• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

आज लोक आस्थाको महापर्व छठ मनाइँदै


आज लोक आस्थाको महापर्व छठ मनाइँदै

लोक आस्थाको महापर्व छठ आज हर्सोल्लासपूर्वक मनाइँदै छ । आदिदेव सूर्यको उपासना गरी चारदिनसम्म अत्यन्त नियमनिष्ठासंग मनाइने छठ पर्वको तेश्रो दिन आज मुख्यदिन सौझकारक रहेको छ ।

आज साँझ अस्ताउँदो सूर्य अर्थात् दिनानाथलाई अर्घ्र्य दिइन्छ । पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै छठ पर्व मनाइन्छ । आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन श्रद्धालुभक्तजनहरु पूजा सामग्री लिएर जलासय किनारमा सजाएको छठ घाटमा जान थालेका छन् ।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन ब्रतालुहरु नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर चढाएर प्रसादको ग्रहण ग्रहण गरी खरना गर्दछन् । त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गर्छन् भने चौथो दिन विहान उँदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ । अस्ताउने सूर्यको अर्घ्य दिने मुख्यदिनलाई सौझकारक र उदाउँदो सूर्यलाई अर्घ्य दिने दिनलाई पारन भन्ने गरिन्छ ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाईन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफुल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ । यस पर्वमा प्रायः कृषि उत्पादित वस्तु दिनानाथलाई पूजासामग्रीलाई चढाउने प्रचलन छ ।

अर्घ्य दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । अर्घ्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठाका साथ तयार गरिन्छ । त्यसैले छठलाई निष्ठाको कठोर पर्वको रुपमा मानिन्छ ।
आज साँझ अस्ताउँदो सूर्यदेवलाई अर्घ्य दिन जनकपुरधामको धार्मिक तथा ऐतिहासिक गंगासागर, अंगराज सागर, धनुष सागर, दशरथ तलाउ, गोरधोइ पोखरी लगायतमा बिहानैदेखि श्रद्धालु पूजासामग्री लिएर पुग्न थालेका हुन् । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन जनकपुरका सरोवरहरु नवदुल्ही झै सृंगारिएको छ ।

यस्तै ग्रामिण भेगका पोखरी, तालतलैया, खोलाकिनार लगायत जलासय किनारहरु पनि छठ पर्वका लागि झकिझकाउ बनाइएको छ । ती जलासय किनारमा कतै आज बिहानैदेखि भने कतै दिउँसो वा आज अपराहन्न पूजा सामग्री लग्ने छन् । तलतलैया तथा पोखरी नहुने भेगहरुमा पानीको श्रोत इनारहरुलाई नै सजाइएर छठ पर्व गर्ने गरिन्छ ।

उदाउँसो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री एवं प्रसाद छठ घाटमा समेत वितरण गर्ने प्रचलन छ भने घरमा लगेर प्रसादको रुपमा सबैले ग्रहण गर्दछन् । छठ पर्व नहुनेहरुलाई छठ पर्व गर्नेहरुले निम्ता दिएर, बोलाएर खुवाउनुको साथै घरमा समेत प्रसाद पूर्याइदिने प्रचलन छ ।

छठपर्वमा विभिन्न स्थानमा सांस्कृति कार्यक्रमहरु पनि आयोजन हुने गर्दछ । छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • आज आस्थाको महापर्व छठ मनाइँदै
  • २०८१ कार्तिक २२, बिहीबार १९:३२
  • In "BannerNews"
  • आज महा पर्व छठ धुमधामसंग मनाइँदै, देश भर विशेष तामझाम
  • २०८१ कार्तिक २२, बिहीबार १९:३२
  • In "देश"
  • सप्तरी सहित मिथिलाञ्चलमा छठ पर्वको तेस्रो दिन खरना मनाइँदै
  • २०८१ कार्तिक २२, बिहीबार १९:३२
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

समाजसेवी अशोक खड्काको गरिब र असहाय समुदायप्रतिको समर्पण

सामाजिक न्याय र समानताको पक्षधर : नेता बिनोद साह

शिक्षादेखि स्वावलम्बनसम्मको यात्रा :जसपा नेता यादव

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version