• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पाकिस्तानको लाहोरमा प्रदुषणको कहर, विद्यालयसहित सार्बजनिक स्थानमा प्रतिबन्ध


पाकिस्तानको लाहोरमा प्रदुषणको कहर, विद्यालयसहित सार्बजनिक स्थानमा प्रतिबन्ध

काठमाडौं। पाकिस्तानको पञ्जाब प्रान्तमा बढ्दो वायु प्रदूषणका कारण पार्क, चिडियाखाना, खेल मैदान र संग्रहालय जस्ता सार्वजनिक स्थानहरूमा मानिसहरूलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ।

पञ्जाबमा धुवाँ बढेसँगै वायुको गुणस्तर खतरनाक तहमा पुगेको छ। यसका साथै नोभेम्बर १७ सम्म सबै विद्यालय र कलेज बन्द गरिएको छ।

लाहोरमा विहिबार सहरको वायु गुणस्तर सूचक पनि एक हजारको खतरनाक स्तर नाघेको थियो भने शनिबार बिहानसम्म पनि वायु गुणस्तर सूचक ७२३ रहेको छ। जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले सार्वजनिक स्थलमा अनावश्यक रूपमा बाहिर निस्कन निषेध गरेको छ।

पञ्जाब सरकारले शुक्रबार जारी गरेको आदेशमा लाहोर, गुर्जनवाला, फैसलाबाद, मुल्तान, शेखुपुरा र अन्य १२ सहरहरूमा यो प्रतिबन्ध नोभेम्बर १७ सम्म लागू रहने बताइएको छ । सरकारले विद्यालय र कलेज बन्द गरिसकेको छ। लाहोर सहित १८ जिल्लाका सरकारी कर्मचारीहरुलाई घरबाटै काम गर्न भनिएको छ।

पञ्जाब सरकारले गत हप्ता मात्र धुवाँको बारेमा चिन्ता व्यक्त गरेको थियो । यसबाहेक लाहोरका धेरै क्षेत्रमा ग्रीन लकडाउन पनि लागू गरिएको थियो।

पाकिस्तानको पञ्जाब सरकारले गत वर्ष डिसेम्बर २०२३ मा यूएईको सहयोगमा धुवाँ नियन्त्रण गर्न एउटा प्रयोग गरेको थियो। विश्वको सबैभन्दा प्रदूषित सहर मध्येको एक लाहोरमा कृत्रिम वर्षा गराइएको थियो। यसमा क्लाउड सिडिङ प्रयोगका कारण करिब १० प्रतिशत क्षेत्रमा पानी परेको थियो। तर यो विकल्पले धेरै दिन काम गरेन र २–३ दिनपछि फेरी वायु प्रदूषणको स्तर बढेको थियो।

पाकिस्तान सरकारले फेरि एक पटक कृत्रिम वर्षा दिने योजना बनाएको छ। तर लागत धेरै उच्च हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा
  • २०८१ कार्तिक २४, शनिबार १९:२२
  • In "BannerNews"
  • भारत-पाकिस्तानको आफ्नै दाबी : लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त, २५ भारतीय ड्रोन खसालियो
  • २०८१ कार्तिक २४, शनिबार १९:२२
  • In "अन्तराष्ट्रिय"
  • पहिलो विश्वयुद्धमा ३ लाख २० हजार पञ्जाबी सैनिक लडेको खुलासा
  • २०८१ कार्तिक २४, शनिबार १९:२२
  • In "जीवनशैली"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

२२ वर्षदेखि बजरंग क्लबको खेलकुद र सामाजिक योगदान

जनताको गुनासा सुन्न टोल टोल पुग्दै: मेयर चौधरी

अंश विवादमा हँसिया र आग्लोले हानेर बुबाको हत्या, जंगलमा लुकेका छोरा २ सातापछि पक्राउ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version