• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिरियाको राजधानी कब्जा गर्ने विद्रोही कमाण्डर को हुन् ?

सिरियाको राजधानी कब्जा गर्ने विद्रोही कमाण्डरको अतित अलकायदा समूहसँग जोडिएको छ । अमेरिका सरकारले उनको मूल्य एक करोड डलर तोकेको छ ।


सिरियाको राजधानी कब्जा गर्ने विद्रोही कमाण्डर को हुन् ?

काठमाडौं । विद्रोहीहरुले सिरियाको राजधानी कब्जा गरेपछि राष्ट्रपति बसर अल असदले देश छाडेका छन् । इस्लामी विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस)ले राजधानीसमेत कब्जा गरेपछि राष्ट्रपति असद देश छाड्न बाध्य भएका हुन् ।

सन् २०११ मा राष्ट्रपति बसर अल असदविरुद्ध शान्तिपूर्ण विरोध सुरु भएको थियो । लोकतन्त्र समर्थकहरुको यही विरोध पछि गृहयुद्धमा परिणत भयो ।

यो गृहयुद्धमा सिरिया मात्रै होइन, क्षेत्रीय र विश्वका अन्य शक्ति राष्ट्रहरु पनि जोडिए । रुस, इरान र इरान समर्थित मिलिसिया सिरियाको पक्षमा र अमेरिका विद्रोही एचटिएसको पक्षमा थिए ।

त्यसबेलादेखि हालसम्म युद्धमा पाँच लाखभन्दा बढी मारिइसकेका छन् भने एक करोड २० लाख जना विस्थापित भएका छन् ।

आखिर को हुन् एचटीएस विद्रोही समूहका कमाण्डर ? जसले सिरियाका सरकारी सेनालाई झुकाए र राष्ट्रपति नै देश छोड्न बाध्य भए ?

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार विद्रोही समूह एचटीएसका प्रमुख अबु मोहम्मद अल जुलानी हुन् । अमेरिकाले उनको टाउकोको मूल्य एक करोड डलर तोकेको थियो । उनीमाथि मानवअधिकार उल्लंघनको आरोप छ । तर उनी विश्व सामु आफूलाई उदारवादी नेताको रुपमा चिनाउन खोज्छन् ।

जन्म र उमेर विवादित

अबु मोहम्मद अल जुलानीको वास्तविक नाम र उमेर भने विवादित छ । अमेरिकी प्रसारक पीबीएसले फेब्रुअरी २०२१ मा अल जुलानीको अन्तर्वार्ता प्रसारण गरेको थियो । त्यस समय उनले आफ्नो नाम ‘अहमद अल शारा’ बताएका थिए । उनको जन्म साउदी अरबको राजधानी रियाद शहरमा भएको थियो । रियादमा उनका बुवाले काम गर्दथे । तर उनको पालन पोषण भने सिरियाको राजधानी दमास्कसमा भएको थियो । त्यसैले उनी आफूलाई सिरियाकै नागरिक भएको बताउँछन् ।

यद्यपि अर्को एक रिपोर्टमा भने उनको जन्म पूर्वी सिरियाको दैर एज–जोर भन्ने स्थानमा भएको बताइन्छ । संयुक्त राष्ट्रसंघ र युरोपेली संघको रिपोर्ट अनुसार उनको जन्म सन् १९७५ देखि १९७९ को बीचमा भएको थियो । इन्टरपोलले भने उनको जन्म सन् १९७९ उल्लेख गरेको छ । तर अस सफिरको रिपोर्टमा भने उनको जन्म १९८१ उल्लेख छ ।

मिडिया रिपोर्ट अनुसार विद्रोही समूहमा लाग्नुभन्दा अगाडि उनले चिकित्सा शिक्षा पढेका थिए ।

कसरी बने विद्रोहीको नेता ?

सन् २००३ मा अमेरिका र गठबन्धन सेनाले इराकमा आक्रमण गरेपछि अल जुलानी त्यहाँ रहेको अलकायदा विद्रोही समूहसँग जोडिएका थिए । अमेरिका नेतृत्वको गठबन्धन सेनाले इराकका राष्ट्रपति सद्दाम हुसेन र उनको बाथ पार्टीलाई सत्ताबाट हटाएको थियो । तर विभिन्न विद्रोही समूहहरुले त्यसको प्रतिरोध गरेका थिए ।

सन् २०१० मा इराकममा अमेरिकी सेनाले अल जुलानीलाई पक्राउ गरेको थियो । उनलाई क्याम्प बुका भनिने कुवेत नजिकको जेलमा राखिएको थियो । सोही जेलमा उनको चिनजान अरु विद्रोही नेताहरुसँग भयो, जसले इस्लामिक स्टेट (आईएस) समूह गठन गरेका थिए । त्यहीँबाट उनको सम्पर्क आईएसका नेता अबु बक्र अल बगदादीसँग समेत भएको बताइन्छ ।

