• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चिनियाँ इन्टरनेटमा अन्तरजातीय जोडीहरू किन लोकप्रिय


चिनियाँ इन्टरनेटमा अन्तरजातीय जोडीहरू किन लोकप्रिय

‘ब्यूटी ब्लगर’ लाउरा देङले तीन वर्षअघि लन्डनमा नयाँ ब्रिटिश प्रेमीसँग क्रिसमस मनाइरहेका केही तस्बिरहरू इन्स्टाग्रामजस्तै चिनियाँ एप ‘शाउहोङ्शू’मा पोस्ट गरिन्। त्यसमा आएका उत्साहजनक प्रतिक्रियाहरू देखेर उनी चकित परिन्।

त्यस पोस्टमा उक्त जोडीको सेल्फीबाहेक उपहार, क्रिसमस–ट्री र पटकाहरूसहितको टेबल पनि देखिन्थ्यो। त्यस पोस्टलाई देङका ‘फ्याशन’ र ‘मेकअप’सम्बन्धी पोस्टको तुलनामा अधिक रुचाइयो। उनले सयौँ नयाँ ‘फलोअर्स’ कमाइन्।

त्यसयता २९ वर्षीया देङले सामाजिक सञ्जालको खेल बदल्दै आफ्नो सम्बन्ध र आपसी सांस्कृतिक भिन्नताबारे कुरा गर्न थालिन्। त्यसपछि उनलाई पछ्याउनेहरूको सङ्ख्याले हजारबाट एकैचोटि ८० हजार नाघ्यो।

उनी मार्केटिङ क्षेत्रकी पूर्णकालीन जागिरे हुन्। तर धेरै फलोअर भएका कारण उनले कैयौँ विज्ञापनहरू पनि प्राप्त गर्ने गरेकी छन्। त्यसबाट उनले मासिक अतिरिक्त तीन हजारदेखि ७० हजार युआनसम्म (४०० देखि ९,८०० अमेरिकी डलरसम्म) आम्दानी गर्छिन्।

फलोअर्सको सङ्ख्या १० हजार नाघेपछि उनलाई विभिन्न उत्पादनका विज्ञापन निकायहरूले सम्पर्क गर्न थालेका थिए। अहिले चार जना मानिसले उनका निम्ति भिडिओ सम्पादन, प्रचारप्रसार, दर्शक बढाउने रणनीति बनाउने लगायतका काम हेर्छन्।

देङ र उनका प्रेमी चार्ल्स थोमस चिनियाँ इन्टरनेटमा लोकप्रिय हुँदै गएको अन्तरजातीय जोडीको बढ्दो प्रवृत्तिको हिस्सा हुन्। अधिकांश त्यस्ता जोडीको हकमा विदेशी ‘पार्ट्नर’ श्वेत पुरुष हुने गर्छन् भने ती खातालाई पछ्याउने चाहिँ धनीहरू बसोबास गर्ने क्षेत्रका युवतीहरू हुने गर्छन्।

शाङ्घाईकी एक महिला र उनका अमेरिकन पतिले चलाइरहेको ‘टीजे एन्ड क्लेअर’ नामको खातालाई उदाहरणका रूपमा लिन सकिन्छ। टिकटकजस्तै चिनियाँ एप ‘दोयिन’मा यो जोडीलाई ३८ लाखभन्दा धेरै मानिसहरूले पछ्याउँछन्। तथ्याङ्क विश्लेषणसम्बन्धी कम्पनी चान मामाका अनुसार उक्त जोडीलाई पछ्याउनेमध्ये ६० प्रतिशत १८ देखि ३० वर्षसम्मका महिलाहरू छन्।

‘स्वैरकल्पना’ र असन्तुष्टि

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,धेरै युवतीहरूले एउटा मात्रै बच्चा जन्माउन वा बच्चा नै जन्माउन नचाहेकाले चीनको जनसङ्ख्यामा गिरावट आएको छ

गत मे महिनामा देङले थोमससँग ‘इन्गेज्मन्ट’को घोषणा गरिन्। उनका प्रशंसकहरूले हार्दिकतापूर्वक बधाई दिए। “मैले तपाईँका पोस्टहरू लामो समयदेखि हेर्दै आएको छु। अन्तत: हामी महान् दिनको साक्षी हुन पाउने भएका छौँ,” एक जनाले लेखेका छन्।

“अन्तरजातीय जोडीको रुमानी सम्बन्धलाई सामाजिक सञ्जालमा हेर्नु भनेको धेरै युवतीहरूका निम्ति ‘मायाप्रेमसम्बन्धी डिजिटल उपन्यास’ पढेजस्तै हो। यसले उनीहरूको विवाहसम्बन्धी सपनामा प्राण भर्छ र उनीहरू वास्तविकताप्रति बेखुसी छन् भन्ने पनि दर्साउँछ,” वेस्ट टेक्सस ए एन्ड एम विश्वविद्यालयका मिडिया अध्ययन विषयका सोधकर्ता ली चेन भन्छन्।

