• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पूर्वराजासँग दुई घन्टा ‘छलफल’ पछि चैत १५ को प्रदर्शन घोषणा, दुर्गा प्रसाईं भए ‘जनकमाण्डर’!


पूर्वराजासँग दुई घन्टा ‘छलफल’ पछि चैत १५ को प्रदर्शन घोषणा, दुर्गा प्रसाईं भए ‘जनकमाण्डर’!

काठमाडौं। ‘धर्म, संस्कृति तथा नागरिक बचाऊ’ महाअभियानका संयोजक दुर्गा प्रसाईंको नेतृत्वमा चैत १५ गते (भोलि) काठमाडौंको तीनकुनेमा ‘नागरिक जनविद्रोह’ घोषणा गर्ने तयारी गरिएको छ।

महाअभियानमा नेपालका ७७ जिल्लामध्ये ६८ जिल्लाबाट मानिसहरू काठमाडौं आएको दाबी गरिएको छ। ती जिल्लाबाट प्रतिनिधिमुलक रूपमा मानिसहरू काठमाडौं आएको र उनीहरू उक्त कार्यक्रममा सहभागी हुने महाभियानका प्रवक्ता माधव कल्पितले बताए।

प्रसाईंले बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाहसँग झण्डै दुई घण्टा लामो छलफल गरेको दाबी कल्पितले गरे। उक्त भेटपछि प्रसाईंले पत्रकार सम्मेलन आयोजना गर्दै आगामी रणनीतिबारे जानकारी गराएको दाबी कल्पितको छ।

उक्त पत्रकार सम्मेलनमा राजसंस्था पुन:स्थापनाका लागि गठित समितिका संयोजक नवराज सुवेदीसहित अन्य राजावादी नेताहरू पनि सहभागी थिए। प्रसाईंको नेतृत्वमा राष्ट्रवादी संगठन तथा राजावादी पार्टीहरूले ऐक्यवद्धता जनाउने प्रतिबद्धता जनाएको कल्पितले बताए।

सोही क्रममा प्रसाईंलाई चैत १५ गतेको ‘आन्दोलनको जनकमाण्डर’ घोषणा गरिएको छ। चैत १५ गतेको कार्यक्रमलाई ऐतिहासिक बनाउन विभिन्न जिल्लाबाट राजधानी काठमाडौंमा सहभागीहरू ल्याइने तयारी छ। प्रसाईंको गृह जिल्ला झापाबाट चार वटा बसमा मानिसहरू काठमाडौं आइसकेको बताइएको छ।

उक्त दिन राजतन्त्र पुन:स्थापनाका लागि ‘नागरिक जनविद्रोह’ घोषणा गरिने छ। ‘उक्त घोषणामा राजनीतिक दलहरूलाई २४ घण्टादेखि सात दिनभित्र राजसंस्था पुन:स्थापनाको लागि निर्णय लिन अल्टिमेटम दिइने छ,’ कल्पितले भने।

यदि सो अवधिमा पूर्वराजा ज्ञानेन्द्रलाई पुन: राजगद्दीमा नबसाइए सशक्त ढंगले आन्दोलन गर्ने चेतावनी दिइएको छ। आन्दोलनलाई शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने योजना रहे पनि, यदि कुनै किसिमको हस्तक्षेप भएमा प्रतिक्रियात्मक क्रियाकलापसमेत हुनसक्ने प्रसाईंको महाअभियानको चेतावनी छ।

अभियानले राष्ट्रवादी नागरिक, युवापुस्ता, बेरोजगारीको चपेटामा परेका व्यक्तिहरू र राजतन्त्रवादीहरूलाई स्वतःस्फूर्त रूपमा सहभागी हुन आह्वान गरेका छन्। राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि चैत १ गतेदेखि राष्ट्र, धर्म, संस्कृतिको रक्षा तथा स्वाभिमानी नेपाल निर्माणका लागि बृहत् राष्ट्रवादी जन–आन्दोलन सुरू गरिसकेको छ।

राप्रपाको आन्दोलनसँग प्रसाईंको अभियानको मोडेलमा केही समानता देखिए पनि दुवै पक्ष फरक-फरक रणनीतिसहित अगाडि बढिरहेको देखिन्छ। बिहीबारको पत्रकार सम्मेलनमा राप्रपा पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र वर्तमान राप्रपा महामन्त्री धवलशमशेर राणासमेत उपस्थित थिए। सो पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने थिएनन्।

लिङ्देनले चैत २५ गतेबाट आफ्नै नेतृत्वमा राजसंस्था पुन:स्थापनाको आन्दोलन सुरू गर्ने मंगलबार पार्टीमा निर्णय गराएका थिए। प्रसाईंको आन्दोलनलाई लिएर राजावादी समूहभित्र नै मतभेद देखिएको भने छ।

केही राजावादी नेताहरूले प्रसाईंको नेतृत्व स्वीकार गरेका छैनन् भने कतिपयले पूर्वराजा ज्ञानेन्द्र शाह स्वयंले नै यस अभियानलाई बेवास्ता गरेको दाबी गरेका छन्।

राजतन्त्र पुन:स्थापनाका पक्षधरहरूले चैत १५ गते हुने प्रदर्शनलाई निर्णायक मोड मानिरहेका छन्। यो आन्दोलनले नेपालको राजनीतिक परिदृश्यमा कस्तो प्रभाव पार्छ भन्ने विषय भने आगामी घटनाक्रममा निर्भर गर्ने छ।

चैत १५ गते नै गणतन्त्रवादी मोर्चा (नेकपा माओवादी केन्द्र, एकीकृत नेकपा समाजवादीलगायत पार्टीले) राजधानीमा प्रदर्शन गर्दैछन्। प्रहरी-प्रशासनले प्रसाईं नेतृत्वको आन्दोलनको कार्यक्रम तीनकुने र गणतन्त्रवादी शक्तिको आन्दोलनलाई भृकुटीमण्डपमा सीमित गर्ने तयारीअनुसार ठूलो संख्यामा प्रहरी परिचालन गर्ने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी
  • २०८१ चैत्र १४, बिहीबार २१:५७
  • In "BannerNews"
  • दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्धारा अस्वीकार
  • २०८१ चैत्र १४, बिहीबार २१:५७
  • In "BannerNews"
  • रिहा हुँदै गर्दा दुर्गा प्रसाईंले भने- म हारेको छैन नि फेरि
  • २०८१ चैत्र १४, बिहीबार २१:५७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

Next Post

डरको दीयो बाल्न जुटे ओली, देउवा र प्रचण्ड हात, कहिल्यै बाल्दैनन् आशाको दीप!

‘खेलकुदको विकास गर्न मधेस प्रदेश प्रयासरत’

सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेलाई कारबाही गर्न समाजवादी मोर्चाको माग

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version