• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

धार्मिक कथा र झाँकीले लहान क्षेत्र उत्सवमय


धार्मिक कथा र झाँकीले लहान क्षेत्र उत्सवमय

सिरहाको लहान नगरपालिका वडा नं. ७ मा मङ्गलबारदेखि श्री १०८ श्रीमद्भागवत महापुराण ज्ञान यज्ञकथा सुरु भएको छ। धार्मिक र सांस्कृतिक चेतना फैलाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमको उद्घाटन झण्डै ६ सय श्रद्धालुको सहभागितामा भव्य कलश शोभायात्रा गर्दै गरिएको थियो।
कार्यक्रममा भारतको काशी बनारसबाट आएका बाबा श्री शिवांश महाराजले कथा वाचन गरिरहेका छन्। कथा वाचनसँगै झाँकी लिला प्रदर्शनले कार्यक्रमलाई थप आकर्षक बनाएको छ।
विश्व हिन्दू परिषद् नेपाल, जिल्ला कार्यसमिति सिरहाको सहआयोजनामा भइरहेको कार्यक्रममा सनातनी हिन्दू परिवार र स्थानीय संघसंस्थाको सक्रिय सहभागिता रहेको छ। परिषदका जिल्ला अध्यक्ष राजेन्द्र प्रसाद यादवले धार्मिक र सांस्कृतिक चेतना फैलाउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताए।
कार्यक्रम संयोजक तथा परिषदका कोषाध्यक्ष प्रियम रञ्जन उपाध्यायले यस यज्ञले समाजमा धार्मिक एकता कायम राख्न र संस्कृतिको संरक्षणमा योगदान गर्ने विश्वास व्यक्त गरे। जिल्ला सचिव डा. शिवदेव साहले कार्यक्रम व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका छन्।
कार्यक्रममा सिरहा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य राम शंकर यादव प्रमुख अतिथिका रूपमा उपस्थित रहे। उनले धर्म र संस्कृतिको संरक्षणमा नयाँ पुस्ताको भूमिकालाई महत्त्वपूर्ण ठहराउँदै भने, “नयाँ पुस्ताले धर्म र संस्कृतिप्रति चासो घटाइरहेको छ। यो प्रवृत्ति रोक्न हरेक पुस्ताले जिम्मेवारी लिनु आवश्यक छ।”
लहान क्षेत्रका मारवाडी समुदायका अगुवा प्रदीप गुप्ता र पवन मुन्द्रालगायत स्थानीय तथा राष्ट्रियस्तरका विभिन्न धार्मिक संस्थाहरूको समर्थन कार्यक्रमप्रति देखिएको छ।
पौष १ गते सोमबारसम्म सञ्चालन हुने यस धार्मिक कार्यक्रम अन्तर्गत १०८ कुण्डीय जाप्य सम्पन्न हुनेछ। कार्यक्रममा समाज सुधारका सन्देश दिन विभिन्न प्रकारका झाँकी प्रदर्शन गरिएको छ। गोपाल रौनियार गुप्ताका अनुसार कथा र झाँकी हेर्न दैनिक हजारौं श्रद्धालु सहभागी भइरहेका छन्।
कार्यक्रम व्यवस्थापन टोलीका अनुसार यस धार्मिक अनुष्ठानले समाजमा रहेका कुरीतिहरू उन्मूलन गर्दै संस्कारयुक्त समाज निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।धार्मिक कथा, झाँकी, र समाज सुधारका सन्देशमूलक गतिविधिले लहान क्षेत्र अहिले उत्सवमय बनेको छ। यो कार्यक्रमले स्थानीय तहमा मात्रै नभई राष्ट्रियस्तरमा समेत धार्मिक र सांस्कृतिक चेतना फैलाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

महेश सिंह

सम्बन्धित खबर

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

Next Post

इतिहास रच्दै नेपाल एसिया कपको सुपर ४ मा, पाकिस्तानलाई ६ विकेटले हरायो

शेख हसिनामाथि बंगलादेशका ३५ सय व्यक्ति बेपत्ता पारेको आरोप

गाजामा इजरायली हवाई आक्रमणमा मेयरसहित २२ जनाको मृत्यु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version