• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

इजरायलमाथि इरानको मिसाइल आक्रमण


इजरायलमाथि इरानको मिसाइल आक्रमण

काठमाडौं। इरानले गए रातिदेखि इजरायलमा आक्रमण शुरु गरेको छ।

गएराति इरानले इजरायलमाथि १८० भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो। तर, अहिलेसम्म यस आक्रमणबाट ठूलो क्षति नभएको दाबी गरिएको छ। मिडिया रिपोर्टका अनुसार यस आक्रमणबाट तेल अभिभमा २ जना सर्वसाधारण घाइते भएका छन्।

यी आक्रमणहरू सम्पूर्ण इजरायलमा ३० मिनेटको लागि गरिएको थियो। यस अवधिमा इजरायलले आफ्ना सबै नागरिकलाई बम सेल्टरमा जान आग्रह गरिएको थियो।

इजरायलको आक्रमणपछि इरानले नसरल्लाहको शहीदको यो पहिलो बदला भएको बताएको छ। इरानले यो सुरुवात मात्र भएको बताएको छ। इजरायलले बेरुतमा हिजबुल्लाहको मुख्यालयमा आक्रमण गरेर हिजबुल्लाह प्रमुख हसन नसरल्लाहलाई मारे पछि यसको बदला स्वरूप आक्रमण गरेको बताएको छ।

इजरायली सेनाका प्रवक्ता ड्यानियल हागारीले यस आक्रमणको परिणाम भोग्नुपर्ने बताएका छन्। उनले इजरायलले आफुहरुसँग इरानविरुद्ध कारवाही गर्ने योजना भएको र सही समय र स्थान तय गरेर कारबाही गर्ने बताएका छन्। अर्कोतर्फ अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इजरायललाई सहयोग गर्ने बताएका छन्।

अर्कोतर्फ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले ठूलो गल्ती गरेको उल्लेख गर्दै उसले यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले उपराष्ट्रपति कमला ह्यारिस र राष्ट्रिय सुरक्षा टोलीसँग भेटवार्ता गरेका छन्। उक्त बैठकमा इरानले इजरायलमाथि गरेको आक्रमणबारे छलफल भएको थियो।

यस हमलाबाट इजरायललाई कसरी बचाउने र इजरायलमा अलपत्र परेका अमेरिकीलाई सहयोग गर्न कस्तो तयारी भइरहेको छ भन्ने विषयमा पनि छलफल भएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन्।

त्यस्तै इरानले इजरायलमाथि गरेको आक्रमणको फ्रान्स, बेलायत, जर्मनी र युरोपियन युनियनले विरोध गरेका छन्।

यसअघि इरानले यसै वर्षको अप्रिलमा इजरायलमा हमला गरेको थियो तर अमेरिका, जोर्डन र अन्य देशको सहयोगमा इजरायलले इरानले प्रहार गरेको सयौं मिसाइल र ड्रोनलाई पूर्णरुपमा असफल बनाएको थियो।

त्यसपछि अमेरिकाले इजरायललाई संयमता अपनाउन भनेको थियो, जसका कारण इजरायलले इरानका केही आणविक केन्द्र नजिकैको हवाई अड्डामा आक्रमण गरे पनि ती केन्द्रहरूलाई निशाना बनाएको थिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • माथि इरानले हानेका मिसाइल उडिरहँदा तल बिहे गर्ने जोडी चर्चामा
  • २०८१ आश्विन १६, बुधबार २१:१६
  • In "BannerNews"
  • इरानले युद्धबिराम भंग गरेको आरोप, इजरायलले तेहरानमा फेरि आक्रमण गर्दै
  • २०८१ आश्विन १६, बुधबार २१:१६
  • In "BannerNews"
  • इजरायल–इरान भीषण द्वन्द्व: खाडीभर मिसाइल वर्षा, नेपालीहरूमा त्रास
  • २०८१ आश्विन १६, बुधबार २१:१६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

Next Post

इरानले इजरायलमा मिसाइल आक्रमण गरेपछि तेलको मूल्यमा उछाल

इजरायलमा हमला गरेपछि इरानी जनता उत्सव मनाउँदै गरेका देखिए

इरानी आक्रमणका बेला अमेरिकाले इजरायललाई कसरी सहयोग गरेको थियो ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version