• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ग्रामीण महिला किसानहरूको समस्या समाधान गर्न पालिकाको ठोस प्रतिबद्धता


ग्रामीण महिला किसानहरूको समस्या समाधान गर्न पालिकाको ठोस प्रतिबद्धता

सिरहा – ग्रामीण क्षेत्रका महिलाहरूको आर्थिक सशक्तीकरण र अधिकार सुनिश्चितताका लागि सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा “ग्रामीण कृषक महिलाहरूको अधिकार र योगदान सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रम दिदीबहिनी संस्थाको आयोजनामा तथा लक्ष्मीपुर पतारी गाउँपालिकाको सहकार्यमा सम्पन्न भएको हो। ग्रामीण महिला आर्थिक सशक्तीकरण कार्यक्रम संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष, संयुक्त राष्ट्रसंघ महिला, विश्व खाद्य कार्यक्रम को समन्वय र सहकार्यमा कार्यक्रम संचालनमा रहेको छ। सार्वजनिक सुनुवाई कार्यक्रममा महिलाहरूले कृषि क्षेत्रमा भोगिरहेका समस्या र समाधानका उपायहरूमाथि आफ्ना विचार खुलस्त रूपमा राखेका थिए। सिरहाको लक्ष्मीपुर पतारी, सखुवानान्कारकट्टी र कर्जन्हा नगरपालिकाका साथै सप्तरीको छिनमस्ता र तिलाठी कोइलारी गाउँपालिकामा यस कार्यक्रम सञ्चालन भइरहेको छ।


कार्यक्रमको सहजीकरण रिता साहले गरिन्। आयोजकका अनुसार ५० जना महिला कृषकहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी महिला किसानहरूले आफ्नो अनुभव, समस्या, र माग प्रष्ट रूपमा प्रस्तुत गरे।
सुनिता मण्डलले कृषि मेसिन र आधुनिक उपकरणहरूको अभावले उत्पादनमा समस्या परेको बताइन्। उनले भनिन्, “हामीले खेत खनजोत गर्न समेत भारी मेसिनको अभाव भोगिरहेका छौँ। कम समय र सस्तो लागतमा खेती गर्न यान्त्रिकीकरणको खाँचो छ।”
रानी कापरले समयमा बीउ, मलखाद, र कीटनाशक औषधिको आपूर्ति नहुँदा खेतीमा क्षति पुग्ने समस्या सुनाइन्। “बाली लगाउने बेला समयमा मलखाद उपलब्ध नहुँदा उत्पादन घटेको छ। सरकारले किसानलाई प्राथमिकतामा राखेर मल वितरणको प्रक्रिया सुधार गर्नुपर्छ,” उनले जोड दिइन्।
सुनिता कुमारी दासले महिलाहरूको कृषि क्षेत्रमा ठूलो योगदान हुँदाहुँदै पनि उचित पहिचान नपाएकोमा दुःख व्यक्त गरिन्। “खेतीमा महिलाहरूको मिहिनेत प्रमुख भए पनि प्रायः सबै ठाउँमा किसानको रूपमा पुरुषको नाम लेखिने परम्परा छ। यो सुधार हुनुपर्छ,” उनले भनिन्।


सिता देवीले सिचाइको अभावले गर्दा सिंचित खेती गर्न असम्भव भएको बताइन्। “सुक्खा बालीमात्र फलाएर घरपरिवार धान्न गाह्रो छ। गाउँगाउँमा सिचाइ सुविधाको विस्तार गर्न राज्यले ठोस योजना ल्याउनु जरुरी छ,” उनले भनिन्।
ललिता देवीले बिद्युतीकरणको अभावले कृषि उत्पादनमा ठूलो असर परेको गुनासो गरिन्। उनले भनिन्, “हामीले सिचाइ र पानी तानेर सिंचाइ गर्न विद्युतीय मोटर चलाउनुपर्छ। तर, बिद्युतीकरण नहुँदा समयमै काम गर्न सकिरहेका छैनौँ।”
चन्दा कुमारीले ग्रामीण महिलाहरूलाई सहकारीमा पहुँच पुर्‍याउन र सहुलियत कर्जा योजनाहरूलाई महिलामैत्री बनाउन माग गरिन्।
पालिकाका अध्यक्ष चतुरानन्द ठाकुरले कार्यक्रमका क्रममा कृषक महिलाहरूको समस्या सुनेर केही ठोस कदमहरू चाल्ने प्रतिबद्धता जनाए।
उनले भने, “फाल्गुन मसान्तभित्र सिचाइको लागि कृषि विद्युतीकरणको काम सम्पन्न गर्नेछौँ। साथै, बीउ, मलखाद, र औषधि समयमै उपलब्ध गराउन पालिकाले नयाँ योजना ल्याउनेछ।”


पालिकाका उपाध्यक्ष अमरकला देवी यादवले महिलामैत्री नीति र कार्यक्रमहरू लागू गर्न आफू प्रतिवद्ध रहेको बताइन्।
दिदीबहिनी संस्थाकी प्रतिनिधि तथा कार्यक्रम सहजकर्ता रिता साहले ग्रामीण महिलाहरूको सशक्तीकरणका लागि दीर्घकालीन र दिगो समाधान आवश्यक रहेको बताइन्। “संविधानले महिलाहरूलाई समान अधिकार दिएको भए पनि व्यवहारमा अझै धेरै समस्या छन्। कृषि क्षेत्रमा महिलाहरूको पहिचान र पहुँच सुनिश्चित गर्न ठोस नीति आउनु पर्छ,” उनले भनिन्।
कार्यक्रमले महिलाहरूको जीवनस्तर उकास्न, उनीहरूको समस्यालाई स्थानीय सरकार र सरोकारवालासम्म पुर्‍याउन र आर्थिक सशक्तीकरणका लागि पहल थाल्न महत्वपूर्ण भूमिका खेलेको छ।सम्बन्धित अधिकारीहरू र सरोकारवालाहरूको ध्यानाकर्षणसहित कार्यक्रमको समापन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • महिला कृषकहरूको समस्या सार्वजनिक मञ्चमा उठान
  • २०८१ मंसिर २०, बिहीबार ०८:३२
  • In "BannerNews"
  • दिदी बहिनी संस्थाको कार्य भर्दो कर्जन्हामा ग्रामीण महिलाको आर्थिक आवाज बुलन्द
  • २०८१ मंसिर २०, बिहीबार ०८:३२
  • In "BannerNews"
  • ग्रामिण महिलाहरुको अगुवाईमा सार्वजानिक सुनवाई
  • २०८१ मंसिर २०, बिहीबार ०८:३२
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post

प्राईभेट र पब्लिक क्षेत्रको उत्पादकत्व बढाउने उद्देश्यसहित राकुटेन भाइबरले थप्यो नयाँ कम्युनिटी कमेन्ट फिचर

एनपिएलः नरेनकाे पाँच विकेटमा सुदूरपश्चिमको दोस्रो जित

मोहम्मद युनुसले भने- ‘शेख हसिनाले देश बर्बाद गरिन्, मुद्दा चलाएर भारतसँग सुपुर्दगी माग्छु’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version