• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एसईई परीक्षा र शिक्षाको पतनशीलता, यस्ता परीक्षा प्रणालीले चोर र धुर्त उत्पादन गर्दै


एसईई परीक्षा र शिक्षाको पतनशीलता, यस्ता परीक्षा प्रणालीले चोर र धुर्त उत्पादन गर्दै

 

 

 

संजय यादव

नेपालको शिक्षा प्रणाली आज फेरि लज्जित भएको छ। सरकारको असक्षमता, शिक्षक-प्रशासनको गैरजिम्मेवारीपन, र निजी विद्यालयहरूको नाफाखोर प्रवृत्तिले गर्दा एसईई परीक्षाको विश्वासनीयता हरेक वर्ष संकटकालीन अवस्थामा पुग्छ। आजैदेखि सुरु भएको परीक्षा फेरि पनि अमर्यादित तरिकाले सुरु भएको छ। २० मिनेट नबित्दै प्रश्नपत्र बाहिरिएको घटनाले हाम्रो शिक्षाको स्खलनलाई उजागर गरेको छ। यो के प्रमाण हो? के प्रहरी प्रशासन, शिक्षक, केन्द्राध्यक्ष सबै माटोका मूर्तिहरू मात्र हुन्? कि उनीहरू यो प्रहसनका साझेदार हुन्?
शिक्षा भनेको केवल परीक्षा पास गरेर प्रमाणपत्र लिने प्रक्रिया मात्र होइन। यो व्यक्तित्व निर्माणको आधारशिला हो। तर नेपालमा परीक्षा प्रणालीले इमानदार नागरिक होइन, चोर र धुर्त उत्पादन गरिरहेको छ। निजी विद्यालयहरूले विद्यार्थीलाई अनुशासित बनाउने होइन, प्रतिस्पर्धामा अगाडि देखाउन अवैध हतकण्डा अपनाउँदैछ। नक्कलको खेल, पैसा दिएर पास गराउने प्रवृत्ति, र कमिसनका आधारमा अंक दिने प्रवृत्तिले गर्दा शिक्षा गम्भीर संकटमा छ।
यो केवल एउटा प्रश्नपत्र बाहिरिने घटना मात्र होइन। यो सम्पूर्ण शिक्षा प्रणालीमाथिको एक घातक प्रहार हो। सरकार शिक्षामा सुधार ल्याउने गफ गर्छ, तर परिणाम उल्टो देखिन्छ। नीति निर्माताहरूलाई शिक्षाको गुणस्तरभन्दा पनि ठेक्का पट्टाको चिन्ता छ। विद्यालयहरूले नैतिक शिक्षा दिनुपर्ने हो, तर तिनीहरू अनुशासनहीनता र भ्रष्टाचारको पाठशाला बनेका छन्।
अब समय आइसक्यो– शिक्षा प्रणालीमाथि दरो झापड हान्ने! अब साना सुधारका गफले केही हुनेवाला छैन। क्रान्तिकारी परिवर्तन आवश्यक छ। परीक्षालाई निष्पक्ष बनाउन प्रविधिको अधिकतम प्रयोग, कडाइपूर्वक निगरानी, अनियमिततामा संलग्न सबैलाई कारबाही, र शिक्षालाई व्यावसायीकरणको दलदलबाट मुक्त गर्ने द्रष्टव्य रणनीति चाहिन्छ। अन्यथा, हाम्रा विद्यालयहरूबाट राष्ट्रनिर्माणका संवाहक होइन, राष्ट्र डुबाउने धोकेबाजहरू उत्पादन भइरहनेछन्।
अब पनि यदि शिक्षा प्रणाली सुधार्न सरकारले आँखा चिम्लिरहन्छ भने यो मुलुकको भविष्य थप अन्धकारमय हुनेछ। यसका लागि नक्कल र भ्रष्टाचारविरुद्ध बोल्ने मात्र होइन, कठोर कदम चाल्ने समय आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एसईई अब विद्यालयले लिन नपाउने
  • २०८१ चैत्र ७, बिहीबार २२:०९
  • In "देश"
  • गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन नभएपछि एसईई प्रक्रियामा सहभागी नहुने मधेश सरकारको घोषणा
  • २०८१ चैत्र ७, बिहीबार २२:०९
  • In "BannerNews"
  • एसईई २०७६ नतिजाको शल्यक्रिया !
  • २०८१ चैत्र ७, बिहीबार २२:०९
  • In "समाचार"

नेपाल एक्सन

सम्बन्धित खबर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

Next Post

महायज्ञका लागि दलितको घर भत्काउने पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

भारतले नेपालमा लोकतन्त्र नै चाहेको छ : परराष्ट्रमन्त्री

ज्ञानेन्द्र शाहीले रघुजी पन्तलाई भने, ‘तपाईंको मुखमा राक्षसको बास रै’छ’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version