• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

केआईआईटी प्रकरणबारे भारतीय विदेश मन्त्रालयले भन्यो : नेपाली विद्यार्थीको सुरक्षा उच्च प्राथमिकता


केआईआईटी प्रकरणबारे भारतीय विदेश मन्त्रालयले भन्यो : नेपाली विद्यार्थीको सुरक्षा उच्च प्राथमिकता

काठमाडौं– ओडिशाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्रावासमा नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्यु प्रकरणमा भारतको विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ ।

भारतको विदेश मन्त्रालयले शुक्रबार गरेको नियमित साप्ताहिक मिडिया ब्रिफिङमा प्रवक्ता रणधीर जयसवालले भने, ‘हामी नेपाली छात्राको दुःखद निधनबाट निकै मर्माहित भएका छौँ। उनको परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौँ।’

भारतले विदेशी विद्यार्थीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले भने, ‘भारत सरकारले देशका सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षालाई उच्च प्राथमिकता दिन्छ।’

जयसवालका अनुसार भारतको विदेश मन्त्रालय ओडिशा सरकार, केआईआईटी प्रशासन र नेपाली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छ ।

ओडिसा सरकारले नेपाली विद्यार्थीलाई फर्काउन पहल गरिरहेको र सुरक्षासहित शैक्षिक गतिविधिमा संलग्न हुने वातावरण बनाउन काम गरिरहेको जानकारी दिए ।

भुवनेश्वरीमा रहेको स्थानीय प्रहरीले नेपाली विद्यार्थीलाई सहयोग गर्न सातै दिन चौबिसै घन्टाको हेल्पलाइन स्थापना गरेको पनि प्रवक्ता जयसवालले जानकारी दिए ।

‘यसबारेमा संवाद र सहजीकरण गर्न विदेश मन्त्रालय ओडिसा सरकार र नेपाली निकायहरूसँग निरन्तर संवादमा छ,’ उनले भने ।

आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।

उनले आफूमाथि सोही कलेजमा अध्ययरत एक विद्यार्थी मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग (आईआरओ) मा दुई पटक निवेदन दिएकी थिइन् । तर, कलेजले गम्भीरता देखाएको थिएन ।

साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो ।

कलेजका सुरक्षागार्ड र बाउन्सरहरुले विद्यार्थीलाई कुटपिट गरेको र लखेटेको भिडियोहरु सामाजिक सञ्जालमा भाइरल समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • दूतावासको पहलपछि नेपाली विद्यार्थीलाई क्याम्पस फर्किन विश्वविद्यालयको आग्रह
  • २०८१ फाल्गुन ९, शुक्रबार २१:१७
  • In "BannerNews"
  • केआईआईटीले प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने
  • २०८१ फाल्गुन ९, शुक्रबार २१:१७
  • In "BannerNews"
  • ओडिसाको विश्वविद्यालयले माग्यो माफी, शैक्षिक वातावरण बनाउन प्रयासरत रहेको दावी
  • २०८१ फाल्गुन ९, शुक्रबार २१:१७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

Next Post

माओवादीको टिप्पणी- अध्यादेश सरकारको पासो भयो

प्रकृति लम्साल मृत्यु प्रकरणमा थप ५ जना पक्राउ, पक्राउ पर्नेको संख्या ११ पुग्यो

बीबीसीको अजरबैजानी सेवा निलम्बन गर्न आदेश

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version