No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बेमौसमी फूलखेती गरेर १५ लाख आम्दानी

बेमौसमी फूलखेती गरेर १५ लाख आम्दानी

घोराही। घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा आजभोलि सयपत्रीका फूल ढकमक्क फुलेका छन्। उनले बाह्रै महिना यसैगरी फूलको व्यावसायिक खेती गर्दै आएका छन् । बेसिजन अर्थात् बेमौसमी याममा पनि उनी फूल, माला बिक्री गर्दै आएको बताए ।

चाडपर्वमा मात्र नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेको हुन्छ । व्यावसायिक रूपमा फूलखेती गरेका उनलाई यही व्यवसायमा सन्तुष्ट छन्। आम्दानीको पाटो पनि राम्रो भएको छ फूलखेतीबाट । फूलखेती गर्नुभन्दा अघि उनले वैदेशिक रोजगारमा थिए।

‘विगत लामो समयदेखि विदेशमा रोजगार गरेर फेर्केपछि फूलखेती थालेको हुँं’, उनले भने, ‘बाहिरी देशमा कमाएको भन्दा फूलखेतीबाटै आम्दानी हुने गरेको छ, अब विदेश नजाने बरु यही व्यवसायलाई अझ बढाउँदै लैजाने उनको सोच छ ।’

रोजगारीका सिलसिलामा सात वर्ष कतारमा बिताएका रोकामगरले जिल्लामा दसैँ, तिहारलगायत पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती गर्न थालेका हुन् । अहिले उनले फूललाई प्रतिकेजी चार सय रुपैयाँका दरले र माला एक थानलाई एक सय रुपैयाँमा बिक्री गर्दै आएका छन् ।

उमेरले ४० वर्ष पुगेका किसान मगरले विगत १३ वर्षदेखि फूलखेती गर्दै आएका छन् । यस वर्ष पनि तीन बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको बताए । जलजला पुष्प फार्मबाट व्यावसायिक रूपमा फूलखेती गर्दै आएका किसान मगरले स्थानीय केही नागरिकलाई रोजगारीसमेत दिएका छन् ।

अहिले जिल्लासहित चितवन, बुटवलमा पनि फूल, माला पठाउँदै आएको बताए । उनले वार्षिक रूपमा ३५ लाख रुपैयाँ बढीको फूल, माला बिक्रीको कारोबार गरे । यसबाट १०–१५ लाख वार्षिक रूपमा बचत हुने उनको भनाइ छ । असोज महिनामा विभिन्न सभा, सम्मेलन, कार्यक्रम र विवाह, पूजालगाएत कार्यमा फूलमाला बिक्री भइरहेको उनले बताए ।

उनले बिहेको माला पनि तयार पारेर बिक्री गर्दै आएकी छ । उक्त माला रु एक हजारमा बिक्री गर्ने गरेका छन् । किसान मगरले माला बनाउनका लागि बिजुलीको फूल पनि उत्पादन गरेका छन् । किसान रोकामगरले विभिन्न प्रजातिका फूलका बिरुवा पनि उत्पादन गरेर बिक्री गर्दै आएका छन् । व्यावसायिक रूपमा फूलखेती गरेका र अन्य घर वरपर सजाउनका लागि पनि फार्ममै आएर नागरिकले लैजाने गरेको उनले बताए ।

अब तिहार पनि आउँदै गरेकाले सरकारीस्तरबाट पलाष्टिकका मालालाई प्रतिबन्ध लगाएमा फूलखेती गरेका किसानलाई राहत हुने उनले बताए । पछिल्लो समय आमनागरिकले पनि स्थानीयस्तरमा उत्पादित सयपत्रीको माला नै प्रयोग गर्ने प्रचलन बढ्दै गएकोप्रति उनी खुसी छन् । यस व्यवसायमा उहाँलाई परिवारको पनि राम्रो साथ र सहयोग मिलेको छ ।

जिल्लामा व्यावसायिक रूपमा फूलखेती गर्ने किसानको सङ्ख्या बढ्दै जान थालेपछि यसको मूल्य पनि पहिलेको तुलनामा घट्दै गएको छ । तर आमनागरिकले कम मूल्यमा पनि स्थानीयस्तरमै उत्पादित ताजा फूलमाला प्रयोग गर्न पाएकोप्रति किसान मगर खुसी व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

विश्वप्रकाश शर्मा : देश बदल्ने सपना कांग्रेसले साकार पार्छ

विश्वप्रकाश शर्मा : देश बदल्ने सपना कांग्रेसले साकार पार्छ

बंगलादेशमा बीएनपीको ऐतिहासिक बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

बंगलादेशमा बीएनपीको ऐतिहासिक बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

सरकारको आम्दानी–खर्च लक्ष्यभन्दा निकै पछि

सरकारको आम्दानी–खर्च लक्ष्यभन्दा निकै पछि

Next Post
तमिलनाडुमा अभिनेता विजयको र्‍यालीमा भागदौड : ३६ को मृत्यु, ४० घाइते

तमिलनाडुमा अभिनेता विजयको र्‍यालीमा भागदौड : ३६ को मृत्यु, ४० घाइते

युक्रेनसँगको द्वन्द्वका कारणहरूलाई सम्बोधनका लागि वार्ता गर्न तयार रहेको रूसी विदेश मन्त्रीको भनाइ

युक्रेनसँगको द्वन्द्वका कारणहरूलाई सम्बोधनका लागि वार्ता गर्न तयार रहेको रूसी विदेश मन्त्रीको भनाइ

चीनमा ऊँटको दूध अर्थात ‘सेतो सुन’ : अर्थतन्त्रका लागि गतिलो आधार

चीनमा ऊँटको दूध अर्थात ‘सेतो सुन’ : अर्थतन्त्रका लागि गतिलो आधार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

चितवनका उम्मेदवारले खोलेनन् छुट्टै बैंक खाता

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

गौरको कर कार्यालय सार्न खोज्दा व्यापारी आन्दोलित

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

विश्वप्रकाश शर्मा : देश बदल्ने सपना कांग्रेसले साकार पार्छ

विश्वप्रकाश शर्मा : देश बदल्ने सपना कांग्रेसले साकार पार्छ

बंगलादेशमा बीएनपीको ऐतिहासिक बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

बंगलादेशमा बीएनपीको ऐतिहासिक बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

सुन–चाँदीको मूल्यमा गिरावट, तोलामा हजारौँले घट्यो

सुन–चाँदीको मूल्यमा गिरावट, तोलामा हजारौँले घट्यो

सरकारको आम्दानी–खर्च लक्ष्यभन्दा निकै पछि

सरकारको आम्दानी–खर्च लक्ष्यभन्दा निकै पछि

‘संघर्षसँगै समृद्धितर्फ’ : जसपा नेपालको घोषणा–पत्र सार्वजनिक

‘संघर्षसँगै समृद्धितर्फ’ : जसपा नेपालको घोषणा–पत्र सार्वजनिक

राष्ट्रिय सभाको नवौँ बैठक आज बस्दै, विभिन्न प्रतिवेदन र प्रस्ताव पेस हुने

राष्ट्रिय सभाको नवौँ बैठक आज बस्दै, विभिन्न प्रतिवेदन र प्रस्ताव पेस हुने

‘देशको अवस्था बदल्न व्यवस्था बदलौं’ : आजपाको घोषणापत्र २०८२ सार्वजनिक

‘देशको अवस्था बदल्न व्यवस्था बदलौं’ : आजपाको घोषणापत्र २०८२ सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .