No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भेडाबाख्रा ओसारपसार गर्दा निरोगी प्रमाणित गर्नुपर्ने

भेडाबाख्रा ओसारपसार गर्दा निरोगी प्रमाणित गर्नुपर्ने

बैतडी। बैतडीको डिलाशैनी गाउँपालिकामा भेडाबाख्रा र च्याङ्ग्रा ओसारपसार गर्दा अनिवार्य रूपमा निरोगी प्रमाणित गर्नुपर्ने भएको छ।

गाउँपालिकाले एक सूचना जारी गर्दै महामारी रोग ‘पिपिआर’ फैलन नदिन भेडाबाख्रा र च्याङ्ग्रा ओसारपसार गर्दा अनिवार्य रूपमा निरोगी प्रमाणित भएको हुनुपर्ने जनाएको हो। पञ्चेश्वरलगायत क्षेत्रमा बाख्रामा लाग्ने महामारी रोग पिपिआर देखिएकाले त्यसबाट बच्न यस्तो गर्नुपरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शङ्करबहादुर साउँदले जानकारी दिए।

गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले महामारी फैलनबाट बच्न अनिवार्य रूपमा निरोगी प्रमाणित गर्न आग्रह गर्रिको बताए। उनले भने, ‘महामारी रोग पिपिआर फैलनबाट बच्न अनिवार्य रूपमा निरोगी प्रमाणित गर्न भनेका हौँ। पालिकाभरिका सबै किसानलाई निरोगी प्रमाणित गरेर मात्र किनबेच गर्न आग्रह गर्दर्छौँं।’

यसअघि पञ्चेश्वर गाउँपालिका–६ मा पर्ने बिजुल गाउँमा पिपिआरबाट ५७ बाख्रा मरेका थिए। यस रोगले एकै गाउँका ५७ बाख्रा मरेपछि पञ्चेश्वर गाउँपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनको संयुक्त आयोजनामा पशु स्वास्थ्य शिविरसमेत गरिएको थियो।

शिविरका साथै हाल पनि बाख्रालाई पिपिआरविरुद्धको खोप दिने कार्यक्रम नियमित रूपमा सञ्चालनमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख गुमानी पन्तले बताए। उनले भने, ‘प्रभावित क्षेत्रमा पशुस्वास्थ्य शिविरको आयोजना गरेका छौँ। यसबाहेक आसपासका गाउँमा नियमित खोप दिने कार्य भइरहेको छ।’

जिल्लाका अन्य पालिकालाई पनि भेडाबाख्रा ओसारपसार गर्दा अनिवार्य निरोगी प्रमाणित गर्न विज्ञ केन्द्रले आग्रह गरेको छ। बाख्रामा कुनै लक्षण देखिएमा विज्ञ केन्द्र र पालिकाको पशुसेवा केन्द्रमा सम्पर्क गर्न सुझाइएको छ। पिपिआर रोग भएका बाख्रामा ज्वरो आउने, खोक्ने, रगत छेर्नेलगायत लक्षण देखिन्छ। लक्षण देखिएको एक सातामै बाख्राको मृत्यु हुने गरेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

Next Post
नेपाल कुशवाहा समाजको छैठौं अधिवेशनबाट नव-निर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण सम्पन्न,समाजको विकासमा प्रतिबद्धता

नेपाल कुशवाहा समाजको छैठौं अधिवेशनबाट नव-निर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण सम्पन्न,समाजको विकासमा प्रतिबद्धता

शेयर बजारमा प्रवेश गर्नु अघि के जान्नुपर्छ? लहानको जे.एस.क्याम्पसमा विद्यार्थीहरूलाई प्रशिक्षण

शेयर बजारमा प्रवेश गर्नु अघि के जान्नुपर्छ? लहानको जे.एस.क्याम्पसमा विद्यार्थीहरूलाई प्रशिक्षण

संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने शीर्ष नेताहरूबीच सहमति

संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने शीर्ष नेताहरूबीच सहमति

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .