• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सशस्त्रमा गृह मन्त्रालयको चरम हस्तक्षेप, महानिरीक्षक अर्याललाई दबाबमा राखेर डीआईजीको सरुवा


सशस्त्रमा गृह मन्त्रालयको चरम हस्तक्षेप, महानिरीक्षक अर्याललाई दबाबमा राखेर डीआईजीको सरुवा

काठमाडौं। सशस्त्र प्रहरीमा गृहमन्त्रालयको चरम हस्तक्षेप देखिएको छ। सशस्त्र प्रहरी बलका १२ जना नायव महानिरीक्षक (डीआईजी) को सरुवा गर्दा भर्खरै मात्र बढुवा भएका डिआइजी सबैभन्दा महत्वपूर्ण प्रदेश खटाइएको छ।

मन्त्रालयले प्रहरी महानिरीक्षक राजु अर्याललाई दबाबमा राखेर सरुवा गरेको स्रोतको दावी छ।

बिहीबार गृह मन्त्रालयले ६ वटा प्रदेशका प्रमुख हेरफेर गर्दा केहीलाई अन्याय भएको छ भने भर्खरै बढुवा भएकालाई महत्वपूर्ण प्रदेशको जिम्मेवारी दिएर पठाइएको छ। शक्तिको आडमा बढुवा हुँदै आएका दीपेन्द्र कुँवरलाई लुम्बिनी प्रदेश पठाइएको छ।

उनी कांग्रेस सभापति शेरबहादुर देउवाको स्वकीय सचिव भानु देउवाको सोर्समा बढुवा भएका र उनकै दबाबमा गृहमन्त्रालयले लुम्बिनी प्रदेश पठाउन लगाएको हो।

‘संगठनमा एउटा व्यक्तिलाई यति धेरै सहजता प्रदान गरेको छ, यो क्रम अहिले मात्र होइन जतिबेला भएको छ, यसमा माथिको ठूलै दबाब आउने गरेको छ, जो आइजीपी भएपनि किन ‘रिक्स’ लिने भन्दै छाडिदिने गरेका छन्’, सशस्त्र प्रहरी बल मुख्यालयले भन्यो।

सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपाने कोशी प्रदेशको बराह बाहिनीमा सरुवा भएका छन्। डीआईजी कृष्ण ढकाल मधेस प्रदेशको छिन्नमस्ता बाहिनी पठाइएको छ। उनी पनि केही दिन अघि मात्रै बढुवा भएका हुन्।

अन्जनी पोखरेल बागमती प्रदेशको गढिमाई बाहिनी, दिपेन्द्र साह गण्डकी प्रदेशको मुक्तीनाथ बाहिनी र दिपेन्द्र कुँवर लुम्बिनी प्रदेशको विन्दाबासिनी बाहिनीमा सरुवा गरिएको छ। पोखरेल पनि तीन पटक कार्यालय प्रमुख हुने भाग्यमानी अधिकृत हुन्।

कर्णाली प्रदेशका प्रमुख विष्णु भट्ट हाल कंगो मिसनमा रहेकाले सरुवा गरिएको छैन। सदूरपश्चिमको वैद्यनाथ बाहिनीमा प्रदीप पाल सरुवा भएका छन्। उनी लुम्बिनीमा थिए। त्यहाँबाट सिधै मन्त्रालयको दबबामा सुदूरपश्चिम प्रदेशमा पुगेका हुन्।

यसअघि बराह बाहिनीमा रहेका शम्भु सुवेदीलाई स्टाफ कलेजमा सरुवा गरिएको छ। छिन्नमस्ता बाहिनीबाट कालिदास धौवजी प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन्।

गढिमाई बाहिनीबाट सरुवा भएका गणेश ठाडा मगरलाई कार्यविभागमा, मुक्तिनाथ बाहिनीबाट कुलबहादुर नेम्वाङलाई मानवस्रोत विभागमा र विन्दाबासिनी बाहिनीबाट प्रदिपपाल वैद्यनाथ बाहिनीमा सरुवा भएका छन्।

वैद्यनाथ बाहिनीमा कार्यरत दीपक अधिकारीलाई पनि मानवस्रोतमा सरुवा गरिएको छ। कार्य विभागमा कार्यरत पुरुषोत्तम थापा राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा सरुवा भएका छन्। थापा भने दुई पटक सरुवा हुँदा पनि कमाण्ड गर्न पाएका छैनन्। उनी सशस्त्र प्रहरी बलको आगलागी प्रकरणमा मुछिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन
  • २०८२ बैशाख १२, शुक्रबार १२:२५
  • In "BannerNews"
  • जनकपुरधाम उपमहानगरको प्रमुख प्रशासकिय अधिकृतको रुपमा उपाध्याय आउँदै
  • २०८२ बैशाख १२, शुक्रबार १२:२५
  • In "मधेश प्रदेश"
  • यातायात कार्यालय लहानमा १० वर्षदेखि दाहालको रजगज, मान्दैनन् मधेश सरकारको सरुवा
  • २०८२ बैशाख १२, शुक्रबार १२:२५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउनु हुँदैन : गृहमन्त्री

सुनको मूल्य तोलामा १ हजारले घट्यो, कतिमा हुँदैछ कारोवार ?

भारतीय सैनिक पाकिस्तानी सुरक्षाकर्मीको नियन्त्रणमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version