चीनमा पितृसत्ता यथावत् छ। महिलाहरूले केटाकेटीको रेखदेखलगायत घरको काम गरून् भन्ने अपेक्षा गरिन्छ। कार्यस्थलमा भेदभाव कायमै छ र ‘मी टू’ अभियानपछि पनि कानुनमा कुनै फेरबदल गरिएको छैन।

प्रजनन दर घट्दै गएकाले राज्यले उनीहरूलाई विवाह गर्न र सन्तान जन्माउन दबाव दिँदै आए पनि धेरै चिनियाँ युवतीहरू परम्परागत लैङ्गिक भूमिकाबाट टाढिइरहेका छन्। सन् २०२३ मा चीनको जनसङ्ख्या १ अर्ब ४० करोड ९० लाखमा झर्‍यो, जुन अघिल्लो वर्षको तुलनामा २८ लाखले कम हो।

धेरै फलोअरहरूले पश्चिमा पार्ट्नरसँगको सम्बन्ध अधिक समानतापूर्ण हुने अनुमान गर्छन्, भलै वास्तवमै त्यस्तो हुन्छ भन्ने सुनिश्चितता छैन।

“पश्चिमका पुरुषहरूले सामान्यतया: चिनियाँ पुरुषहरूले भन्दा पारिवारिक हेरचाहलाई प्राथमिकता दिन्छन्,” देङका एकजना फलोअर प्रशंसा गर्दै लेख्छन्।

नेदरल्यान्ड्सको क्रोनियेन विश्वविद्यालमा मिडिया अध्ययन विषयकी सहायक प्राध्यापक कियान ह्वाङ चीनका विशेष गरी मध्यम र उच्च आय भएका वर्गमा नारीवादी झुकाव बढ्दै गएको सङ्केत देखिएको कुरामा सहमत छिन्। अझै उनी ‘सिङ्गलडम’ अर्थात् बिहे नगर्ने वा लामो सम्बन्धमा नबस्ने कुराको प्रचार गर्नेहरू पनि लोकप्रिय हुँदै गएको देख्छिन्।

चिनियाँहरूका निम्ति ‘गर्वको विषय’

तस्बिर स्रोत,Laura Deng

तस्बिरको क्याप्शन,परम्परागत चिनियाँ परिधान पहिरिएका विदेशी पार्ट्नरसम्बन्धी सामग्री चिनियाँ इन्टरनेटमा लोकप्रिय छ

धेरैजसो अन्तरजातीय जोडीले हाल्ने भिडिओहरूमा पश्चिमा पुरुषले चिनियाँ खाना खाएको, म्यान्डरिन गीत गाएको, चीनका प्रसिद्ध पर्यटकीय स्थल घुमेको अथवा उन्नत चिनियाँ प्रविधि प्रयोग गरेको जस्ता सामग्रीहरू समेटिएका हुन्छन्।

पारम्पारिक चिनियाँ लुगामा यूकेको लेस्टर स्क्वेअर घुमिरहेका थोमसको भिडिओ देङको ‘शाउहोङ्शू’ खातामा हालिएकोमध्ये धेरै चलेको भिडिओ हो।

उक्त सामग्री बेइजिङ–समर्थक विदेशी भ्लगरहरूले चीनमा आफ्नो दैनिकीको वर्णन गर्दै तयार पार्ने भिडिओसँग मिल्दोजुल्दो हुन सक्छ। यस्ता भिडिओले सिन्जियाङजस्ता अत्यधिक विवादास्पद मुद्दाहरूमा चिनियाँ सरकारको अडानलाई समर्थन गर्छन्। यद्यपि प्रभावशाली अन्तरजातीय जोडीहरूले राजनीतिक विषयलाई विरलै छुने गर्छन्।

एक दशकदेखि बेलायतमा बस्दै आएकी देङ आफ्नो पार्ट्नर, उनका परिवार र आफ्नो संस्कृतिको परिचय दिनुलाई स्वाभाविक ठान्छिन्। “म उनीहरूलाई चीनका उत्कृष्ट भागहरू देखाउन उत्सुक छु,” चीनबारे पश्चिमका मानिसहरूको धारणा नकारात्मक मिडिया विवरणमा आधारित भएको बताउँदै उनी भन्छिन्।

उनी उनका पार्ट्नरका बुबाआमा पहिलो चीन भ्रमणका क्रममा कति प्रभावित भएका थिए भन्ने स्मरण गर्छिन्। “उनीहरूले भने– यहाँका कतिपय कुराहरू यूकेका भन्दा पनि राम्रा छन्।”

डाक्टर ह्वाङ यसलाई “सांस्कृतिक राष्ट्रवाद” का रूपमा अर्थ्याउँछन्। उनका अनुसार “पश्चिमी प्रभुत्वयुक्त” संसारमा चिनियाँ संस्कृति “छाया”मा परेकोमा मानिसहरू आक्रोशित छन्। उदाहरणका निम्ति फ्रान्सको लक्जरी ब्र्यान्ड ‘क्रिश्चिअन डिओर’ले सन् २०२२ मा घोडाको अनुहारजस्तो स्कर्ट बनाएर चिनियाँ इन्टरनेट प्रयोगकर्ताहरूलाई निराश बनायो किनकि यो पोसाकको जरो प्राचीन सङ वंशसँग जोडिन्थ्यो।

