No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

साइबर अपराध : बढ्दो उजुरी, थोरै जनशक्ति र अधुरो कानुनले अनुसन्धानमा समस्या

साइबर अपराध : बढ्दो उजुरी, थोरै जनशक्ति र अधुरो कानुनले अनुसन्धानमा समस्या

काठमाडौं। अस्मिता गौतम (नाम परिवर्तन) ले टिकटकमा आफू आमा बन्न लागेको संकेत गर्दै आफूलाई धेरै बमिट हुन्छ, तपाईंहरुलाई के के हुन्छ भनेर टिकटक बनाइन्। उनले आमा बन्ने खुशी साट्न सामाजिक सञ्जाल प्रयोग गरेकी थिइन्।  तर उनको पोस्टमा एक जना पुरुषले गरेको अश्लील कमेन्टले उनी स्तब्ध भइन्।

कतिले उनलाई पोस्ट हटाउन सुझाव दिए। तर उनका श्रीमानले अश्लील कमेन्ट गर्ने व्यक्ति उपर साइबर ब्यूरोमा उजुरी दिए। अहिले साइबर ब्यूरोले सो विषयमा अनुसन्धान गरिरहेको छ।

केही दिन अगाडि ऋषभ पौडेल (नाम परिवर्तन) को फेसबुक ह्याक भयो। लामो समयसम्म नचलाएको फेसबुकमा अचानक अश्लील पोस्ट हुन थालेपछि उनले आफ्नो फेसबुक ह्याक भएको थाहा पाए। पछि साइबर व्यूरोमा उजुरी दिएका उनले प्रहरीको सहायताले फेसबुक रिकभर गरे।

पछिल्लो समय फेसबुक ह्याक भएको, फेसकुबमार्फत ठगी गरेको, विभिन्न प्रलोभन देखाएर दुव्र्यवहार गरेकोलगायतका अश्लीलता फैलाएकोसम्मका सयौं मुद्दा लिएर पीडित भोटाहिटीमा रहेको नेपाल प्रहरीको साइबर ब्यूरो पुग्ने गरेका छन्।

साइबर ब्यूरोमा पर्ने उजरीको संख्या बढ्ने क्रममा रहेको साइबर ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थी बताउँछन्। उजुरीको संख्यासँगै समस्याका प्रकृतिहरु समेत फरक फरक हुने गरेको र कतिपय समस्या त विद्यमान कानुनले सम्बोधन गर्नेभन्दा बाहिरका समेत भेटिन थालेको अवस्थी बताउँछन् ।

समाजिक संजालमार्फत दुर्व्यवहार र ठगीको उजुरी बढी

गत वर्ष सामाजिक संजाल खाताहरु ह्याकिङ भएका केस धेरै आएका थिए । यसबाहेक ह्याक गरिएका सामाजिक संजाल खाताबाट पैसा माग्ने, अश्लील पोस्टहरु गर्ने उजुरीहरु पनि आएका छन्।

पछिल्लो समय अनलाइन स्क्यामको समस्या पनि बढेको अवस्थी बताउँछन्  ‘घरमै बसेर पैसा कमाउन सकिन्छ भन्ने प्रलोभन दिने, चिठ्ठा परेको भनेर झुक्याउने लगायतका स्क्यामका उजुरीहरु पनि आइरहेका छन्’ अवस्थी भन्छन् ‘यस्तो प्रलोभन दिनेहरुले त्यसवापत पैसा माग्ने गरेको पनि पाइएको छ।’

अवस्थीका अनुसार प्रलोभनमा पारेर पैसा माग्ने मात्र नभइ साना उमेरका किशोर किशोरीहरुलाई प्रलोभनमा पारेर अपराध नै गरेका घटना पनि छन्। ‘प्रलोभनमा पारेर यौन दुर्व्यवहार गर्नेदेखि अपहरण नै गर्नेसम्मका घटनाहरु पनि भेटिएका छन्’,  उनले भने ‘धेरै केसहरु भने सामाजिक संजाल खाता चोरी गरेर त्यसलाई दुरुपयोग गरेका छन्।’

