• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

दीर्घकालीन रणनीतिबाट बलान बिहुलका परिवारको पोषण स्तरमा उल्लेखनीय वृद्धि


दीर्घकालीन रणनीतिबाट बलान बिहुलका परिवारको पोषण स्तरमा उल्लेखनीय वृद्धि


महेश सिंह लहान- सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिकामा पोषण सुधार कार्यक्रम प्रभावकारी बन्दै गएको छ। राष्ट्रिय कृषक समूह महासंघ नेपालद्वारा केयर नेपालसँगको साझेदारीमा संचालित पोषण कार्यक्रम अन्तर्गत गाउँपालिकाका सम्पूर्ण वडाहरूमा पोषण बगैंचा कार्यक्रम सञ्चालनमा रहेको छ। हालसम्म करिब ३०० विपन्न घरधुरी यो कार्यक्रमबाट लाभान्वित भएका छन्।


पालिका प्रमुख खेम चन्द्र यादवका अनुसार, गरिब, दलित, विपन्न, र सीमान्तकृत समुदायको जीवनस्तर उकास्नका लागि यो कार्यक्रम प्रभावकारी देखिएको छ। स्थानीय कृषक समूहहरू परिचालन गर्दै पोषण बगैंचाको अभ्यास गराई समुदायको पोषण सुधार गर्न विभिन्न गतिविधिहरू सञ्चालन गरिँदै आएका छन्। प्रमुख यादवले भने, “पोषण सुधारका लागि हामीले विशेष प्राथमिकता दिइरहेका छौं, जसबाट हाम्रा नागरिकको स्वास्थ्यमा दीर्घकालीन प्रभाव पर्नेछ।”


बलान बिहुलको वडा नं. १ मा संचालित सरस्वती कृषक महिला समूह लगायतका अन्य समूहहरूलाई स्थानीय सरकारले आवश्यक सहयोग गर्दै आइरहेको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा अन्य सरोकारवाला निकायहरूले अनुगमनलाई तीव्रता दिएको महासंघका पोषण बगैंचा अधिकृत डिनिता साहले जानकारी दिनु भयो।
नेपालमा पछिल्ला वर्षहरूमा पोषण स्तरमा सुधार देखिए पनि बालबालिका र आमाहरूमा कुपोषण तथा सूक्ष्म पोषक तत्वको कमी अझै चुनौतीपूर्ण रहेको विज्ञहरू बताउँछन्। सरकारी तथ्यांकअनुसार, पाँच वर्षमुनिका झण्डै एकतिहाइ बालबालिका अझै अल्पपोषणको समस्याबाट गुज्रिरहेका छन्। ग्रामीण क्षेत्रका परिवारहरूमा चामल, आलु, र नुन-तेलमा मात्र सीमित हुने प्रवृत्तिले पोषणको स्तर कमजोर रहँदै आएको छ।


महासंघका प्राविधिक इश्वर थापाका अनुसार, पोषण बगैंचा कार्यक्रमले समुदायका परिवारहरूलाई विविधतापूर्ण आहारतर्फ उन्मुख गराउने प्रयास गरेको छ। “यस कार्यक्रमले सागसब्जी, फलफूल तथा पौष्टिक खाद्यवस्तुको उत्पादन र उपभोगलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ,” थापाले भने।
सरकारद्वारा सञ्चालित ‘सुनौलो हजार दिन’ कार्यक्रम अन्तर्गत गर्भवती र सुत्केरी महिलालाई पोषणसम्बन्धी परामर्श तथा सहायता प्रदान गरिए पनि अझै प्रभावकारी रूपमा ग्रामीण भेगसम्म पुग्न सकेको छैन। स्वास्थ्यकर्मीको अभाव तथा जनचेतनाको कमीका कारण कार्यक्रमको प्रभावकारिता अपेक्षित रूपमा देखिन सकेको छैन।
कोरोना महामारीपछिको आर्थिक संकट तथा बढ्दो महँगीले पनि पोषणसम्बन्धी समस्या थप जटिल बनेको छ। राजधानी तथा अन्य ठूला सहरहरूमा तरकारी, फलफूल, र प्रोटिनयुक्त खाद्यवस्तुको उच्च मूल्यले न्यून आय भएका परिवारहरूको पोषण पहुँच खुम्चिँदै गएको छ। पोषणविद् पूर्णिमा अधिकारी भन्छिन्, “हाम्रो भान्सामा दैनिक सन्तुलित आहार समावेश गर्ने क्षमता कमजोर बन्दै गएको छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सामूहिक करार खेतीबाट आत्मनिर्भर बन्दै भगवानपुरका किसान
  • २०८१ फाल्गुन ९, शुक्रबार ०६:०२
  • In "BannerNews"
  • स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला
  • २०८१ फाल्गुन ९, शुक्रबार ०६:०२
  • In "BannerNews"
  • लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम
  • २०८१ फाल्गुन ९, शुक्रबार ०६:०२
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post

धार्मिक संरक्षणमा डा. महादेव साहको ऐतिहासिक योगदान महेश सिंह लहान -

केआईआईटी प्रकरणबारे भारतीय विदेश मन्त्रालयले भन्यो : नेपाली विद्यार्थीको सुरक्षा उच्च प्राथमिकता

माओवादीको टिप्पणी- अध्यादेश सरकारको पासो भयो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version