राष्ट्रवाद अर्थात् दुईधारे तरबार

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,चीनमा परम्परागत पहिरन पुन: लोकप्रिय हुन थालेको छ

चिनियाँ इन्टरनेटमा गहिरो सरकारी नियन्त्रण छ। यसको अर्थ इन्टरनेटका लोकप्रिय अन्तरजातीय जोडीहरू “सरकारी अजेन्डासँग मिलेका” देखिने डाक्टर चेन बताउँछन्। “सामाजिक सञ्जालका ती प्रभावशाली जोडीहरू राष्ट्रवादको विषयबाट प्रेरित नहोलान्, तर उनीहरूले त्यसबाट फाइदा लिन सक्छन्।”

तर राष्ट्रवाद भन्ने कुरा दुईधारे तरबारजस्तो हुन सक्छ।

वेन्डी नामकी थर खुलाउन नचाहने एक महिला अहिले आफ्नो फ्रान्सेली पार्ट्नरका साथमा युरोपमा बस्छिन्। उनीहरूको ‘इन्गेज्मन्ट’ भइसकेको छ। उनले “अन्तरजातीय जोडी” वा “अन्तरसांस्कृतिक जोडी”जस्ता ह्याश्ट्यागहरू प्रयोग नगर्दै पनि ‘शाउहोङ्शू’मा उनलाई पछ्याउनेको सङ्ख्या झन्डै २० हजार पुगेको छ। वेन्डीका अन्य भिडिओको तुलनामा उनका पार्ट्नर देखिएको भिडिओमा फलोअरहरू अधिक आकर्षित भएको देखिन्छ।

सँगसँगै उनको पोस्टमा जातिवादी र घृणा फैलाउने प्रतिक्रियाहरू पनि आइराखेका हुन्छ्न, जसमा उनलाई “पश्चिमाकी पुजारी”देखि जासुससम्म भनिएको हुन्छ। त्यस्ता प्रहारका कारण उनले तीनपटक त आफ्नो खाता नै बन्द गरेकी छन्।

अठ्ठाईस वर्षीय वेन्डीलाई विभिन्न ब्र्यान्डहरूबाट सहकार्यको प्रस्ताव पनि आउने गरेको छ। तर उनलाई त्यस्ता ‘एकनासे र अवास्तविक’ विज्ञापनका विषयसँग झिँजो लाग्छ। “उनीहरू आफ्ना उत्पादनलाई सकेसम्म रुमानी तरिकाले प्रस्तुत गरेको देख्न चाहन्छन्।”

“त्यस्ता सामग्रीले सामाजिक सञ्जालमा भिडिओ हाल्नुपछाडिको मेरो मूल नियतलाई चुनौती दिन्छन् र मेरो हुनेवाला पतिसँगको सम्बन्धलाई पनि तनावपूर्ण बनाइदिन्छन्,” उनी भन्छिन्। त्यसैले यो वर्षदेखि उनले सबै विज्ञापनसम्बन्धी सम्झौता अस्वीकार गर्न थालेकी छन्।

“म आफैँप्रति इमान्दार रहन चाहन्छु र राम्रा क्षणहरूलाई समेट्न चाहन्छु।”

देङमाथि भने आत्मप्रचारका निम्ति राष्ट्रवादी भावनाको उपयोग गरेको आरोप छ। तर उनी आफूले राजनीति नबुझ्ने र आफ्ना सामग्रीहरू निजी अनुभव र भावनामा आधारित रहेकोमा जोड दिन्छिन्।

उनी भन्छिन्, “मानिसहरू चिनियाँहरूले अरूसामु आफ्नो संस्कृतिलाई गर्वसाथ प्रस्तुत गरेको हेर्न रुचाउँछन्। सरकारी नीतिलाई प्रतिध्वनित गरेको भन्ने विषयमा कसले के भन्छ भन्ने कुरासँग मलाई मलतब छैन। पोस्ट गर्न मजा आउन्जेल म यसलाई निरन्तरता दिइरहन्छु।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जर्मनी चाडबाडको बीचमा लकडाउन गर्न बाध्य, क्रिसमसको सपिङ गर्न उर्लियो भीड
  • २०८१ भाद्र १९, बुधबार १५:०८
  • In "अन्तराष्ट्रिय"
  • काठमाडौंसहित आज देशभर क्रिसमस डे मनाइँदै
  • २०८१ भाद्र १९, बुधबार १५:०८
  • In "देश"
  • चीनमा कोभिड : विश्वकै ठूलो आइफोन प्लान्ट बन्द
  • २०८१ भाद्र १९, बुधबार १५:०८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

Next Post

यस्तो पवित्र सहर, जहाँ हजारौँ मानिस मृत्युवरण गर्न जान्छन्

इजरेलमा अमेरिकीहरूको हत्या गरेको भन्दै हमासका ६ नेताविरुद्ध अमेरिकामा मुद्दा

उच्च विद्युत् चुहावट हुनेमा मधेस प्रदेश दोस्रो स्थानमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version