• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

शिक्षामा नवप्रवर्तनः काठमाडौं महानगरको कार्यक्रम प्रभावकारी भन्दै अन्तर्राष्ट्रिय सराहना


शिक्षामा नवप्रवर्तनः काठमाडौं महानगरको कार्यक्रम प्रभावकारी भन्दै अन्तर्राष्ट्रिय सराहना

काठमाडौं । ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रमसँग काठमाडौं महानगरपालिकाले सञ्चालन गरेका शिक्षामा नवप्रवर्तनका कार्यक्रम प्रभावकारी देखिएको दाबी गरिएको छ।

यी कार्यक्रमबाट बालबालिकालाई लाभान्वित गराउन अन्तरसरकार सम्बन्धमा शिक्षाका कार्यक्रमलाई तहगत सरकारले अपनत्व ग्रहण गर्ने र कार्यान्वयनमा साझेदारबिच सहकार्य गर्ने वातावरण बनाइएको महानगरको दाबी छ।

काठमाडौं महानगरपालिकाले शुक्रबारबाट राष्ट्रिय सभा गृह र द व्लु पेभेलियनमा प्रारम्भ गरेको दुई दिने शैक्षिक सम्मेलनको पहिलो दिनका सत्रहरुले दिएको सारमा यस्तो बताइएको हो।

नवप्रवर्तनमा आधारित महानगरपालिकाका शैक्षिक योजना तथा कार्यान्वयनमा आएका कार्यक्रमका अनुकुलता र प्रतिकुलता विषयक शैक्षिक सम्मेलन (एजुकेसनल कन्फरेन्स अन इनेब्लिङ् इनोभेसन्स इन एजुकेसन प्लानिङ् एण्ड इम्प्लिमेन्टेसन) आजसम्म चल्नेछ।

सम्मेलनको सारवक्ताका रुपमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्यले, सार्वजनिक शिक्षाबाट नै सर्वसाधारणको पहुँचमा शिक्षाको अवसर प्रदान गर्न सकिने बताइएको छ।

काठमाडौं महानगरपालिकाले प्रयोग गरेका, सञ्चालन गरेका र दिगो उपयोग योजनामा राखेका शैक्षिक नवप्रवर्तनका ढाँचा र विद्यमान अवस्थाका बारेमा प्रस्तुतिकरण गर्दै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले, विद्यार्थी र अभिभावकको रुचिलाई वर्तमान आवश्यकतासँग जोडेर कार्यक्रम तर्जुमा गरिएको बताउनुभयो। महानगरपालिकाका अभ्यासलाई राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुको पृष्ठपोषणबाट सुधार र संस्थागत गर्दै लगिने झाको भनाइ छ।

सम्मेलनमा भुटानका पूर्वशिक्षामन्त्री ठाकुर एस. पौड्यालले, माइ ग्रीन स्कूल : पुनस्थापनात्मक सिकाइ र मानवीय समृद्धिको ढाँचा विषयमा प्रस्तुतिकरण गरेका थिए।

समानान्तर सत्रहरुमा प्रारम्भिक बाल स्याहार र विकास तथा प्रारम्भिक बाल शिक्षा (अर्ली चाइल्डहुड एजुकेसन एण्ड डिभलपमेन्ट)का नीति र अभ्यास, भर्चुअल शिक्षण सिकाइ ः डिजिटल अभियान, शिक्षकहरुको वृत्ति विकासको निरन्तरताका लागि टिचर कलेज कार्यक्रमलगायत विषयमा सामुहिक धारणा निर्माण र छलफल भएका थिए।

विश्वभर प्रयोग गरिएका नोवल इञ्जिनियरिङ्, रुपान्तरण र त्यसको ग्रहण, शैक्षिक पूर्वाधार निर्माणका उपयुक्त विधि, नेपालमा शिक्षा ऐनका आयाम र प्रभाव, बदलिँदो विदेशी सहायता र यसका आयाम, आउँदा पुस्ताका लागि शिक्षा चाहिने शिक्षा, साक्षरताको अभ्यास लगायत विषय सम्मेलनमा समेटिएका छन्।

प्रारम्भिक शिक्षामा लगानी र संरचनाको उपयोग, विश्व अभ्यासका सिकाइ र स्थानीयकरणको सान्दर्भिकता, हरित र स्मार्ट विद्यालय, बाल केन्द्रीत वातावरण सम्मेलनका छलफलका लागि राखिएका मुख्य विषय हुन्।

