महेश सिंह लहान-लायन्स क्लब अफ लहान फूलबारीको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। लहान–२, भगवानपुरस्थित भवानी आधारभूत विद्यालय परिसरमा आयोजित कार्यक्रममा विभिन्न प्रजातिका वृक्षरोपण गरिएको क्लबले जनाएको छ।
कार्यक्रममा लायन्स क्लब अफ लहान फूलवारीका संस्थापक राकेश झा, पूर्व अध्यक्ष शंकर प्रसाद गुप्ता, श्यामसुन्दर साह, उपेन्द्र यादव, वडा नम्बर २ का वडा अध्यक्ष सियाराम यादव लगायतका दर्जनौंको उपस्थिति रहेको थियो। सहभागीहरूले विद्यालय परिसरमा वृक्षारोपण गर्दै वातावरण संरक्षण, हरियाली विस्तार र विद्यार्थीलाई प्रकृतिप्रतिको सरोकारबारे सचेत बनाउन सन्देश दिएका छन्।
विद्यालय प्रशासनले विद्यालयलाई हरित र आकर्षक बनाउन यो अभियान ठूलो टेवा पुगेको प्रतिक्रिया दिएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो अभियानले स्थानीय समुदायलाई समेत सकारात्मक सन्देश दिएको सहभागीहरूले बताए।