वाशिंगटन । निर्वासनमा रहेका पूर्वी तुर्किस्तानका प्रधानमन्त्री सलीह हुदायरले सोमबार संयुक्त राज्य अमेरिकाले चीनले सिन्जियाङमा नरसंहार गरिरहेको कुरालाई राम्रोसँग बुझ्न आवश्यक भएको बताएका छन् ।
उनले भने, “चीनले कब्जा गरेको पूर्वी टर्किस्तान अथवा कथित सिन्जियाङमा के गरिरहेको छ ? चीनले त्यहाँ नरसंहार र उपनिवेशबाहेक अरु केही छैन ।”
“अमेरिकी विदेश मन्त्रालय र व्हाइट हाउसले चीनले नरसंहार गरिरहेको कुरालाई स्वीकार गर्दै मानवअधिकारविरुद्धको सीसीपीको अपराध रोक्न कडा कारबाही गर्नुपर्छ, “हुडायरले ट्वीटमा भने ।
सिन्जियाङमा चीनले गरेको अत्याचारमा अमेरिकी विदेश मन्त्रलयले जारी गरेको भिडियो सन्देशको प्रतिक्रियाका क्रममा उनले यस्तो बताएका हुन् ।
अमेरिकी विदेशमन्त्रालय भनेको छ, “सिन्जियाङमा चिनियाँ कम्युनिष्ट पार्टीले जबरजस्ती जनसंख्या नियन्त्रण लगायत उइगरहरु र अन्य अल्पसंख्यक समूहका सदस्यहरू विरुद्ध मानवीय अधिकार उल्लंघन गरेको छ । जबरजस्ती श्रम, र सांस्कृतिक तथा धार्मिक अभिव्यक्तिको दमन गरिरहेको छ । ”
सिन्जियाङमा करिब १० करोड उइगरहरु छन् । तुर्किक मुस्लिम समूहले सिन्जियाङको जनसंख्याको लगभग ४५ प्रतिशत जनसंख्या ओगट्छ र यसले लामो समयदेखि चीनका अधिकारीहरूलाई सांस्कृतिक, धार्मिक र आर्थिक विभेदको आरोप लगाएको छ ।
अमेरिकी अधिकारीहरु र संयुक्त राष्ट्रका विज्ञहरुका अनुसार सिन्जियाङमा मुस्लिम जनसंख्याको ७ प्रतिशतलाई “राजनीतिक पुन: शिक्षा” शिविरहरूको विस्तारित नेटवर्कमा कैद गरिएको छ ।
अन्तर्राष्ट्रिय कन्सोर्टियम अफ इन्भेस्टमेन्ट जर्नालिष्ट्सले गत वर्ष गरेको चिनियाँ केबुल भनेर चिनिने वर्गीकृत कागजातहरूले विश्व मुसलमानहरुलाई विश्वव्यापी नियन्त्रण गर्न चिनियाँ सरकारले कसरी टेक्नोलोजी प्रयोग गर्छ भन्नेमा खुलासा गरेको थियो ।
यद्यपि चीनले यस्ता दुर्व्यवहारलाई नियमित रूपमा खण्डन गर्दै र शिविरहरूले व्यावसायिक तालिम प्रदान गरेको बताइरहेको छ ।