No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एप्पल र फेसबुकले किन मन पराउँदैनन् एक अर्कालाई ? यी हुन् ९ कारण

एप्पल र फेसबुकले किन मन पराउँदैनन् एक अर्कालाई ? यी हुन् ९ कारण

काठमाडौं । विश्वमा प्रविधि जगतमा प्रतिस्पर्धा निकै तीव्र छ । यस्तोमा प्रविधि कम्पनीहरुबीच प्रतिस्पर्धा र प्रतिद्वन्दिता नहुने कुरै भएन । प्रविधि उद्योगमा वर्षौँदेखि दुईवटा मुख्य कम्पनीहरुबीच तिव्र प्रतिद्वन्दिता छ । ती दुई कम्पनीको नाम हो एप्पल र फेसबुक ।

चाहे गोपनियता सम्बन्धी टिप्पणी होस् वा दुई कम्पनीका सिइओहरुले विभिन्न मामिलाहरुमा प्रकट गर्ने विपरित धारणा हुन् यी सबैबाट के प्रष्ट हुन्छ भने फेसबुक र एप्पलले एक अर्कालाई मन पराउँदैनन् ।

एप्पलले आफ्नो अपरेटिङ सिस्टम आइओएस १४ सँगै एउटा नयाँ फिचर ल्याउन लागेको छ । उक्त नयाँ फिचरले फेसबुकको आम्दानीमा असर पुग्ने वा व्यवसायिक क्षति पुग्ने देखिएको छ । सोही कारण यी दुई कम्पनीबीच पछिल्लोपटक पुनः द्वन्द्व र मनमुटाव बढेको छ ।

पछिल्लोपटक सतहमा आएको यो घटना मात्र होइन यी दुई कम्पनीबीच खटपटपूर्ण सम्बन्धका अन्य धेरै घटना छन् । फेसबुक र एप्पलबीच किन राम्रो सम्बन्ध छैन अर्थात् यी दुई कम्पनीले किन एक अर्कालाई मन पराउँदैनन् भन्ने प्रश्नको उत्तरका रुपमा ९ वटा कारण यस्ता छन् :

१. फेसबुकको व्यवसायिक मोडेलप्रति एप्पल कहिल्यै पनि सकारात्मक भएन । अर्थात् एप्पल फेसबुकको बिजनेस मोडेलको फ्यान होइन । फेसबुकप्रति लक्षित गर्दै एप्पलका सिइओ टिम कुकुले सन् २०१४ मा एक अन्तर्वार्तामा भनेका थिए, ‘यदि कुनै कम्पनीहरुले पैसा कमाउनका लागि प्रयोगकर्ताका डाटाहरु संकलन गर्दछन् भने प्रयोगकर्ता चिन्तित बन्नु आवश्यक हुन्छ ।’

२. एप्पलले सधै नाफामा मात्र ध्यान दिने गरेको र सदैव महंगा प्रडक्ट मात्र बनाउने गरेको आरोप फेसबुकको छ । फेसबुकका अनुसार एप्पलका प्रडक्टहरु वास्तवमै निकै महंगा छन् । यदि एप्पलले उपभोक्ताप्रति ध्यान दिन्थ्यो भने उसले आम प्रयोगकर्ताले खरीद गर्नसक्ने मूल्यका सामान उत्पादन गर्दथ्यो भन्ने ठहर फेसबुकको छ ।

३. फेसबुक र एप्पलका सिइओले व्यक्तिगत रुपमा पनि एक अर्कालाई मन पराउँदैनन् । एप्पल सिइओ टिम कुक र फेसबुक सिइओ मार्क जुकरबर्ग धेरै पटक सार्वजनिक रुपमै अप्रत्यक्ष रुपमा एक अर्कासँग वाकयुद्ध तथा आरोप प्रत्यारोपमा उत्रिएका छन् । एप्पलका लागि फेसबुकप्रति आलोचना गर्ने विषय सदैव गोपनियताको विषय नै रहने गरेको छ ।

४. एप्पलको एप स्टोरको नीतिले प्रायजसो फेसबुकलाई हानी पूराउने गरेको छ । यसअघि एप्पलले फेसबुकका केही एपहरुलाई प्राइभेसीको कारण देखाउँदै बुट गरेर हटाइदियो । तर पछि उसले ती एपलाई पुनस्र्थापित गर्यो । एप्पलको यस्तो व्यवहार फेसबुकले मन पार्ने कुरै भएन ।

५. फेसबुकले आफ्ना कर्मचारीलाई आइफोन प्रयोगमा बन्देज लगाएको छ । यद्यपि कर्मचारीहरुलाई आम रुपमा आइफोन प्रयोगमा बन्देज लगाइएको भने होइन । एक ब्लग पोष्टमा फेसबुकले आफ्ना कर्मचारीहरुलाई एन्ड्रोइड फोन प्रयोग गर्न आग्रह गरेको छ । एन्ड्रोइड फोनहरु संसारकै सबैभन्दा लोकप्रिय रहेको भन्दै आफ्ना कर्मचारीलाई एन्ड्रोइन फोन नै प्रयोग गर्न फेसबुकले आग्रह गरेको हो ।