जेलमुक्त भएपछि अल जुलानीले मिडियामा भनेका छन्– जब सन् २०११ मा सिरियाका राष्ट्रपति बसर अल असदविरुद्ध सशस्त्र संघर्ष सुरु भयो तब अल बगदादीले अल जुलानीलाई त्यहाँ पठाउने गृहकार्य सुरु गरे । अन्ततः अल जुलानीलाई हतियारधारी समूह नुसरा फ्रन्ट अर्थात् जबहत अल–नुसराको कमाण्डर बनाइएयो । यसको गोप्य सम्बन्ध इस्लामिक स्टेटसँग थियो । जुलानीको नेतृत्वको युद्धले धेरै ठाउँमा सफलता पनि हासिल गर्‍यो ।

सन् २०१३ मा अल जुलानीले नुसरा फ्रन्टको सम्बन्ध आईएससँग तोडेर अलकायदासँग जोडे । यद्यपि सन् २०१६ को एक रेकर्डेड सन्देशमा उनले अलकायदासँग पनि सम्बन्ध तोडेको घोषणा गरेका थिए ।

अल जुलानीका अनुसार सन् २०१७ मा उनी नेतृत्वको अल नुसरासँग सिरियाका अन्य विद्रोही समूहको एकीकरण भएको थियो । त्यसपछि ‘हयात तहरीर अल शाम’ समूह गठन भयो । त्यसको नेतृत्वमा अल जुलानी नै रहीरहे ।

सिरियाका राष्ट्रपति बसर अल असद

अहिले सिरियाका प्रमुख शहरसँगै राजधानी दमास्कससमेत कब्जा गरेर राष्ट्रपति बसर अल असदलाई देश छाड्न बाध्य पार्ने यही हयात तहरीर अल शाम समूह हो । यो समूहले सिरियामा असद परिवारको ५० वर्ष लामो शासन अन्त्य गरेको छ ।

अल जुलानी कस्ता नेता हुन् ?

अल जुलानीको नेतृत्वको एचटीएस, उत्तरपश्चिम सिरियाको इदलिब र आसपासका क्षेत्रमा सक्रिय विद्रोही समूह थियो । यो समूहले इदलिब प्रान्तमा अलग्गै सरकार चलाउने गर्दछ । स्वास्थ्य, शिक्षा, आन्तरिक सुरक्षा कायम गर्न स्थानीय सरकारको जसरी काम गर्दछ ।

सन् २०२० मा एचटीएसले इदलिबमा अलकायदाका सैन्य क्याम्पमा आक्रमण गर्दै हतियार कब्जा गरेको थियो र केही नेताहरुलाई बन्दी बनाएको थियो । साथै इदलिबमा इस्लामिक स्टेटको सक्रियतालाई पनि रोकेको थियो ।

सन् २०२१ मा अल जुलानीले अमेरिकी प्रसारक पीबीएसलाई भनेअनुसार उनले अलकायदाको जस्तो रणनीति अनुसरण गरेका छैनन् । सिरियाका राष्ट्रपति बसर अल असादलाई सत्ताबाट हटाउने इस्लामी शासन लागु गर्ने उनको मुख्य उद्देश्य थियो । असदलाई सत्ताबाट हटाउने उद्देश्य अमेरिका र पश्चिमी देशको पनि थियो । उनले भनेका थिए– हामी युरोप र अमेरिकी सुरक्षाका लागि खतरा होइनौं ।

एचटीएसले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा इस्लामी कानुन लागू गरेको छ । यो कानुन अन्य समूहको तुलनामा खुकुलो रहेको बीबीसीले जनाएको छ । एचटीएस सार्वजनिक रुपमा इसाई र गैरमुस्लिम समुदायसँग उदार देखिन्छ । त्यसैले अन्य विद्रोही समूहले यसको आलोचना पनि गर्दछन् ।

यद्यपि मानवअधिकारवादी संगठनहरुले एचटीएसलाई मानव अधिकार विरोधी क्रियाकलाप गरेको आरोप लगाउने गर्दछन् । अल जुलानीले भने त्यसलाई खण्डन गर्दै आएका छन् ।

जुलानी नेतृत्वको एचटिएसलाई पश्चिमा, मध्यपूर्वका सरकार र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले आतंकवादी समूहको वर्गमा राखेका छन् । किनभने अल जुलानीको अतित अलकायदा समूहसँग जोडिएको छ । उनीबारे सूचना दिनेलाई अमेरिका सरकारले एक करोड डलर पुरस्कार राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरियाका विद्रोही नेताहरुले सरकारी टिभी च्यानल र रेडियोबाट दिएको सन्देशमा के भने ?
  • २०८१ मंसिर २४, सोमबार २०:४३
  • In "BannerNews"
  • सिरियाको अलेप्पोमा विद्रोहीले सहर कब्जा गरेपछि रूसको हवाइ आक्रमण
  • २०८१ मंसिर २४, सोमबार २०:४३
  • In "BannerNews"
  • अमेरिकाले सिरियाका नयाँ नेतामाथि राखिएको १० मिलियन डलर टाउकोको मूल्य हटायो
  • २०८१ मंसिर २४, सोमबार २०:४३
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

मधेसको शिक्षा र पर्यावरण संरक्षणमा जेसिजको अग्रसरता

प्रतिस्पर्धाबाट शिक्षा सुधारको सन्देश, विजयी विद्यालयलाई सम्मान

नेपाल र चीनबीच हस्ताक्षर भएको बीआरआई फ्रेमवर्क दस्तावेजको पूर्णपाठ सार्वजनिक

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version