No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

महिनौ देखी सिडिओ कार्यालय दौडधुप गरेपनि बनेन नागरिकता प्रतिलिपी

महिनौ देखी सिडिओ कार्यालय दौडधुप गरेपनि बनेन नागरिकता प्रतिलिपी

धनुषा । हेर्ने कथा मार्फत भोजपुरका प्रकाश तामाङको ३५ वर्षपछिको पारिवारिक मिलन चर्चाको उच्च शीखरमा छ । प्रधानमन्त्रीको ध्यानआकृष्ट हुँदा उनको निर्देशनमा प्रकाशले केहीदिन भित्रै घरमै नागरिकता पाए । तर राज्यकै संयन्त्रकै ढिलासुस्ती, जालझेल र बेवास्ताले नागरिकता मात्र होइन प्रतिलिपी लिन पनि कति झण्झिटिलो र पीडादायी छ भन्ने बुझ्न धनुषाकी आशा देवी मण्डलको कथा प्रयाप्त छ ।

एकवर्षदेखि जिल्ला प्रशासन कार्यालय धनुषाको चक्कर लगाउनु बटेश्वर गाउँपालिका १ धुमासनकी आशा देवी मण्डलको नियति बनेको छ । गत बुधबार अन्यदिन जस्तै पति रामदेव मण्डलसँगै सिडिओ कार्यालय धनुषा पुगेकी थिइन् आशा । तर वर्षदिनमा त्यो दिन जस्तो निराशा उनलाई कहिल्यै हुनु परेको थिएन । कारण हो, कार्यालयमा प्रतिलिपी लिन पेश गरेको उनको फाइल अब नभेट्ने कर्मचारीबाट थाहा पाउनु ।

‘तपाइले पेश गरेको कागजात धेरै खोजियो । तर कार्यालयमा कतै भेटिएन । अब फेरि वडाको सिफारिस र अनुसूचित भरेर ल्याउनुपर्छ । अनि मात्रै बन्छ’ नयाँपूराना नागरिकता फाँटका अधिकृत अनिल यादवले आशालाई सम्झाउँदै भने ।
आशाले प्रश्न भावमा भनिन् ‘कत हरागेल हमर फाइल सर, आब कतेक दिन आब परतै, कहिया भेटतै हमर नागारिकता ?’ आशा निरक्षर र सोझी छन् । राम्ररी बोल्न पनि सक्दिनन् ।
हुन त आशाको फाइल त्यसअघि नै हराएको थियो । तर प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले दुई महिना अघि उनको फाइल खोज्न कर्मचारीलाई निर्देशन दिएका थिए । फाइल खोज्ने जिम्मा पाएका अधिकृत यादवले भदौ पहिलो साता आए खोजेर बनाइदिन सकिने आश्वासन दिएका थिए ।

दलित समुदायका अत्यन्त विपन्न एवं लाचार मण्डल दम्पति निरक्षर र सोझा छन् । जनमजदुरी गरेर जेनतेन जिवीकोपार्जन गर्ने मण्डल दम्पतिलाई नागरिकताको प्रतिलिपी लिन जस्तो गाह्रो केही लागेको छैन । प्रतिलिपी लिनुपर्ने कारण हो २० वर्षीय छोरा राहुलको नागरिकता बनउनु पर्ने बाध्यता ।

छोरा राहुलको नागरिकता बनाउन वडाबाट सिफारिस, अनुसूचिसहितको कागजात रामदेवले २०८० को साउन तेस्रो साता जिल्ला प्रशासन कार्यालय पुगेका थिए । तर राहुलको आमा आशाको सक्कली नागरिकता केरमेट देखियो । कर्मचारीले पहिले आमा आशादेवीको प्रतिलिपी लिएर आए मात्र छोराको नागरिकता प्रक्रिया अघि बढाउने भन्दै फर्काए ।

छोरा राहुलको नागरिकता बनाउने काम थाँति राखेर रामदेव श्रीमती आशाको नागरिकताको प्रतिलिपी लिने प्रक्रियामा लागे ।

‘छोराको नागरिकता बनाउन आउँदा पोहोर कर्मचारीले भन्यो आमाको नागरिकता केरमेट छ । यसले काम हुँदैन । अर्को प्रतिलिपी लिएर आउनु भनेपछि श्रीमतीको नागरिकता बनाउनतिर लागे’ रामदेव भन्छन् ।

वडाबाट सिफारिस गराएर अनुसूचिसहित कागजात जिल्ला प्रशासन कार्यालय धनुषामा भदौमा पेश गरे । असोजमा बल्ला आशाको नागरिकता बन्ने काम अन्तिम अवस्थामा पुग्यो । आशाको औँठा छाप र तस्बीर लियो । भोलि आएर नागरिकता लिएर जानु भन्दै कर्मचारीले फर्काए । भोलिपल्ट रामदेव श्रीमती आशलाई लिएर पुगे । झ्यालबाट कर्मचारीलाई गुहार्न थाले । कर्मचारीले फाइल नभेटेको सुनाउँदै भोलि आउन भन्दै फर्काए । यो क्रम महिनौसम्म चल्यो ।