६. फेसबुकले भन्दा एप्पलले सधैजसो प्रयोगकर्ताको गोपनियतामा बढि ध्यान दिने गरेको छ । प्रयोगकर्ताका डाटा तथा प्राइभेसीको मामिलामा एप्पलले आफु सदैव खरो उत्रिने गरेको दाबी गर्दै आएको छ । तर यो विषयमा फेसबुक भने बेला बेलामा चुक्ने गरेको छ । फेसबुकको त्यहीँ कमजोरीमाथि एप्पलले सदैव आलोचना गर्ने गरेको छ ।

७. आफ्ना कतिपय नीतिहरुका कारण एप्पलले साना प्रविधि कम्पनी अर्थात् स्टार्टअपहरुको हत्या गर्ने गरेको आरोप फेसबुकको छ । आइओएस १४ सँगै एप्पलले एउटा नयाँ फिचर ल्याउँदैछ जसको सहायताले प्रयोगकर्ताहरुले एप तथा वेबसाइटहरुसँग आफ्ना कस्ता डाटा शेयर गर्ने वा नगर्ने भन्ने कुरामा नियन्त्रण कायम राख्न सक्नेछन् । तर फेसबुकले भने यस्तो कार्यले आफ्नो विज्ञापनिक मोडेलमा हानी पुग्नुका साथै स साना एप तथा डाटामा आधारित व्यवसायहरुलाई पनि नकारात्मक असर पुग्ने जनाएको छ ।

८. फेसबुकले प्रयोगकर्ताका डाटाहरुलाई पैसा कमाउनका लागि प्रयोग गरेको र प्राइभेसीलाई नजरअन्दाज गर्ने गरेको आरोप एप्पलको छ । हालै फेसबुकको आलोचना गर्दै एप्पलले भनेको छ, ‘फेसबुकको एकमात्र ध्येय भनेको विभिन्न प्रडक्टहरुमार्फत् प्रयोगकर्ताका डाटाहरु बढि भन्दा बढि संकलन गर्नु र प्रयोगकर्ताका डाटाहरुलाई मनिटाइज गर्नु रहेको छ । प्रयोगकर्ताको गोपनियतामा हुने यस्तो नजरअन्दाज फेसबुकले आफ्ना अधिकांस प्रडक्टहरुमा विस्तार गर्ने काम जारी राखेको छ।’

९. फेसबुकको गेमिङ एपमाथि एप्पलले आंशिक बन्देज लगाएको छ । फेसबुकको गेमिङ एपलाई एप्पलले ५ पटक अस्विकृत गरिसकेको छ । हुनत उक्त गेमिङ एपका कैयन् फिचरहरुलाई निस्तेज पारेर एप्पलले आइओएसमा फेसबुक गेमिङ एपलाई प्रवेश त दिएको छ । तर महत्वपूर्ण फिचर कटौति गरिएपछि आइओएसमा रहेको फेसबुक गेमिङ एप निकै फितलो तथा अलोकप्रिय देखिएको छ ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #शिक्षा
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

Next Post
३१ जनप्रतिनिधिका पद रिक्त

३१ जनप्रतिनिधिका पद रिक्त

खुलेआम ठगी गर्दै एनआईसि एशिया बैंक, धितो लिलामीमै किर्ते गरेको पाईयो !

खुलेआम ठगी गर्दै एनआईसि एशिया बैंक, धितो लिलामीमै किर्ते गरेको पाईयो !

 शान्ति प्रक्रियाको नेतृत्व, स्वामित्व र नियन्त्रण अफगानिस्ताले नै गर्नुपर्छ : भारत 

 शान्ति प्रक्रियाको नेतृत्व, स्वामित्व र नियन्त्रण अफगानिस्ताले नै गर्नुपर्छ : भारत 

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

ट्रम्पको आक्रमणपछि इरानको खार्ग टापुका सैन्य लक्ष्य पूर्ण रूपमा नष्ट

ट्रम्पको आक्रमणपछि इरानको खार्ग टापुका सैन्य लक्ष्य पूर्ण रूपमा नष्ट

उत्तर कोरियाले १० ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, क्षेत्रीय तनाव बढ्यो

उत्तर कोरियाले १० ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, क्षेत्रीय तनाव बढ्यो

नवजात छोरीको हत्या प्रयासको आरोपमा आमा पक्राउ

यूएईमा भ्रामक भिडियो फैलाएको आरोपमा नेपालीसहित १० जनालाई पक्राउ आदेश

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .