• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपाल सदैव आतंकवादको विपक्षमा छः परराष्ट्रमन्त्री डा राणा


नेपाल सदैव आतंकवादको विपक्षमा छः परराष्ट्रमन्त्री डा राणा

काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको र जुनसुकै प्रकृतिको आतंकवादको कडा शब्दमा निन्दा गर्ने बताएकी छन्।

भारत, काश्मिरको पहलगाममा भएको आतंककारी हमलामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा आज यहाँ आयोजित सभामा उनले नेपाल सधैँ आतंकवादको विरुद्धमा र शान्तिको पक्षमा रहेको स्पष्ट गरेकी हुन्।

मन्त्री डा राणाले भनिन्, ‘नेपालले आतंकवादको सबै स्वरुप र अभिव्यक्तिहरूको कडा निन्दा गर्दछ। नेपाल जहाँ, जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतंकवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ।’

आतंकवादका विषयमा व्यवहार गर्दा कहिल्यै दोहोरो मापदण्ड अपनाउन नहुने बताउँदै उनले नेपाल आफ्नो भूमि कुनै पनि आतंकवादी समूहले कुनै पनि कारण र कुनै पनि देश तथा जनताविरुद्ध प्रयोग गर्न नसकोस् भन्ने पक्षमा दृढतापूर्वक प्रतिबद्ध रहेको स्पष्ट गरिन्। यसैले काश्मिरको पहलगाममा भएको आतंकवादी हमलाको पनि नेपालले कडा शब्दमा निन्दा र भत्र्सना गरेको मन्त्री डा राणाले बताइन्।

उनले यस दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको र आतंकवादविरुद्धको लडाइँमा भारतसँग काँधमा काँध मिलाएको बताइन्। नेपाल र भारतबीच गहिरो सम्बन्ध रहेको स्मरण गर्दै मन्त्री डा राणाले यो सम्बन्ध केवल कूटनीतिको विषय मात्र नभएर सदियौँदेखिको साझा इतिहास, संस्कृति र सहकार्य पनि हो भनिन्। ‘हाम्रा खुला सिमानाहरू एकापसका विश्वासका प्रतीक हुन् र हाम्रा पारिवारिक सम्बन्धहरूले आपसमा नाता पनि गाँस्दछन्। हामी सधैँ खुसी या संकटको समयमा एकसाथ उभिएका छौँ। भूकम्पले नेपाललाई तहसनहस पार्दा सबैभन्दा पहिला सहयोगको हात अगाडि बढाएको भारतले नै हो’, उनले भनिन्।

मन्त्री डा राणाले पहलगाम त्रासदीको सिकार भएका नेपाली युवा सुदीप न्यौपानेको शव र अन्य प्रभावितहरूलाई नेपाल ल्याउन सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद पनि दिइन्। त्यस अवसरमा उनले उक्त आतंकवादी हमलामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनमा समवेदना प्रकट गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पाकिस्तानका प्रधानमन्त्रीको “गलत नीति” को कारणले आतंकवादी घटनाहरुमा वृद्धि
  • २०८२ बैशाख १३, शनिबार २२:०६
  • In "अन्तराष्ट्रिय"
  • भारतीय विदेशमन्त्रीले भने – आतंक आतंक नै हो, कुनै पनि राजनीतिक विषयले यसलाई न्याय गर्न सक्दैन
  • २०८२ बैशाख १३, शनिबार २२:०६
  • In "BannerNews"
  • कश्मीर आक्रमणले अमेरिकाको चर्चित अखबार न्युयोर्क टाइम्स विवादमा
  • २०८२ बैशाख १३, शनिबार २२:०६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

माथिल्लो अदालतले ट्रम्पलाई थोरै राहत दियो, मुद्दा चल्दासम्म उनको आदेशमा रोक नलाग्ने

‘शतप्रतिशत’ गाजावासी अनिकालको जोखिममा: राष्ट्रसंघ

अमेरिकाले १ हजार भारतीयलाई देशबाट निकाल्यो

लहानमा प्रभावकारी बन्दै DJKYC को कार्यक्रम

लहान शाखामा राष्ट्रिय टोलीको भ्रमण, सिर्जनात्मकताको उजागर

पति दीर्घायुको कामनामा वट वृक्षको पूजा, दिनभर निराहार बस्दै ब्रतालु

Next Post

सिरहामा विद्युत् ट्रान्सफर्मर चोरी

राष्ट्रिय एकता अभियानद्वारा जम्मू कश्मीरमा भएको आतङ्ककारी हमलाको भर्त्सना

पहलगाम हमलाको राष्ट्रिय एकता अभियानद्वारा भर्त्सना, दक्षिण एशियामा बढ्दो आतंकवादप्रति गम्भीर चिन्ता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

माथिल्लो अदालतले ट्रम्पलाई थोरै राहत दियो, मुद्दा चल्दासम्म उनको आदेशमा रोक नलाग्ने

‘शतप्रतिशत’ गाजावासी अनिकालको जोखिममा: राष्ट्रसंघ

अमेरिकाले १ हजार भारतीयलाई देशबाट निकाल्यो

लहानमा प्रभावकारी बन्दै DJKYC को कार्यक्रम

लहान शाखामा राष्ट्रिय टोलीको भ्रमण, सिर्जनात्मकताको उजागर

पति दीर्घायुको कामनामा वट वृक्षको पूजा, दिनभर निराहार बस्दै ब्रतालु

जीवनसाथीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउने १० सुझाव

मार्वलले सार्‍यो ‘एभेन्जर्स डुम्सडे’ र ‘सेक्रेट वार्स’को प्रदर्शन मिति, कारण यस्तो

विवादपछि ‘स्प्रिट’बाट बाहिरिइन् दीपिका, ‘अव्यवसायिक सर्त’ राखेको आरोप

भारतको आफ्नै हातहतियारले वैश्विक शक्ति सन्तुलन पुनः परिभाषित गर्‍यो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version