महेश सिंह,लहान सिरहा – लहान नगरपालिका–१२, भोटियाटोलस्थित प्रतिष्ठित सल्हेश फुलवारी बोर्डिङ स्कुललेले इन्टर स्कुल खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ। “देशका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको प्रतियोगिता माघ २९ गतेदेखि फागुन ३ गतेसम्म चल्नेछ।
विद्यालयका संस्थापक प्रिन्सिपल शिव कान्त चौधरीकाका अनुसार विद्यालयले विद्यार्थीहरूको शारीरिक विकास, अनुशासन र खेलकुद प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रत्येक वर्ष माघ महिनामा खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ। हाल विद्यालयमा ६०० विद्यार्थी अध्ययनरत छन् भने कक्षा नर्सरीदेखि १० सम्म सञ्चालनमा रहेका छन्।
विद्यालयका भ्वाइस प्रिन्सिपल कविता कुमारी चौधरी र सुरेन्द्र प्रसाद साहकाका अनुसार प्रतियोगितामा विभिन्न २५ खेल समावेश गरिएका छन्। तीमध्ये कबडी, भलिबल, फुटबल, दौड लगायतका खेल प्रमुख आकर्षण रहनेछन्।
विद्यालयले २५ जना दक्ष शिक्षकहरूकोको सहकार्यमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ। विद्यालय प्रशासनका अनुसार खेलकुद प्रतियोगिता सफल बनाउन विशेष तयारी गरिएको छ। प्रतियोगितामा विजयी हुने खेलाडीहरूलाई प्रथम, द्वितीय र तृतीय स्थान अनुसार शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ।
विद्यालयले खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्दै विद्यार्थीहरूलाई अनुशासित, शारीरिक रूपमा स्वस्थ र प्रतिस्पर्धी बनाउने लक्ष्य लिएको छ। क्षेत्रकै चर्चित र गुणस्तरीय बोर्डिङ स्कुलमध्ये एक मानिने सल्हेश फुलवारी बोर्डिङ स्कुललेले शिक्षासँगै खेलकुदमा पनि विद्यार्थीहरूको उत्कृष्ट भविष्य निर्माणमामा ध्यान दिँदै आएको छ।