सम्मेलनमा भुटान, भारतसहित विभिन्न ६ देशका शिक्षा क्षेत्रका विज्ञ तथा शैक्षिक रुपान्तरणमा काम गर्ने संघसंस्थाका प्रतिनिधिहरु सहभागी भएका छन्। उनीहरुले काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको पुस्तकरहित शुक्रबार (बुक फ्री फ्राइडे) कार्यक्रमका बारेमा प्रशंशा गर्दै आफ्नो परिवेशमा सञ्चालिन यस्तै प्रकृतिका कार्यक्रमका बारेमा जानकारी गराएका थिए।

विभिन्न ५ वटा हलमा समानान्तर रुपमा सञ्चालन भएका सत्रहरुमा संघ सरकार, प्रदेश सरकार, स्थानीय सरकार, वहुक्षेत्रीय साझेदार, स्रोत शिक्षक, शिक्षा अधिकृत र विद्यालय निरीक्षक, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक र समुदायका प्रतिनिधिहरुको सहभागिता सुनिश्चित गरिएको छ।

काठमाडौं महानगरपालिकाले शैक्षिक सुधारका लागि ‘पूर्वाधार’, ‘शैक्षिक सामग्री’, ‘मानव पुँजी विकास’ र ‘सुशासन व्यवस्थापन तथा दिगोपना’मा लगानी बढाएको छ। ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमअन्तर्गत प्रारम्भिक बाल विकास कक्षादेखि कक्षा ३ सम्म एकीकृत सिकाइ, कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ, कक्षा ९ र १० मा शिक्षामा सिप कार्यक्रम सञ्चालन भएका छन्।

सिर्जनात्मक सिकाइका लागि २५ विधामा र शिक्षामा सिप कार्यक्रममा १० विषयका पाठ्यक्रम तर्जुमा गरेर कार्यान्वयनमा ल्याएको छ। शैक्षिक नतिजा सुधारका लागि फेस्टिभल क्याम्प, विन्टर क्याम्प, प्रविधिको पहुँच वृद्धि, पठन संस्कार, उपचारात्मक कक्षालगायत सहयोगले एसइइमा ७८ प्रतिशत नतिजा आएको छ। नोग्रेडेड परीक्षामा सहभागीमध्ये ५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

सम्मेलनको पूर्व अभ्यासका रुपमा महानगरपालिकाले गएको बैशाख महिनामा शैक्षिक गोलमेच छलफल आयोजना गरेको थियो। गोलमेच छलफल दोस्रो चरणको कार्यक्रम हो। त्यसअघि काठमाडौं एजुकेसन फेस्ट आयोजना गरेको थियो।

चरणगत रुपमा आयोजना गरिएका कार्यक्रमबाट विद्यार्थी, अभिभावक, शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि, तहगत सरकारका अधिकारी, राष्ट्रिय अन्तरराष्ट्रिय संघसंस्थाबाट नवप्रवर्तनका लागि दृष्टिकोण, सुझाव, अनुकुलता र प्रतिकुलता सम्बन्धी पृष्ठपोषण प्राप्त गरेको छ।

यसरी प्राप्त सुझावको निचोडका आधारमा आगामी शैक्षिक नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्ने योजना रहेको शिक्षा अधिकृत केशव ज्ञवालीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • महानगरद्वारा शिक्षा समितिले गरेका निर्णय कार्यान्वयनको समीक्षा
  • २०८२ असार १४, शनिबार १२:२३
  • In "BannerNews"
  • राप्रपालाई काठमाडौं महानगरको एक लाख जरिवाना
  • २०८२ असार १४, शनिबार १२:२३
  • In "BannerNews"
  • आज अन्तर्राष्ट्रिय युवा दिवस
  • २०८२ असार १४, शनिबार १२:२३
  • In "समाचार"

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

ओलीको कटाक्षः "महाधिवेशन नआउँदै केहीलाई महाधिवेशन लागेको जस्तो"

करोडौं खर्च भइरहेको विद्यालयको नतिजा निराशाजनक, १०६ मा ८९ फेल

रक्सीको बोतल र गिलाससहित अजय महरा मृत भेटिए

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version