• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास भए प्रतिकार गर्ने प्रचण्डको चेतावनी


संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास भए प्रतिकार गर्ने प्रचण्डको चेतावनी

काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास भए सशक्त प्रतिकार गर्ने बताएका छन्।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठकमा उठेका जिज्ञासाको जवाफ दिँदै प्रचण्डले दुई दलीय सरकारले जनविरोधी काम गर्न सुरु गरेको भन्दै संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास भए शसक्त प्रतिकार गर्ने बताएका हुन्।

त्यस्तै उनले वर्तमान सरकारले यसअघि माओवादी नेतृत्वको सरकारले गरेका राम्रा कामलाई उल्टाउने काम गरेको भन्दै सदनमा सशक्त रुपमा आवाज उठाउनुपर्नेमा जोड दिएका थिए।

सदनमा प्रतिपक्षीको भूमिकालाई बलियो बनाउनका लागि अन्य प्रतिपक्षी दलहरुलाई पनि साथमा लिएर अघि बढ्नुपर्नेमा प्रचण्डले जोड दिएको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

त्यस्तै जटिल परिस्थीतिको चुनौती सामना गर्नका लागि पार्टीलाई एकतावद्ध बनाउने निर्णय गरिएको सापकोटाले बताए। उनले प्रधानमन्त्री केपी ओलीले जनयुद्धको भावना बिपरितको अभिव्यक्ति दिएकाले भन्दै यसले समग्र शान्तिप्रक्रियामा असर पार्न सक्ने दाबी गरे।

अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठकमा ४० जनाले धारणा राखेका थिए। आसन्न केन्द्रीय समितिको बैठकको तयारी स्वरुप आयोजना गरिएको कार्यक्रमअन्तर्गत यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा प्रदेश परामर्श बैठक सम्पन्न भइसकेको छ।

अब प्रदेश नम्बर १ र मधेश प्रदेश तथा जेष्ठ कम्युनिष्ट मञ्च र सल्लाहकार समितिको बैठक बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ। प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्ने र सो बैठकमार्फत ठोस निर्णय गरेर संगठन सुदृढीकरण तथा जनपरिचालनका कार्यक्रम तय गर्ने माओवादी केन्द्रको तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सरकारले नियतबस संसद छलेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोज्योः माओवादी
  • २०८१ भाद्र १९, बुधबार १४:५८
  • In "BannerNews"
  • संशोधनका नाममा संविधान खारेज गर्ने प्रयन्त भइरहेको छ : प्रचण्ड
  • २०८१ भाद्र १९, बुधबार १४:५८
  • In "BannerNews"
  • मधेसको समस्या समाधान माओवादीले मात्रै गर्न सक्छ : प्रचण्ड
  • २०८१ भाद्र १९, बुधबार १४:५८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

चिनियाँ इन्टरनेटमा अन्तरजातीय जोडीहरू किन लोकप्रिय

यस्तो पवित्र सहर, जहाँ हजारौँ मानिस मृत्युवरण गर्न जान्छन्

इजरेलमा अमेरिकीहरूको हत्या गरेको भन्दै हमासका ६ नेताविरुद्ध अमेरिकामा मुद्दा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version