No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पेरिस अदालतले सार्कोजीमाथि गद्दाफीको अवैध अभियान वित्तपोषण मुद्दामा फैसला सुनाउँदै

पेरिस अदालतले सार्कोजीमाथि गद्दाफीको अवैध अभियान वित्तपोषण मुद्दामा फैसला सुनाउँदै

पेरिस। पेरिसको अदालतले बिहीबार फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीमाथि सन् २००७ को राष्ट्रपति चुनाव अभियानमा तत्कालीन लिबियाली नेता मुअम्मर गद्दाफीको सरकारबाट अवैध आर्थिक सहयोग प्राप्त गरेको आरोपसम्बन्धी फैसला सुनाउँदैछ।

यदि दोषी ठहर भएमा ७० वर्षीय सार्कोजी अवैध विदेशी कोष स्वीकार गरी पद जित्ने पहिलो पूर्वराष्ट्रपति हुनेछन्। उनले यस वर्षको सुरुआतमा तीन महिनासम्म चलेको सुनुवाइमा तीन पूर्वमन्त्रीसहितका ११ सह-प्रतिवादीहरूसँगै सबै आरोप अस्वीकार गरेका थिए।

धेरै कानूनी घोटालाले आफ्नो राजनीतिक विरासतलाई धुमिल बनाए पनि सार्कोजी गायक-मोडेल कार्ला ब्रुनीसँगको विवाहका कारण फ्रान्सको दक्षिणपन्थी राजनीति र मनोरञ्जन सर्कलमा अझै प्रभावशाली छन्। दोषी ठहर भए पनि उनले अपिल गर्न सक्नेछन्, जसले सजाय कार्यान्वयनलाई स्थगित गर्नेछ। अभियोजनकर्ताले सात वर्षसम्मको जेल सजाय माग गरेका छन्।

लिबियाली पैसाको दाबी 

लिबियाली सञ्चारमाध्यम र गद्दाफी आफैँले सार्कोजीको अभियानमा करोडौँ युरो गोप्य रूपमा खर्च गरेको दाबी गरेपछि यी आरोपको जरा सन् २०११ मा देखियो।

सन् २०१२ मा अनुसन्धानात्मक मिडियापार्टले पाँच करोड युरो कोष सम्झौतासम्बन्धी लिबियाली गुप्तचर मेमो प्रकाशित गर्‍यो। सार्कोजीले कागजातलाई नक्कली भन्दै मानहानि मुद्दा दायर गर्नुभयो तर फ्रान्सेली मजिस्ट्रेटहरूले यसलाई प्रामाणिक देखिने बताएका थिए।

अनुसन्धानमा सन् २००५ देखि सन् २००७ को बीचमा सार्कोजी गृहमन्त्री हुँदा उहाँका सहायकहरूसँग लिबियाली प्रतिनिधिहरूको भेटघाटलाई पनि जोडिएको थियो।

सन् २०१६ मा व्यापारी जियाद ताकिडाइनले त्रिपोलीबाट नगदले भरिएका सुटकेसहरू फ्रान्स ल्याएको बताएका थिए, तर पछि बयान फिर्ता लिए। यही घटनाले साक्षी छेडछाडसम्बन्धी छुट्टै अनुसन्धानलाई जन्म दियो। ताकिडाइनको मङ्गलबार बेरुतमा ७५ वर्षको उमेरमा निधन भएको छ।

 मुद्दामा आरोप र प्रतिशोधको दाबी 

सार्कोजीलाई निष्क्रिय भ्रष्टाचार, अवैध अभियान वित्तपोषण, सार्वजनिक कोष दुरुपयोग लुकाउने र आपराधिक सङ्गठनसम्बन्धी आरोपमा मुद्दा चलाइएको हो। अभियोजनकर्ताले उनलाई गद्दाफी शासनसँगको ‘भ्रष्टाचार सम्झौता’ बाट फाइदा लिएको आरोप लगाएका छन्।

गद्दाफीलाई सन् २०११ को विद्रोहमा अपदस्थ गरी मारिएको थियो। सार्कोजी त्यतिबेला लिबियामाथि सैन्य हस्तक्षेप गर्न दबाब दिने पहिलो पश्चिमी नेतामा पर्थे। उनले यी सबै आरोपलाई ‘गद्दाफी कुल र झुट बोल्नेहरूद्वारा मञ्चित षड्यन्त्र’ भन्दै खारेज गरेका छन्। उनका अनुसार गद्दाफीलाई हटाउन पहल गरेको प्रतिशोधस्वरूप आफूमाथि मुद्दा लगाइएको हो।

अन्य कानूनी धक्कापछि 

जुनमा अर्कै मुद्दामा दोषी ठहर भएपछि फ्रान्सको सर्वोच्च सम्मान ‘लिजन अफ अनर’ सार्कोजीबाट खोसिएको थियो।

यसअघि सन् २०१४ मा उहाँले घुस दिने प्रयास गरेको अभियोगमा दोषी ठहर भई एक वर्षको निगरानी सजाय पाएका थिए।

गत वर्ष भने असफल सन् २०१२ को पुनःनिर्वाचन अभियानमा खर्च सीमा नाघेको आरोपमा एक वर्षको जेल सजाय सुनाइएको थियो। यसको आधा भाग निलम्बन गरिएको छ। उनले त्यो फैसलामाथि पनि सर्वोच्च अदालतमा अपिल गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

Next Post
जापान जानका लागि राष्ट्रिय फुटबल टिम नै नक्कली, टोकियोमा सबै ‘खेलाडी’ पक्राउ

जापान जानका लागि राष्ट्रिय फुटबल टिम नै नक्कली, टोकियोमा सबै ‘खेलाडी’ पक्राउ

अमेरिकामा जन्मेका र चीनमा हुर्केका बालिकाहरुको नागरिकतामा संकट

अमेरिकामा जन्मेका र चीनमा हुर्केका बालिकाहरुको नागरिकतामा संकट

गाडीहरू दौडिरहेको व्यस्त सडक अचानक भासिएर सिंगै घर अटाउने खाडल बन्यो

गाडीहरू दौडिरहेको व्यस्त सडक अचानक भासिएर सिंगै घर अटाउने खाडल बन्यो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .