• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मिटरब्याज आतंकः ‘मन्टु’विरूद्ध एक दर्जन पीडितले गुहारे प्रशासन


मिटरब्याज आतंकः ‘मन्टु’विरूद्ध एक दर्जन पीडितले गुहारे प्रशासन

विराटनगर । सर्वसाधारणलाई मिटरब्याजको नाममा ठगी गर्दै करोडौं असुल गरेको आरोपमा १६ महिना जेल बसेर सफाइ पाएका विराटनगरका ‘मन्टु’ नामले परिचित सञ्जयप्रसाद रौनियारविरुद्ध पुनः कारबाहीको माग गर्दै एक दर्जन पीडितले मोरङ जिल्ला प्रशासन कार्यालयमा सामूहिक उजुरी दिएका छन्।

उनीहरूका अनुसार मन्टु जेलबाट छुटेपछि पनि पुरानै शैलीमा त्रास फैलाउन थालेपछि १२ जना सर्वसाधरणले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन्।

उनले चिठीमार्फत् पैसा माग्दै धम्की दिने, कानुनी कारबाहीको डर देखाएर मानसिक दबाब दिने र प्रत्यक्ष भेटमै अभद्र व्यवहार गर्ने कार्य दोहोर्‍याइरहेका छन्। यही आरोपसहित १२ जना पीडितले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन्।

सुनवर्षी नगरपालिका–४ निवासी अमितकुमार यादवका अनुसार जेलबाट छुटेपछि मन्टुले फेरि पुरानै तरिकाले आतंक मच्चाउन थालेपछि उजुरी दिनु परेको हो। उनले हुलाकमार्फत् पत्र पठाएर जग्गा बिक्रीको पैसा मागिरहेका छन्। ‘नदिए कानुनी फन्दामा पार्ने धम्की दिन्छन्,’ उनले भने।

पीडितको उजुरीपश्चात् जिल्ला प्रशासन कार्यालय मोरङले घटनाको गम्भीरता बुझेको बताउँदै कानुनी प्रक्रिया अघि बढाएको छ। उजुरीमा उल्लिखित आरोपहरूको अध्ययन र सत्य-तथ्य बुझ्नका लागि प्रशासनले मन्टुलाई उपस्थित गराउन जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘सर्वसाधारणले गुनासो दिएपछि दुबै पक्षलाई छलफलमा बोलाएका छौं। छलफलपछि सत्य-तथ्य पत्ता लगाएर आवश्यक निर्देशन दिनेछौं।’

प्रशासनले ११८०३ नम्बरको चलानीमा जिल्ला प्रहरी कार्यालयलाई पठाएको पत्रमा, ‘अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी उजुरीमा विपक्षी बनाइएका सञ्जयप्रसाद रौनियारलाई छलफलका लागि उपस्थित गराइदिनु’ अनुरोध गरिएको छ।

मिटरब्याज पीडित १७ जनाको उजुरीपछि पक्राउ २०७७ मंसिर २९ मा मोरङ प्रहरीको अनुसन्धानपछि मन्टुलाई ठगी र आपराधिक लाभ लिएको आरोपमा पक्राउ गरिएको थियो।

२०७७ माघ १३ गते मोरङ जिल्ला अदालतमा दुई वटा मुद्दा ‘ठगी र आपराधिक लाभ’ दायर भए। प्रहरीले बुझाएको प्रतिवेदन अनुसार मन्टुले १ करोड ९२ लाख ८५ हजार २ सय ३६ रूपैयाँ बराबरको गैरकानुनी लाभ लिएका थिए।

त्यतिबेला मन्टु कारागार चलान भएका थिए। २०७९ जेठ ९ गते फैसला हुँदा मन्टुले सफाइ पाएका थिए।

जेलमुक्त भएको दुई वर्षपछि पुनः मन्टुले १७ जना पीडितमध्ये ११ जनालाई हुलाकमार्फत् पत्र पठाएर पुनः पैसा माग्न थालेका थिए। ती पत्रमा ‘फिर्ता गरिएको जग्गाको रकम अझै बाँकी रहेकोले’ तोकिएको रकम बुझाउन चेतावनी दिइएको छ।

यही क्रियाकलापले त्रास फैलिएको भन्दै १२ जना पीडितले प्रशासनमा उजुरी दिए। उजुरीकर्ताहरूको भनाइमा मन्टुले हुलाकमार्फत पठाएको पत्र, धम्की दिने फोन र बीचमा तेस्रो व्यक्ति खटाएर दबाब दिने गर्थे।

पीडित अमित भन्छन्, ‘मन्टु जेलबाट छुटे पनि उनको प्रवृत्ति उस्तै छ। उसले हामीजस्तै सर्वसाधारणलाई कानुनी डर देखाएर पैसा असुल्न खोज्दैछन्। हामी फेरि त्यही दुःख भोग्न सक्दैनौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरहामा प्रहरी प्रशासनविरुद्ध मिटरब्याज पीडितहरुले गरे प्रदर्शन
  • २०८२ असार ६, शुक्रबार २३:१५
  • In "BannerNews"
  • वडाअध्यक्षसँग भारतको आधार कार्ड, प्रशासन कार्यालयमा उजुरी
  • २०८२ असार ६, शुक्रबार २३:१५
  • In "देश"
  • महोत्तरीको जलेश्वर बन्द, अवस्था तनावग्रस्त
  • २०८२ असार ६, शुक्रबार २३:१५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु

के अमेरिकाले इरानमाथि आक्रमण गर्नेछ ? यस्तै महत्त्वपूर्ण ९ प्रश्नहरू र तिनीहरूको जवाफ

इरानमा आक्रमण गर्नेबारे सोचिरहेको अमेरिकालाई रुसको चेतावनी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version