दीपकराज अवस्थी, प्रवक्ता साइबर ब्यूरो

अवस्थीका अनुसार विद्यमान कानुनमा साइबर अपराधका सम्बन्धमा विस्तृत व्याख्या नभएका कारण मुद्दा चलाउन समेत समस्या भइरहेको छ। प्रहरीले यसप्रकारका धेरै उजुरीहरुमा विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारवाही प्रक्रिया अगाडि बढाउने गरेको छ। तर, अपराधका किसिम फरक फरक हुँदा कानुनको यो एउटा दफाले मात्रै सबैलाई सम्बोधन गर्न नसक्ने अवस्थीको भनाइ छ।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ मा मुख्य गरी कम्प्युटर वा विद्युतीय उपकरण र इन्टरनेटको प्रयोग गरेर कसैप्रति द्वेष घृषा फैलाउन र साम्प्रदायि खलल पुर्‍याउन नपाइने व्यवस्था गरिएको छ।

तर यसमा सबै कुरा स्पष्ट रुपमा व्याख्या नगरिँदा कारवाहीमा समस्या भएको छ। ‘सामाजिक संजाल खाता ह्याक गरेर पहिचान चोरीमात्र गरेको छ भने त्यसलाई अपराध मान्ने कि नमान्ने भन्ने कानुनमा स्पष्ट छैन’ उनले भने। ह्याक मात्र भएको उजुरीमा प्रहरीले खाता रिकभर वा डिलिट गर्नेसम्म सहयोग गर्ने भएपनि तर यसमा संलग्नलाई कारवाही गर्न कठिनाइ भइरहेको छ।

‘सबैलाई एउटै टोकरीमा राखेर काम गर्नुपर्ने हुन्छ’ अवस्थीले भने ‘कानुनी व्यवस्था काम चलाउनलाई मात्रै छ।’  पछिल्लो समय कृत्रिम बुद्धिमता (आर्टिफिसियल इन्टेलिजेन्स) प्रयोग गरेर समेत यस्ता अपराध हुने गरेको बताउँदै अवस्थीले भने, ‘अपराध त अपराध नै हो तर त्यो एआइ अर्थात मेसिनले गरेको छ भने कसरी कारवाही गर्ने ?’

अवस्थीका अनुसार यस प्रकारका अपराधमा बढीमा २ लाख रुपैयाँसम्म जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था भए पनि अहिलेसम्म कसैले पनि अधिकतक सजाय पाएका छैनन् ।

ब्यूरोमा उजुरी पर्ने क्रम भने बढिरहेको छ। आर्थिक वर्ष २०७९-८० मा ब्युरोमा यस प्रकारका ९ हजार १३ उजुरी परेका थिए । अघिल्लो आर्थिक वर्ष २०८०-८१ मा यो संख्या बढेर १९ हजार ७३० उजुरी परेका थिए । चालु आर्थिक वर्षमा भने २ महिना पूरा नहुँदै उजुरीको संख्या ३४ सयजति पुगिसकेको छ ।

उजुरीको चाप बढ्ने तर जनशक्तिको कमीका कारण यस्ता मुद्दाको अनुसन्धानमा समस्या भइरहेको अवस्थी बताउँछन्। ‘अनुसन्धानको काम आउटसोर्सिङ गरेर बाहिर कुनै एजेन्सीलाई दिन पनि नमिल्ने हुँदा पनि समस्या भएको छ’ उनले भने।

पहिले यस प्रकारका उजुरी साइबर ब्युरो भोटाहिटीले मात्रै हेर्ने गरेकोमा मुद्दाको चाप बढ्दै गएपछि अहिले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई उतै उजुरी लिएर जिल्लाकै अदालतबाट मुद्दा किनारा गर्न सक्नेगरी जिम्मेवारी दिइएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
प्रदेश २ को आर्थिक वृद्धिदर ३.५ प्रतिशत

भदौ ३१ गते मधेश प्रदेशमा सार्वजनिक बिदा

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलबाट रिहा

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलबाट रिहा

एमाले साना पार्टी सक्ने खेलमा : माधव नेपाल

एमाले साना पार्टी सक्ने खेलमा : माधव नेपाल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...