• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

तीन वर्षमा डेढ सय होटल बन्द


तीन वर्षमा डेढ सय होटल बन्द

राँझा (बाँके) । व्यापारिक चहलपहल घट्दै गएपछि नेपालगञ्जमा बितेका तीन वर्षमा मध्यमस्तरका करिब १५० होटल बन्द भएका छन्। ठूलो लगानीका तारे होटल थपिँदै गए पनि नेपालगञ्जमा मध्यमस्तरका होटल व्यवसायीको पेसा संकटमा पर्दै गएको छ। मध्यमस्तरका होटल बन्द हुँदा त्यहाँ कार्यरत सयौं नागरिकले रोजगारी गुमाएको नेपालगञ्जका होटल व्यवसायी भीम कँडेलले बताए।

उनका अनुसार कोभिड–१९ महामारी अन्त्यपछि होटल व्यवसाय तङ्ग्रिने आशा गरिए पनि नेपालगञ्जमा मध्यमस्तरका डेढ सय होटल बन्द भएका छन्भने तारेस्तरका होटल पनि राम्रोसँग सञ्चालन हुन सकेका छैनन्। ‘नेपालगञ्ज पश्चिम नेपालको तीन प्रदेशको केन्द्र हो, कुनै बेला होटल क्षेत्रमा उत्साहित भएर लगानी गरेका साथीभाइहरु अहिले समस्यामा पर्नुभएको छ’, होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेश समितिका प्रथम उपाध्यक्ष रहेका कँडेलले भने, ‘पछिल्लो तीन वर्षमा मात्रै डेढ सय होटल बन्द भए, ती सबै व्यवसायीहरु कोही विदेश गए कोही गाउँ फर्किएका छन्।’

होटल व्यवसायी महासंघ बाँकेका अध्यक्ष रङ्गबहादुर खड्काले कोभिड–१९ महामारीपछिको आर्थिक शिथिलताले नेपालगञ्जमा होटल व्यवसायी संकटमा पर्दै गएको बताए। ‘महिनामा मुस्किलले एक–दुई दिन मात्रै भरिभराउ हुन्छ, अरू दिन खाली नै हुने अवस्था छ’, अध्यक्ष खड्काले भने, ‘यसले घरभाडा, ऋण, ब्याज र कर्मचारीको खर्च थेग्न सक्ने अवस्था नभएपछि बन्द गर्नुपर्ने बाध्यता आएको छ।’

नेपालगञ्जमा न्यूनतम रु दुई लाखदेखि दुई करोडसम्म लगानी भएका ठूलो सङ्ख्यामा मध्यमस्तरका होटल सञ्चालनमा छन्। मध्यमस्तरका होटल बन्द हुँदा सयौं नागरिकको रोजगारी गुमेको अध्यक्ष खड्काको भनाइ छ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले संघीयताको कार्यान्वयनसँगै नेपालगञ्जमा रहेका प्रदेशस्तरका सरकारी तथा गैरसरकारी कार्यालय बुटवल र दाङतर्फ स्तानान्तरण भएपछि यहाँ व्यापारिक चहलपहलमा कमी आएको बताए। आर्थिक संकटमा पर्दै गएको होटल व्यवसायलाई लक्षित गरेर प्रदेश र स्थानीय सरकारले राहतको ‘प्याकेज’ ल्याउनुपर्ने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • क्वारेन्टाइन बनाइएका होटल रित्तै
  • २०८१ चैत्र २२, शुक्रबार १३:४२
  • In "समाचार"
  • भारतीय सीमानाकाबाट निजी सवारी आवागमन चाँडै खोल्छौं : प्रधानमन्त्री
  • २०८१ चैत्र २२, शुक्रबार १३:४२
  • In "लुम्बिनी प्रदेश"
  • सौराहामा एक्कासी पर्यटकको चहलपहल
  • २०८१ चैत्र २२, शुक्रबार १३:४२
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन शाहको सुदूरपश्चिम चुनावी यात्रा सम्पन्न, मौन अभियान संचालन

सिरहामा अज्ञात व्यक्तिको गोली प्रहार, एक जनाको मृत्यु

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

आचारसंहिता लागू भएको १० दिनमै २१ स्पष्टीकरण माग

निर्वाचन सुरक्षाका लागि काठमाडौंमा कुकुरसहित संयुक्त गस्ती सुरु

रविदास जयन्तीमा मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा

Next Post

बिम्स्टेक शिखर सम्मेलन सुरु

नेपालको अर्थ राजनीति गम्भीर संकटमा परेको बाबुराम भट्टराईको टिप्पणी

कोठा भाडा तिर्न नसकेपछि मासिक ९०० रूपैयाँमा बाथरूम भाडामा लिएर बस्छिन् युवती

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

अमेरिकी सिनेटमा सरकार खर्चको मतदान अवरुद्ध, संघीय सटडाउनको संभावना

ट्रम्पको इरानलाई चेतावनी: सैन्य कारबाहीबाट बच्न दुई सर्त

बालेन शाहको सुदूरपश्चिम चुनावी यात्रा सम्पन्न, मौन अभियान संचालन

सिरहामा अज्ञात व्यक्तिको गोली प्रहार, एक जनाको मृत्यु

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

अफगानिस्तानको जनसंख्या २ वर्षमा १२ प्रतिशतले वृद्धि

आचारसंहिता लागू भएको १० दिनमै २१ स्पष्टीकरण माग

निर्वाचन सुरक्षाका लागि काठमाडौंमा कुकुरसहित संयुक्त गस्ती सुरु

रविदास जयन्तीमा मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version