No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘खानेपानीको सुविधा भयो, गाउँ छाडेर जान मन लाएको छैन’

‘खानेपानीको सुविधा भयो, गाउँ छाडेर जान मन लाएको छैन’

त्रिवेणी (नवलपरासी) । खानेपानीको चरम अभाव झेलिरहेको बस्ती झ्याल्टुङ डाँडामा खानेपानी पुगेपछि बसाइँ सर्ने क्रम रोकिएको छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–१० झ्याल्टुङ डाँडामा खानेपानीको समस्या भएपछि केही वर्षदेखि गाउँ छाड्ने क्रम बढ्दै गएकामा अहिले उक्त क्रम रोकिएको झ्याल्टुङडाँडा, चिसोपानी, पोखरी ताल खानेपानी सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हेमबहादुर थापाले बताए।

‘गाउँ छाडेर जाने गइसके, खानेपानी सफल नभएको भए म पनि हिँड्थे, पानी आयो छाडेर जान पनि मन लाएको छैन। जग्गा छ, बस्तु पाल्न मिलेको छ , यही बस्ने हो अब’ हेमबहादुरले भने। वि.सं. २०७६ मा सुरु भएको लिफ्टिङ खानेपानी योजना अहिले आएर पूर्ण भएको संस्थाका अध्यक्ष थापाले बताए। निर्माणको काम ढिलो हुँदा खानेपानी गाउँमा आउँदैन कि भनेर निराश बनेका आफूहरू अहिले खुसी भएको उनले बताए। खानेपानीको अभावकै कारण गाउँ छाडेका केही फर्किन लागेको उनले बताए।

खानेपानी लिन डेढ दुई घण्टा लाग्ने गरेकोमा अहिले घर छेउको धारामा पानी आउँदा गाउँ नै रमाइलो भएको नरबहादुर सारू मगरले बताए। खानेपानी संस्थाका सचिवसमेत रहेका उनी अनुसार अहिले झ्याल्टु ङडाँडासहित वरपरका गाउँ पोखरी ताल, चिसापानी, सानो पोखरी, टाडीलगायतका गरी करिब एक सय ९१ घरलाई खानेपानीको सुविधा पुगेको छ। अँधेरी खोलाको मुहानबाट लिफ्टिङ गरी खानेपानी वितरण गरिएको उनले बताए।

खानेपानीको समस्या भएपछि गाउँ छोड्ने टुंगोमा पुगिसकेको अवस्थामा अहिले पानी घरकै धारामा आउँदा स्वर्गै जस्तो लागेको स्थानीय गोमा विकले बताइन्। ‘अहिले त धेरै सुविधा भयो, पहिले एक दुई खेप भन्दा धेरै पानी बोक्न सकिन्थेन, केही समय पानी नआए गाउँ छाडेर हिँड्नेनै टुंगोमा थियौं, एक खेप पानी लिन दुई घण्टा लाग्ने, लुगा धुन, नुहाउन नपाउने,’ उनले भनिन्, ‘अहिले धेरै सुविधा भएको छ। अहिले त स्वर्गै जस्तो भएको छ।’

पहिले दिनमा तीन चार खेप पानी बोक्नु पर्दा एक जनाको कामनै पानी बोक्ने हुने गरेको स्थानीय पुनिसरा विकले बताइन्। पानी अड्कलेर खर्च गर्नुपर्नेमा अहिले घरमै खानेपानीको धारा आएपछि खानेपानीको समस्या टरेको उनले बताइन्। पानीको समस्या हुँदा डुल्दै कोही पाहुना आएर पानी मागे पनि दिन नपुग्ने अवस्था रहेको इशरा बाकवलले बताइन्। बसाइँको हिसाबले सुन्दर ठाउँ भए पनि खानेपानी नहुँदा झ्याल्टुङडाँडाका स्थानीयले लामो समयदेखि दुःख पाउँदै आएकोमा अहिले खानेपानीको दुःख हटेको उनले बताइन्।

झ्याल्टुङडाँडामा गण्डकी प्रदेश सरकारको लागतमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ, इकाइ कार्यालय नवलपुरमार्फत करिब एक करोडको लागतमा लिफ्टिङ प्रविधिबाट खानेपानी योजना सम्पन्न गरिएको इकाइ कार्यालय नवलपुरका प्रमुख महेन्द्र आचार्यले बताए। कार्यालयले खानेपानी नपुगेका घरमा खानेपानी पुर्‍याउने लक्ष्यका साथ योजना निर्माण गरी काम गरिरहेको उनले बताए।

झ्याल्टुङडाँडा सहितको क्षेत्रमा खानेपानीको व्यवस्थाका लागि मध्यविन्दु नगरपालिका–१० र नगरपालिका कार्यालयबाट विद्युतीकरणमा सहयोग पुर्‍याएका नगर प्रवक्ता एवं वडा नम्बर–१० का वडाध्यक्ष रणबहादुर थापा क्षेत्रीले बताए। मुहान भएको स्थानसम्म विद्युत् पुर्‍याउने र ट्रान्समिटर जडान गर्नेलगायतका कार्यका लागि २० लाख बजेट विनियोजन गरी काम गरिएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

Next Post
रेशम-सीकेले पार्टीको नाम जनमत राख्ने, चुनाव चिन्ह ढकिया

रेशम-सीकेले पार्टीको नाम जनमत राख्ने, चुनाव चिन्ह ढकिया

विद्युतीय धरापमा परेर मृत्यु हुँदा गुलसनाको शव बोरामा राखेर गाडेको खुलासा, एक जना पक्राउ

विद्युतीय धरापमा परेर मृत्यु हुँदा गुलसनाको शव बोरामा राखेर गाडेको खुलासा, एक जना पक्राउ

नेपालको विकासलाई इतिहासदेखि नै पछाडि पारियो : प्रधानमन्त्री

नेपालको विकासलाई इतिहासदेखि नै पछाडि पारियो : प्रधानमन्त्री

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .