• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन आग्रह


कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन आग्रह

काठमाडौ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा इजरायलले गर्दै आएको सहयोग आगामी दिनमा पनि निरन्तर रहने आशा व्यक्त गरेका छन्।

नेपालका लागि इजरायलका राजदुत स्मुलिकबाससँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा मन्त्री अधिकारीले नेपाल र इजरायलबीच ६५ वर्षदेखिको मैत्रीपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दै दुई मूलूकबीच भएको कृषि क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौता नवीकरणका लागि पहल गर्न राजदूतसमक्ष आग्रह गरे।

नेपाल र इजरायलबीच सम्झौता भई कार्यान्वयनमा आएको ‘कमाउ र सिक’ कार्यक्रमले नेपाली युवालाई अवसर सृजना गरेको भन्दै यसलाई पुनःनिरन्तरता दिन उनले आग्रह गरे। इजरायलले नेपाली विधार्थीलाई उपलब्ध गराउँदै आएको छात्रवृत्तिले नेपालको कृषि क्षेत्रमा महत्वपूर्ण सहयोग पुगेको भन्दै मन्त्री अधिकारीले नेपालको कृषिको विकासका लागि इजरायल सरकारसँग भएको सम्झौताअनुरुप सेन्टर फर एक्सीलेन्स स्थापनाका लागि क्षेत्रहरुको छनाेट भइसकेकाले सेन्टर स्थापनाका लागि पहल गर्न राजदूतसमक्ष आग्रह गरे। करिब पाँच हजार नेपाली हाल इजरायलमा कार्यरत रहेको र यसबाट उनीहरुको जीवनस्तरमा समेत सुधार आएको भन्दै मन्त्री अधिकारीले आगामी दिनमा देश र जनताको पारस्परिक हितका लागि बहुपक्षीय सहयोग जारी रहने अपेक्षा व्यक्त गरे।

त्यसक्रममा राजदूतले इजरायलले नेपालको कृषि क्षेत्रमा प्रविधि हस्तान्तरणमार्फत आगामी दिनमा थप सहकार्य गर्न चाहेको बताए। उनले यसै वर्ष नेपालले छनाेट गरेका क्षेत्रमा कृषिका लागि सेन्टर फर एक्सिलेन्स स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

कृषि क्षेत्रमा नेपाली कामदार लैजान सकिने सम्भावना रहेको राजदूतावासले जनाएको छ। कृषि क्षेत्रको विकासका लागि विगतमा दुई देशबीच भएका सहमतिको कार्यन्वयनमा आफूले ध्यान दिने पनि राजदूतको प्रतिबद्धता थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपाल–इजरायलबीच रोजगारसम्बन्धी सम्झौता कार्यान्वयनका लागि हस्ताक्षर हुँदै
  • २०८१ पुष १८, बिहीबार २०:१४
  • In "थप"
  • तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान
  • २०८१ पुष १८, बिहीबार २०:१४
  • In "BannerNews"
  • किसानलाई मलखाद उपलब्ध गराउन नसकने कृषि मन्त्रीको औचित्य नै के ?
  • २०८१ पुष १८, बिहीबार २०:१४
  • In "मुख्य समाचार"

नेपाल एक्सन

सम्बन्धित खबर

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

Next Post

नेपाली कांग्रेसका नेता देवनारायण यादवको ९० वर्षको उमेरमा निधन

सरकारले नियतबस संसद छलेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोज्योः माओवादी

२९ वर्षीय युवकबाट ३२ वर्षीया महिला बलात्कृत

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version