• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

२८ वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि….


२८ वर्षपछि टुप्लुक्कै घर आइपुगेपछि….

कञ्चनपुर। यहाँको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका ६२ वर्षीय मानबहादुर धानुक अटोबाट झरेर टुप्लुक्क घरको आँगनमा आइपुग्दा एकैछिन घरमा सन्नाटा छायो। बेपत्ता भएको २८ वर्षपछि धानुक घर फर्किनुहोला भन्ने अनुमान परिवारका कुनै सदस्यले गरेका थिएनन्।

त्यसो त धानुकलाई पनि सुरुमा आफ्नो घर पत्ता लगाउन कठिन भयो। आफूले घर छोड्दाको बस्ती शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्रभित्र परेपछि स्थानान्तरण गरिएको थियो। भारतको उत्तर प्रदेशको बनारसबाट बस चढेर महेन्द्रनगर आइपुगेका उनी सबैभन्दा पहिले कपडालगायत सामान खरिद गर्ने पुरानो व्यापारी कहाँ पुगे। उनीसँग कुरा गरेपछि थाहा भयो कि साविकको पिपलाडी गाविस–१ को तारापुर बस्ती स्थानान्तरण गरिएको रहेछ।

त्यसपछि उनी महेन्द्रनगर बजार हुँदै झलारी बजार झर्नुभयो। चिनजानका व्यक्तिसँग भेट भयो। तारापुर बस्तीलाई सिमलफाँटामा सारिएको जानकारी पाउनुभयो। चिनजान कै व्यक्तिले अटो चालकलाई सिमलफाँटाको घरसम्म पु-याइ दिन आग्रह गरे। अटो चालकले धानुकलाई घरमै पु-याइदियो। यो गत शनिबारको कुरा हो।

धानुक यत्तिका वर्षपछि घर फर्कनुमा भने उहाँको एक धर्म आमाको हात छ। जो ६५ वर्षीया वृद्धा छन्। भारतकै बनारस बस्ने उनै धर्म आमा र उनकी १३ वर्षीया नातिनि पनि धानुकसँगै आएकी छन्।

धानुकले भने, ‘छोरा छोरी सानै हुँदा हिँडेकाले मैले चिन्ने कुरै भएन, आमा र श्रीमतीले चिने, धेरै वर्षपछि घर आइपुगेकाले परिवारका सदस्यले हर्षका आँसु बगाउन थाले, खुसी भए, मैले धेरै वर्ष सम्पर्कविहीन भएर बिताएकाले परिवार पाउँदा निकै खुसी छु।’

घरबाट विसं २०५३ मा कमाइको खोजीमा भारतको राजीस्थानस्थित जयपुर पुग्नुभएका उहाँको गतिलो कमाइ थिएन। काम गर्दा थोरै कमाइ हुन्थ्यो खान र लुगाफाटोमै सिद्धिन्थ्यो।

‘कामकै खोजीमा कहिले यता पुग्थँे, कहिले उता’, विगत सम्झँदै उनले भने, ‘घरसम्म पुग्ने बस भाडा हुँदैनथ्यो, घर जान पाए हुन्थ्यो भनेर सोच्थँे, जान सक्ने अवस्था थिएन, विस्तारै घरको ठेगाना नै विर्सिने अवस्थामा पुगेको थिएँ।’

उहाँका अनुसार राजिस्थानको जयपुरमा एक व्यक्तिसँग गहिरो मित्रता भयो। ती मित्रको ससुराली उत्तर प्रदेशको बनारसमा थियो। त्यहाँ दुवै जनाको आउजाउ थियो। ती मित्र बिरामी भएपछि धानुकले रगत दिएर ज्यान बताए। त्यसै बेलादेखि ती मित्रका सासुले धानुकलाई धर्मपुत्रका रुपमा मान्न थाले।

ती वृद्धाका छोरा थिएन, उनले जमिन दिन्छु बस्नु भनेर पनि धानुकलाई अनुरोध गरे। ‘सित्तैमा लिएमा पाप लाग्छ भनेर जग्ग्गा लिन अस्वीकार गरेँ’, उनले भने, ‘तिनै बृद्धा आमाले परिवारसँग भेटनुपर्छ भनेर कर गर्नु भएपछि उहाँसँगै घर आइपुगँे, यत्तिका समयपछि परिवारसँग भेट हुन्छ भनेर सोचेकै थिइँन। परिवारलाई भेटन पाउँदा निकै खुसी छु, अब भारत फर्किन्न।’

धानुकका छोरा गणेशबहादुर ३३ वर्षको भए। यो उमेरमा बुवा पाउँदा खुसीको सीमा नै नरहेको उनी बताउँछन्। ‘सानै छँदा बुवाले छाडेर जानुभएको थियो’, उनले भने, ‘अहिले आएर बुवालाई भेटाएँ, परिवारमा खुसियाली छ।’

धेरै वर्षपछि घर आइपुग्नु भएका धानुकलाई भेट्न आफन्त र छिमेकी आउने क्रम बढेको छ। स्थानीय समाजसेवी भरतबहादुर विष्ट धानुकलाई घरसम्म ल्याउन उनकी धर्म आमाको महत्त्वपूर्ण भूमिका रहेको बताउँछन्। उनले भने, ‘उहाँको धर्म आमाो कार्य सह्रानीय छ, मानबहादुर धेरै लामो समयपछि घर आइपुग्दा हामी गाउँले खुसी छौँ।’ धानुकको दुई छोरा, एक छोरी, श्रीमती, आमा, भाई र भतिजा छन्। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लिदी पहिरो पीडितको माग : जिविकोपार्जन सहितको स्थानान्तरण
  • २०८१ चैत्र १८, सोमबार २०:५४
  • In "समाचार"
  • एघार हजार घर जोखिममा, सुरक्षित जग्गा खोज्दै सरकार
  • २०८१ चैत्र १८, सोमबार २०:५४
  • In "समाचार"
  • भारतीय जेल तोडेर फरार भएकी नेपाली युवती समातिइन्
  • २०८१ चैत्र १८, सोमबार २०:५४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

Next Post

पत्रकार रजकका परिवारलाई सरकारले आवश्यक सहयोग गर्छः प्रधानमन्त्री ओली

म्यान्मारमा भूकम्पले १७०० जनाको मृत्यु, विश्व स्वास्थ्य संगठनले ८० लाख डलर सहयोग माग्यो

मधेश प्रदेशको सफ्टवेयर र सुरक्षा उपकरण खरिदसँग सम्बन्धित फाइलहरू अख्तियार नियन्त्रणमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version