• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जसपा नेपालद्वारा १२ बुँदे आचारसंहिता जारी


जसपा नेपालद्वारा १२ बुँदे आचारसंहिता जारी

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आफ्ना नेता तथा कार्यकर्ताका लागि आचार संहिता जारी गरेको छ ।आचारसंहिता अनुसार नेता र कार्यकर्ताले अब जथाभावी बोल्न तथा लेख्न पाउने छैनन् ।

त्यस्तै पार्टीको जानकारीबिना कुनै कार्यक्रममा सहभागी हुन नपाउने तथा अन्तर्राष्ट्रिय कार्यक्रममा पनि सहभागी हुन नपाउने नियम बनेको छ । विदेश जानुपर्दा पार्टीसँग अनुमति लिएर मात्र जानुपर्ने आचारसंहितामार्फत निर्देशन दिइएको छ ।

पार्टीले जारी गरेको आचारसंहिता कसैबाट उल्लंघन भएमा पार्टीको विधानअनुसार कारवाही गर्ने पनि भनिएको छ । संघीय परिषद्, केन्द्रीय समिति, केन्द्रीय राजनीतिक समिति, केन्द्रीय कर्याकारी समिति, प्रदेश समिति, स्थानीय तह लगायत पार्टी समितिहरुका नेतृत्वमा रहने सम्पूर्ण सदस्यहरुले पार्टीको घोषणापत्र, विधान, नियमावली पार्टीका सर्वोच्च निकायले गरेका निर्णयहरु र निर्देशनलाई अनिवार्य रुपले पालना गर्नुपर्ने संहितामा उल्लेख गरिएको छ ।

त्यस्तै पार्टीले गरेका निर्णयहरुको सम्बन्धमा आफूलाई चित्त नबुझेको खण्डमा आफू संगठित रहेको समितिभित्र मात्र आफ्नो धारणा लिखित वा मौखिक रुपमा राख्न पाउनेछन् ।

त्यसको विरुद्धमा बाहिर सामाजिक सञ्जाल, पत्रपत्रिका, टेलिभिजन तथा अन्य सञ्चारमाध्यममा प्रचारप्रसार गर्न पूर्ण रुपमा रोक लगाइएको छ ।

पार्टीको धारणा भनेर आफ्नो विचार र धारणा व्यक्तिगत रुपमा राख्न पनि सो पार्टीले रोक लगाएको छ । पार्टीको आधिकारिक धारणा पार्टी प्रवक्ता वा तोकेको व्यक्तिबाट मात्र सार्वजनिक गर्ने आचारसंहितामा भनिएको छ ।

पार्टी नेतृत्वमा रहेर कुनै पनि व्यक्तिले गल्ती गरेको वा पार्टी हित विपरित कार्य गरेको लागेमा सम्बन्धित समितिको बैठकमा अनुमति लिएर मात्र सप्रमाण सम्मानजनक रुपले आफ्नो धारणा राख्न पाइने नियम बनेको छ । कुनै पनि माथिल्लो समितिको साथीको आलोचना तल्लो समितिमा गर्न र गराउनु नहुने पनि आचारसंहितामा उल्लेख गरिएको छ ।

पार्टीको आधिकारिक निर्णय वा अनुमति नलिई अनाधिकृत रुपमा अर्काको कार्य क्षेत्र वा जिम्मेवारी वा क्षेत्राधिकारमा हस्तक्षेप गर्ने वा अन्य कुनै गतिविधि गर्न नपाइने पनि पार्टीले भनेको छ ।

पार्टीविरुद्ध भ्रम फैलाउने, पार्टीको आन्तरिक एकतालाई कमजोर पार्ने, पार्टी नेता तथा कार्यकर्ता विरुद्ध गलत एवं भ्रामक प्रचार गर्ने, गराउने वा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमद्वारा अभिव्यक्ति दिने वा दिन लगाउने, व्यक्तिगत स्वार्थ परिपूर्तिका लागि पार्टीभित्र गुट उपगुट खडा गर्ने, एक आपसमा मतभेद तथा वैमश्यता उत्पन्न गराई आपसी दुरी बढाउने, आफूलाई मन नपर्ने नेता कार्यकर्ताविरुद्ध जथाभावी बोल्ने, पार्टी नीति, सिद्धान्त र विधान विपरित कार्य गर्ने, पार्टी रहेर पनि पार्टीहित विपरित गतिविधि र कार्य गर्ने, पार्टी विरोधीसँग आन्तरिक रुपमा साँठगाँठ गर्ने, पार्टी गोपनियता भंग गर्ने र पार्टी भित्रका आन्तरिक गतिविधि सम्बन्धी सूचना बाहिर लैजाने, पार्टीभित्र हुने गरेका आन्तरिक अन्तरविरोधलाई हल गर्नुको सट्टा चर्काउने र एकअर्का विरुद्ध उपयोग गर्ने जस्ता कार्य अत्यन्त घृणित कार्यहरु रहेको आचारसंहितामा उल्लेख गरिएको छ ।

कसैले पनि यस्ता निन्दनीय कार्य गर्न गराउन वा गर्न प्रोत्साहन नगर्नमा पूर्णरुपमा रोक लगाएको छ । प्रत्येक पार्टी सदस्य संगठन अन्तर्गत रहनुपर्दछ र अल्पमत, बहुमतको फैसला मान्नुपर्नेमा आचारसहिंतामा जोड दिइएको छ ।

त्यसैगरी, पार्टी समितिका सदस्य साथीहरुले एक अर्को समितिमा साथीहरुसँग सोझै राजनीतिक वा संगठनात्मक रुपले सम्पर्क राख्न नहुने समेत जनाइएको छ ।

आवश्यक परेमा प्रत्येक स्तरको कार्यालय वा आफू संगठित रहेको समितिमार्फत राख्नुपर्ने भनिएको छ ।

कुनै पनि अन्तर्राष्ट्रिय संगठन, संघ–संस्था र कुटनीतिक नियोगले मलुकभित्र वा बाहिर आयोजना गरिएको कार्यक्रममा प्रतिनिधित्व गर्न वा सहभागी हुनुपर्ने भएमा पार्टीको केन्द्रीय कार्यालयलाई सो कार्यक्रमबारे विस्तृत जानकारी गराई सहभागी हुनुभन्दा अगावै पार्टीको अनुमति वा पूर्व स्वीकृत लिनु पर्ने आचारसहिंता उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अशोक यादव नेतृत्वको सिरहा जसपा अवैधः रामरिझन यादव
  • २०७७ श्रावण २८, बुधबार १६:४७
  • In "मधेश प्रदेश"
  • के एमालेले चीनसँग सिकेर आचारसंहिता बनाएको हो
  • २०७७ श्रावण २८, बुधबार १६:४७
  • In "BannerNews"
  • जसपा सिरहा ४ को विस्तारित बैठक सम्पन्न, क्षेत्रीय समिति गठनको प्रक्रिया सुरु
  • २०७७ श्रावण २८, बुधबार १६:४७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

Next Post

साेनमा गाउँपालिका वडा न. ७ का वडा अध्यक्षलाई प्रश्न साेध्दा आक्राेसित

पश्चिम् नवलपरासीमा एक मोटरसाइकल सहित अबैध मालसामान बरामद

लागु भयो बुक बिल्डिङ प्रक्रिया : सय रुपैयाँमा शेयर नपाइने, आवेदकलाई कम्तिमा ५० कित्ता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version