• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ग्लोबल टाइम्सले लेखेकाे समाचार खण्डन गर्दै कांग्रेसले दियाे चीनलाई खुला चुनाैती


ग्लोबल टाइम्सले लेखेकाे समाचार खण्डन गर्दै कांग्रेसले दियाे चीनलाई खुला चुनाैती

काठमाण्डौं  : चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्‍ने समाचारहरु प्रकाशित भएपछि चिनियाँ मुखपत्र ‘ग्लोबल टाइम्स’ ले नेपाली कांग्रेस, भारत र पश्‍चिमा शक्तिहरुले नेपाल-चीन सीमा विवाद उक्साइरहेका आरोप लगाएको छ ।

चिनियाँ सैनिकले नेपाल-चीन सीमा पार गरेर हुम्लामा सीमा स्तम्भ उखेलेको र नेपाली भूमि अतिक्रमण गरेको भन्‍ने ‘आधारहीन’ समाचारहरु फैलाउन पश्‍चिमा शक्ति र भारतीय सञ्‍चारमाध्यमहरु तथा नेपाली कांग्रेस लागिरहेको समाचार ग्लोबल टाइम्सले लेखेकाे छ।

कर्णाली प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाहीले चीनविरोधी गतिविधिको नेतृत्व गरेको गरिरहेकोसमेत आरोप लगाइएको छ ।

उक्त आरोपलाई नेपाली काँग्रेसले खण्डन गरेकाे छ। चीन सरकारकाे मुखपत्र ग्लाेबल टाइम्स पत्रिकालाई उदृत गर्दै अनलाइन खबरसहितका केही मिडियाले ‘कांग्रेससहितकाे शक्तिले नेपाल र चीन सीमा विवादकाे आधारहीन हल्ला फैल्याए’ भन्ने शीर्षकमा म जीवनबहादुर शाही र म आबद्द संस्था नेपाली कांग्रेस पार्टीलाइ जाेडेर प्रकाशित भएकाे समाचार प्रति गम्भीर ध्यानाकर्षण भएकाे छ।

नेपाल र चीन बीच सीमा विवाद देखिएकाे हुम्ला जिल्लाकाे उत्तरी क्षेत्रकाे स्थलगत निरीक्षण पश्चात गरिएकाे सुक्ष्म अध्ययन एवं विश्लेषण र तथ्यका आधारमा नेपाली भूमि अतिक्रमण भएकाे निष्कर्षलाई छाँया पार्ने गरी आफ्नाे मुख पत्र ग्लाेबल टाइम्स पत्रिका मार्फत चीनकाे सरकारले लगाएकाे सम्पुर्ण मिथ्या आराेपलाई खारेज गर्दछु। र एक इन्च नेपाली भूमी नमिचेकाे प्रमाण पेश गर्ने चीन सरकारलाई चुनाैती दिन्छु भन्दै शाहीले प्रेस विज्ञप्ति निकालेका छन्।

शाहीले हालै सीमा मिचिएको भनिएको हुम्लाको क्षेत्र अवलोकन गरी चीनले सीमा मिचेको प्रतिवेदन पार्टीमा बुझाएका थिए ।नेपालमा पश्चिमा देशहरुको गतिविधि बढ्दै गएकोप्रति नेपाली बुद्धिजीवीहरुले शंका व्यक्त गर्ने गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । गैरसरकारी संस्थाहरुले पश्चिमा देशको राजनीतिक स्वार्थमा नेपालभर गतिविधि सक्रिय पारेको काठमाडौंका एक स्थानीयलाई उद्धृत गरी टाइम्सले समाचार लेखेको छ ।

केही भारतीय टेलिभिजनहरुले नेपालको सार्वभौमसत्ता विरोधी खबर प्रसारित गरेको र नेपाल–चीन सम्बन्धमा खेल्न खोजेको आरोपसमेत लगाइएको छ । टाइम्सले भनेको छ, “नेपाल एउटा सानो देश हो । जहाँ भारतीय र पश्चिमाहरु आफ्नो प्रभाव जमाउन लागिरहेका छन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कुटनीतिको राम नाम सत्य, चिनियाँ दूतावासबाट काङ्ग्रेसलाई ठाडो पत्र
  • २०७७ कार्तिक २७, बिहीबार १०:५५
  • In "देश"
  • चीनको तर्फबाट नेपाली सीमामा हस्तक्षेपभएको पहिलोपल्ट आधिकारिक दावी
  • २०७७ कार्तिक २७, बिहीबार १०:५५
  • In "BannerNews"
  • चीनले नेपाली भुभाग अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेकोलाई खाली गराई नेपाली भु भाग फिर्ता गराउन एकता अभियानद्धारा राष्ट्रसंघको कार्यालयलाई ज्ञापनपत्र दिए
  • २०७७ कार्तिक २७, बिहीबार १०:५५
  • In "मुख्य समाचार"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

काश्‍मीरी महिला पाइलट भन्‍छिन् - युवाहरुको उद्देश्य उडि चन्द्र छुने हुनुपर्छ 

चिनियाँ दमनविरूद्ध नेपालकाे विभिन्न स्थानमा प्रदर्शन

गोलबजारबाट नक्कली रुपैया छाप्ने मेशिन सहित तिन जना पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version