No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मधेश कृषि विश्वविद्यालयको बेहालः उप–प्राध्यापकहरुद्धारा जिल्लामा क्रियाशील राजनीतिलाई ज्ञापनपत्र

मधेश कृषि विश्वविद्यालयको बेहालः उप–प्राध्यापकहरुद्धारा जिल्लामा क्रियाशील राजनीतिलाई ज्ञापनपत्र

लोकेन्द्र प्रसाद यादव

६ महिनादेखि तलवविहिन भएपछि फागुन १ गते देखि नियमित पठनपाठन रोक्ने उप–प्राध्यापकहरु चेतावनी

राजविराज। मधेश सरकारको गौरबको आयोजना मध्ये एक मानिने सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालय थला परेको छ। विश्वविद्यालयमा कार्यरत उप–प्राध्यापक तथा कर्मचारीहरू ६ महिनादेखि तलव खान नपाएर छट्पटिएका छन्।

उनीहरुले सोमबार मधेशको शिक्षा तथा संस्कृति मन्त्रालयलाई ज्ञापनपत्र पठाएर गत भदौदेखि हालसम्म पनि तलब/भत्ता नपाएको गुनासो गरेका छन्। पुस २८ गते विश्वविद्यालयका पदाधिकारीहरुको वैठकको निर्णय अनुसार तलब/भत्ता खुवाउन नसकिने जानकारी पाएपछि उनीहरु तनावमा छन्। सप्तरीका सीडीओ भोला दाहालमार्फत वुझाईएका छन्। सोही ज्ञापनपत्रको बोदार्थ जिल्ला समन्वय समिति प्रमुख शिव नारायण साह, नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केनद्र,जसपा नेपाल,जनमत,लोसपा लगायतका पार्टीहरुलाई समेत दिईएको छ।

विश्वविद्यालय पदाधिकारीको वैठकको निर्णय भन्दै तलव दिने नसक्ने पत्राचार भएपछि पुस २९ गते सम्पूर्ण उप– प्राध्यापक तथा कर्मचारीहरुले ज्ञापन पत्र वुझाउँदै समस्या अवगत गराएका थिए। त्यसको एक महिना वितिसक्दा पनि निकास ननिस्किएपछि उनीहरुले पुनः अर्को ज्ञापन पत्र वुझाएका हुन।

‘यस्तो अवस्थामा पनि हामी उप– प्राध्यापक तथा कर्मचारीहरु विश्वविद्यालय प्रति जिम्मेवार भई नियमित रुपमा पठन पाठन लगायत अनुसन्धान सञ्चालन गर्दै आइएरहेका छौं । तर चरम आर्थिक संकट को कारणले गर्दा हाम्रो व्यक्तिगत तथा पारिवारिक दैनिकी प्रभावित भएको यसै ज्ञापनपत्र मार्फत जानकारी गराउन चाहन्छौं।’ वुझाईएको ज्ञापन पत्रमा भनिएको छ।

अव भने पठनपाठनसहित सम्पूर्ण कृयाकलाप ठप्प पार्ने उनीहरुले चेतावनी दिएका छन्। ज्ञापन पत्रमा भनिएको छ–‘क्षतिपुर्तिसहित नियमावली अनुसारको तलबभता तथा अन्य सुबिधाहरु नपाउनजेल्सम्म नियमित रुपमा पठन पाठनलगायत अनुसन्धानका कामहरु ठप्प पार्ने जानकारी गराउन चाहन्छौं। उक्त विषय प्रति मिति २०८१ मघ ३० गते भित्र कुनै सुनुवाई तथा सम्बोधन नभएमा मिति २०८१ फागुन १ गते देखि नियमित रुपमा पठन पाठन लगायत अनुसन्धानको कामहरु ठप्प हुनेछ।’ ज्ञापनपत्रमा भनिएको छ।

नयाँ शैक्षिक सत्रमा नयाँ भर्नाका लागि भदौमा आवेदन माग गरिएको थियो । ५० जनाको लागि एक सय ११ जनाको आवेदन परेको छ । आवेदकहरूसँग दुई/दुई हजार दस्तुर पनि संकलन गरिएको छ । तर आर्थिक कारोबार ठप्प हुँदा प्रवेश परीक्षा सञ्चालन गर्न नसकेर हालसम्म भर्ना लिइएको छैन । कात्तिकदेखि सुरु गर्नुपर्ने कक्षा अन्योलमै छ । आवेदन लिएपनि प्रवेश परीक्षा लिएर भर्ना नगरेको भन्दै कार्यालयमा पुगेर, फोन गरेर आवेदनकर्ताहरूले गुनासो गर्ने गरेको विश्वविद्यालयका पदाधिकारीहरूको भनाइ छ ।

विश्वविद्यालय यस्तो कहालिलाग्दो अवस्थामा पुग्नुको कारण हो, जनमत र जसपा नेपालबीचको जुँगाको लडाईं र राजनीतिक प्रतिशोध । दुई दलबीचको अस्वस्थ सम्बन्धले विश्वविद्यालयको अवस्था जर्जर बनेको हो।

अहिले मधेश सरकार जनमत पार्टीको नेतृत्वमा छ । तत्कालीन जसपा नेतृत्वमा सरकार हुँदा विश्वविद्यालय स्थापना भएको थियो । जसमा उपकुलपति प्रा.डा. वैजनाथ महतो र रजिस्ट्रार ठाकुर जसपा नेतृत्वको सरकारले नियुक्त गरेका पदाधिकारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post
राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

चालू आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

चालू आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

कोशी ब्यारेजमा मलाह समुदायको अनिश्चितकालिन रिले अनसन जारि

कोशी ब्यारेजमा मलाह समुदायको अनिश्चितकालिन रिले अनसन जारि

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...