No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

दशैंको छैठौँ दिन आज मधेशमा ‘बेलनौत’ गरिँदै

दशैंको छैठौँ दिन आज मधेशमा ‘बेलनौत’ गरिँदै

रासस-
महोत्तरी, असोज २२ गते । 
मधेसको प्राचीन मिथिला क्षेत्रमा दसैँ पर्वलाई ‘दशहरा’ भनिन्छ । शारदीय नवरात्र पनि भनिने यस पर्वको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ विधि सम्पन्न गरिँदैछ । नवरात्रको छैटौँ दिन अर्थात् षष्ठी तिथिका दिन यो विधिको परम्परा छ । पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी दुर्गाका प्रतिमाका आँखा उघार्ने प्रयोजनका लागि ‘बेलनौत’ विधि आयोजन गरिने पुरानो मैथिल परम्परा हो ।

मिथिला क्षेत्रमा दशहारा (बडादसैँ) पर्वमा माटो मुछेर बनाइएका देवी प्रतिमाका आँखा सप्तमीका दिन खोल्न (उघार्न) बेल (फल)को भेट्नो प्रयोग गरिने परम्परा छ । यसका लागि एक दिनअघि षष्ठी तिथिका दिन मध्याह्नपछि देवी प्रतिमास्थलबाट बाजागाजासाथ बस्ती नजिकको बेलको रुखमा चढेर एउटा बेल फललाई रातो रुमालले बाँध्ने विधिलाई मिथिलामा ‘बेलनौत’ भन्ने गरिन्छ । आज षष्ठीका दिन यही विधि उल्लासमय वातावरणमा सम्पन्न गर्न हिन्दू मैथिलले तयारी गरेका छन् ।

षष्ठीका दिन वैदिक मन्त्रोच्चारणसहित निम्ता गरेर बाँधिएको बेलको फल भेट्नुसहित सप्तमीका दिन बिहानै टिपेर सोही फलको भेट्नुले प्रतिमाको आँखा कोट्याएर उघार्ने गरिन्छ । देवी प्रतिमाको आँखा उघार्न शास्त्रले पवित्र मानेको बेल फलको भेट्नो प्रयोग गर्ने परम्पराअनुसार सो प्रयोजनका लागि बेलको फललाई निम्ता गर्ने भाव यो विधिमा रहेको मैथिल परम्परा र कर्मकाण्डका ज्ञाता बताउँछन् । मिथिलामा आँखा उघारिएपछि प्रतिमा पूर्ण सजीव भएको मानिने बर्दिबास–२ का बासिन्दा मैथिल परम्परा र कर्मकाण्डका ज्ञाता दिनेश झा बताउछन् ।

सप्तमीका दिन एक दिनअघि निम्ता गरिएको बेलको फल भेट्नोसहित टिपेर ल्याई पुरोहित ब्राह्मणले भेट्नोले खोस्रेर प्रतिमाको आँखा उघारिदिएपछि मात्र देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिन्छ । सप्तमीका दिन बिहान एक दिनअघि निम्ता गरिएको बेल टिप्न पनि बाजागाजासाथ पुग्ने चलन छ । बेल टिप्ने यो विधिलाई ‘बेलतोडी’ भनिने गरिएको मैथिल परम्पराका जानकार महोत्तरीको जलेश्वर नगरपालिका–४ सुगाभवानीपट्टीका बासिन्दा पूर्वप्रशासक ८० वर्षीय कृष्णचन्द्र झा बताउछन्।

दशहरा पर्वका अवसरमा मिथिला क्षेत्रका बस्ती–बस्तीमा जसो देवी प्रतिमा बनाइएका छन् । ‘बेलनौत’ विधि सम्पन्न गरिने तयारीमा मिथिलाका बासिन्दा जुटेसँगै पर्वको चहलपहल निकै बढेको छ । पर्वविशेषमा माटो मुछेर बनाइएका प्रतिमाबाहेक अघिदेखि नै काठ वा धातुका देवी प्रतिमाका लागि आँखा उघार्न आवश्यक नभएकाले त्यस्ता प्रतिमास्थलमा ‘बेलनौत’ विधि आवश्यक नरहेको मिथिला संस्कृति परम्पराका ज्ञाता बताउँछन् । यद्यपि यस्ता मन्दिरमा पनि निम्ता गरिएको बेल फल टिपेर ल्याई देवी प्रतिमा नजिक राख्ने चलन छ । पर्व विशेषमा बनाइएका देवी प्रतिमा विजयादशमीका दिन धार्मिक महत्वका नदी वा गहिरो तलाउमा विसर्जन गरिने परम्परा छ । यसलाई मिथिलामा मूर्ति भसाउने भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

Next Post
विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छ: प्रधानमन्त्री

विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्नुपर्छ: प्रधानमन्त्री

जनमतले फुकुवा गर्‍यो ७ जनाको निलम्बन

जनमतले फुकुवा गर्‍यो ७ जनाको निलम्बन

लामो समयदेखि घेरबार गरिएको बाटो खोलाइयो, शुरु गरियो निर्माण कार्य

लामो समयदेखि घेरबार गरिएको बाटो खोलाइयो, शुरु गरियो निर्माण कार्य

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा

सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .