• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

स्वास्थ्य, लैङ्गिक न्याय र आप्रवासी अधिकारका पक्षमा निरन्तर वकालत


स्वास्थ्य, लैङ्गिक न्याय र आप्रवासी अधिकारका पक्षमा निरन्तर वकालत

महेश सिंह लहान सिरहा –नेपाली महिला आन्दोलनको नाम लिनासाथ डा. रेणु अधिकारीको योगदान स्मरण हुन्छ। तीन दशकभन्दा बढी समयदेखि स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरसम्म सक्रिय रहँदै उहाँले महिला नेतृत्व, मानवअधिकार र सामाजिक न्यायलाई केन्द्रमा राखेर निरन्तर काम गर्दै आउनुभएको छ।
महिलाले नेतृत्व गरेका दर्जनौँ स्व–प्रतिनिधि संगठनहरूको संस्थापक डा. अधिकारी नेपालको पहिलो मानव बेचबिखन प्रतिवेदकका रूपमा परिचित हुनुहुन्छ। प्रतिवेदकको कार्यालय स्थापना गरी उहाँले महिलामाथि हुने हिंसा, सुरक्षित गर्भपतन, गर्भाशय खस्ने समस्या जस्ता संवेदनशील मुद्दालाई राष्ट्रिय योजना र नीतिगत तहमा लैजान महत्वपूर्ण भूमिका खेल्नुभयो।
प्रधानमन्त्रीको कार्यालयदेखि टोल–बस्तीसम्म नीति निर्माण, क्षमता अभिवृद्धि र प्रशिक्षणलाई जोड्दै उहाँले समुदायस्तरमै परिवर्तन ल्याउने काम गर्नुभयो। अन्तर्राष्ट्रिय स्तरमा समेत सक्रिय रहँदै उहाँले CEDAW, UPR, CSW, CPD, ICPD लगायतका प्रक्रियामा नेपाली महिलाको आवाज बुलन्द गर्नुभएको छ। लैङ्गिक न्याय, आप्रवासी अधिकार, यौन र प्रजनन स्वास्थ्य अधिकार उहाँका प्रमुख वकालतका विषय बनेका छन्।
उहाँको नेतृत्वमा महिलावादी फोरम, शान्ति सभाहरू, महिला न्यायाधिकरण र हिंसाविरुद्धका राष्ट्रिय अभियानहरू सञ्चालन भएका छन्। Our Bodies, Ourselves पुस्तकलाई नेपाली सन्दर्भमा रुपान्तरण गरेर महिलाको स्वास्थ्य र अधिकारबारे सहज जानकारी पुर्‍याउनु उहाँको अर्को महत्वपूर्ण योगदान हो।

विभिन्न प्रकाशनमार्फत लैङ्गिक समानता, आप्रवासन र प्रजनन अधिकारका मुद्दा उजागर गर्दै आउनुभएका डा. अधिकारीको नेतृत्वले सामाजिक आन्दोलनलाई रूपान्तरणकारी बाटोमा अघि बढाएको छ। महिलाको अनुभव र आवाजलाई न्याय, नीति र सामाजिक रूपान्तरणको केन्द्रमा ल्याउन उहाँको जीवनभरको संकल्प स्पष्ट देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रहरीको मात्र गरेर पुग्दैन, प्रजिअको पनि समायोजन हुनु पर्छ
  • २०८२ आश्विन ८, बुधबार ०८:५८
  • In "देश"
  • शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द
  • २०८२ आश्विन ८, बुधबार ०८:५८
  • In "देश"
  • हामीले उठाएका मुद्दा सम्बोधन गर्नेलाई सरकार गठनमा सघाउँछौँः डा. सिके राउत
  • २०८२ आश्विन ८, बुधबार ०८:५८
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

Next Post

तराई मधेस महिला फाउण्डेशन नेपाल सप्तरीद्वारा शुभकाभमना आदानप्रदान

तत्काल प्रदेश संरचना खारेज हुँदैन : अर्थमन्त्री

मधेस सरकारबाट बाहिरिने कांग्रेसको निर्णय

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version