मजदुरी र सरसापट गरी रामदेव र आशा निरन्तर बस चढेर २५ किलोमिटर पर जिल्ला प्रशासन कार्यालय चहार्न थाले । दम्पति अउने र फर्किने क्रम चलिरह्यो ।
‘हामी गरिब सोझो मान्छे । जनमजदुरी सरसापट गरेर निरन्तर श्रीमतीलाई लिएर आउन थाले । जहिले आउँथे, कर्मचारीले खोजेर राख्छु अर्को दिन आउनु भनेर फर्काउँथे ।अहिलेसम्म यसरी नै दौडधुप गरिरहेको छु’ रामदेव पीर पोख्छन् ‘अब कर्मचारी भन्छन् फाइल भेट्दैन । फेरि वडा सिफारिस गरेर कागज ल्याउनुस् । सिफारिस गराउन, आउन जान पैसा लाग्छ । म गरिब मान्छे पीडित भइसकेको छु ।’

प्रशासन कार्यालयमा आशा देवीको फाइल भेटिएन । तर त्यस अभिलेख फाँटको अभिलेख फाइलमा उनको नागरिकतासम्म बनिसकेको कार्ड भेटिएको छ । जसमा फोटो उप्काइएको छ भने रातो कलमले काटेको छ ।

प्रजिअ कडरियाले अब पुनः प्रतिलिपी लिनुपर्ने प्रक्रिया अघि बढाउनु पर्ने बताए ।

कागजातलाई जतनसाथ नराख्दा दम्पतिको नागरिकता नबुझ्ने अवस्थामा पुगिसकेको छ । त्यसैले अब रामदेव आफ्नो पनि नागरिकताको प्रतिलिपी लिन दुईसाता अघि कागजात पेश गरेका थिए । तर जिल्ला प्रशासन कार्यालयमा अभिलेख र सम्पूर्ण कागजात हुँदाहुँदै कर्मचारीले प्रतिलिपी लिन पनि प्रहरी सर्जिमिन मुचुल्का ल्याउन लेखिदियो । उनी मुचुल्का बनाउन प्रहरी कार्यालय धाउँदै छन् । र श्रीमती पुनः नागरिकता प्रतिलिपीको कागजात तयार गर्न वडा कार्यालय ।

एक अधिकृतका अनुसार प्रतिलिपी लिन प्रहरी सर्जिमिन मुचुल्का आवश्यक पर्दैन । तर सबै कागजात हुँदाहुँदै पनि काम टार्न प्रहरी सर्जिमिन मुचुल्का लेखिदिने गर्छन् । यसले सेवाग्राहीहरु अनावश्यक सास्ती पाउने गरेको ती अधिकृतको भनाइ छ ।
नागरिकता प्रतिलिपी लिन प्रशासनिक ढिलासुस्तीको चक्रमा फसेका मण्डल दम्पति उदाहरण मात्र हुन् । धनुषासहित मधेशका जिल्लामा नागरिकता र प्रतिलिपी लिन सास्ती खेप्नु पर्ने बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

युक्रेन युद्धपछिको पुटिनको पहिलो विदेश यात्रा भारतमै

युक्रेन युद्धपछिको पुटिनको पहिलो विदेश यात्रा भारतमै

मोदी–पुटिन भेटमा भारतको शान्ति आग्रह

मोदी–पुटिन भेटमा भारतको शान्ति आग्रह

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की

तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की

नेटो महासचिव भन्छन्- ट्रम्पले मात्र रुस-युक्रेन गतिरोध अन्त्य गर्न सक्छन्

नेटो महासचिव भन्छन्- ट्रम्पले मात्र रुस-युक्रेन गतिरोध अन्त्य गर्न सक्छन्

Next Post
जर्मनीको एक क्षेत्रमा दक्षिणपन्थी पार्टीको ऐतिहासिक जित

जर्मनीको एक क्षेत्रमा दक्षिणपन्थी पार्टीको ऐतिहासिक जित

शेख हसिनाविरुद्ध हत्याका दुई नयाँ मुद्दा दर्ता, अहिलेसम्म ८४ वटा मुद्दामा एफआईआर

शेख हसिनाविरुद्ध हत्याका दुई नयाँ मुद्दा दर्ता, अहिलेसम्म ८४ वटा मुद्दामा एफआईआर

फोनिज गण्डकीको मैत्रीपूर्ण खेलः सहयोगीप्रति आभार प्रकट

फोनिज गण्डकीको मैत्रीपूर्ण खेलः सहयोगीप्रति आभार प्रकट

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

युक्रेन युद्धपछिको पुटिनको पहिलो विदेश यात्रा भारतमै

युक्रेन युद्धपछिको पुटिनको पहिलो विदेश यात्रा भारतमै

मोदी–पुटिन भेटमा भारतको शान्ति आग्रह

मोदी–पुटिन भेटमा भारतको शान्ति आग्रह

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की

तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की

नेटो महासचिव भन्छन्- ट्रम्पले मात्र रुस-युक्रेन गतिरोध अन्त्य गर्न सक्छन्

नेटो महासचिव भन्छन्- ट्रम्पले मात्र रुस-युक्रेन गतिरोध अन्त्य गर्न सक्छन्

प्यालेस्टिनीहरूलाई गाजा छोड्नका लागि रफाह क्रसिङ चाँडै खोलिने

प्यालेस्टिनीहरूलाई गाजा छोड्नका लागि रफाह क्रसिङ चाँडै खोलिने

चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि

चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि

सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन

सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन

रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...