काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले पुननिर्माण गरिएको ऐतिहासिक रानीपोखरीको उद्घाटन गर्नुभएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्न भएपछि बुधबार राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षति भएका सबै संरचनाहरुको पुननिर्माण छिट्टै सम्पन्न हुने विश्वास समेत व्यक्त गर्नुभयो । यस्तै राष्ट्रपति भण्डारीले सबै सांस्कृतिक सम्पदालाई मौलिक स्वरुपमा निर्माण गर्न सक्षम हुने आशा समेत व्यक्त गर्नुभयो ।
janatasamachar