्कारसमेत प्राप्त गरेको संस्थाका सचिव ओमराज सुवेदीले बताए।

यसैबीच यहाँ एक पत्रकारसहित तीन जनालाई नगदसहित पुरस्कृत गरिएको छ। किशोरी खतिवडा स्मृति पुरस्कारबाट निजामती कर्मचारी संगठनकी पूर्वउपाध्यक्ष इन्दिरा रिजाल (काठमाडौं), दधिराम दाहाल स्मृति पुरस्कार समाजसेवी भवनाथ पौडेल (विराटनगर), हिरनकुमार थापा स्मृति पुरस्कार पत्रकार सुमन सुस्केरालाई प्रदान गरिएको छ।

निजामती कर्मचारी संगठनकी केन्द्रीय अध्यक्ष भवानी दाहाल, संस्थाका अध्यक्ष जीवन काफ्ले, दाता परिवारका सदस्यलगायतले तीनै जनालाई पुरस्कार प्रदान गरे। सहकारीले ७५ वर्षमाथिका ज्येष्ठ सदस्य तथा कक्षा १२ र एसइईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई पनि सम्मान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

नेपाल एक्सन

सम्बन्धित खबर

पुष्प मेलाको चौथो दिन: ३४ हजारले अवलोकन गर्दा एक करोड तीन लाखको कारोबार

तिहार नजिकिँदै गर्दा माटोका दियो बनाउन व्यस्त कुम्हाल समुदाय (तस्विरहरू)

माटोका सामान बिक्री हुन छाडेपछि पुर्ख्यौली पेसा संकटमा

अवरुद्ध कटारी घुर्मी सडक खुल्यो

इलाममा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ३७ पुग्यो

मोरङमा वर्षापछिको विपत्ति : सयौं परिवार सुरक्षित स्थानमा सारिए

Next Post

सुन तस्करी प्रकरणः पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता

पर्सामा २१ हजार जनालाई हैजा विरुद्धको खोप लगाइयो

माटोका सामान बिक्री हुन छाडेपछि पुर्ख्यौली पेसा संकटमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version