• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जनकपुरमा मनोरञ्जन क्षेत्रमा संलग्न व्यक्तिको अधिकारबारे छलफल


जनकपुरमा मनोरञ्जन क्षेत्रमा संलग्न व्यक्तिको अधिकारबारे छलफल

धनुषा । जनकपुरमा बिहीबार मनोरञ्जन क्षेत्रमा संलग्न व्यक्तिहरूको अधिकारबारे स्थानीय तहमा छलफल कार्यक्रम सम्पन्न भएको छ। महिला कानु एवं विकास मञ्च, सिएसी नेपाल, जागृति महिला महासंघ, दिगो सामाजिक विकासका लागि मित्रता, मिनिस्ट्री फेरेगन र यूएन महिलाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सहभागीहरुले विशेषगरी यौन व्यवसायमा संलग्न महिलाहरूको व्यवस्थापन र कानुनी अधिकारको विषयमा विस्तृत छलफल गरे। सहभागीहरूले बाध्यतावश यौन पेशामा लाग्नुपरेका महिलाहरूलाई सीपमूलक तालिम उपलब्ध गराउनुपर्नेमा जोड दिए।
साथै, यौन पेशामा लाग्दा महिलाहरूलाई सुरक्षित राख्ने जनचेतना फैलाउनुपर्ने र जोखिम न्यूनीकरणका उपायहरू अवलम्बन गर्नुपर्ने आवश्यकतामा पनि सहभागीहरुले जोड दिएका छन् ।

विश्वमा यौनकर्मी महिलाहरूको कानुनी व्यवस्थापन र नेपालमा भइरहेको कानुनी अवस्थाको विषयमा अधिवक्ता राजकुमार महासेठले आफ्नो प्रस्तुति दिएका थिए। उनले नेपालमा यौनकर्मी महिलाहरूको कानुनी सुरक्षामा सुधार गर्नुपर्नेमा विशेष जोड दिँदै, वर्तमान कानुनी चुनौतीहरू र विश्वव्यापी अभ्यासबारे पनि उनले प्रस्ट पारेका थिए ।

स्पर्स नेपालका फोकल पर्सन कुल्दीप साहले धनुषा जिल्लामा करिब ९ सयदेखि एक हजार महिला यौनकर्मी रहेको तथ्यंक प्रस्तुत गरे। उनले आफ्नो संस्थाको सम्पर्कमा आएको तथ्यांकको आधारमा यस्ता महिलाहरूको संख्या उल्लेख रहेको बताउँदै उनीहरूको व्यवस्थापन र संरक्षणको लागि दीर्घकालीन समाधान आवश्यक रहेको बताए।

कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, कानुन व्यवसायी, महिला अधिकारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागीता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • महिला श्रमिकका मुद्दामा छलफल, लैंगिक समानता नीतिको कार्यान्वयनमा सरोकारवालाहरूको जोड
  • २०८१ भाद्र २१, शुक्रबार २१:०१
  • In "BannerNews"
  • ग्रामीण महिला किसानहरूको समस्या समाधान गर्न पालिकाको ठोस प्रतिबद्धता
  • २०८१ भाद्र २१, शुक्रबार २१:०१
  • In "BannerNews"
  • नागरिकता संशोधन विधेयक पारित गर्न माग
  • २०८१ भाद्र २१, शुक्रबार २१:०१
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post

संक्रमणकालीन न्यायलाई टुंगोमा लगिन्छ, द्वन्द्वकालीन घटनाको पुनरावृत्ति हुन दिइँदैन : प्रधानमन्त्री ओली

मेयर बालेनका गतिविधिप्रति कांग्रेसको आपत्ति

केन्याको एक विद्यालयमा आगलागी हुँदा १७ विद्यार्थीको मृत्यु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version