• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता राखेको छु : मन्त्री चौधरी


खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता राखेको छु : मन्त्री चौधरी

संजय विश्वकर्मा
लहान १८, भदौं । नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमितिको आयोजनामा सोमवार लहान नगरपालिकामा संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई भव्यरुपमा स्वागत तथा सम्मान गरेका छन् । लहान नगरपालिकाका नगर प्रमुख तथा नेपाली काङ्ग्रेस सिरहा क्षेत्र नम्बर – १ का क्षेत्रीय सभापति महेश प्रसाद चौधरीको सभा अध्यक्षतामा औपचारिक कार्यक्रमको आयोजनागरी मन्त्री चौधरीलाई भब्य रुपमा स्वागत तथा सम्मान गरेका हुन् ।
कार्यक्रममा उपस्थित सिरहा, सप्तरी जिल्लाका पार्टीका नेता तथा कार्यकर्ताहरुले मन्त्रीलाई लहानमा क्रिकेट र फुटवलको स्टेडियम बनाउन पहल गर्नुपर्ने प्रस्ताव राखेका थिए । लहानमा स्टेडियम बनेमा बाहिरका खेलप्रेमी पर्यटकहरु भित्रिएआर्थिक हिसावले सवल हुने भन्दै मधेश प्रदेशमा प्रायः खेलिने खेलहरु कुस्ती, कब्बडी खेललाई प्राथमिकतामा राखि काम गर्नुपर्ने सुझाव दिएका थिए ।

मन्त्री चौधरीले आफु खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता रखिने बताउनुभएको छ । विश्वका अन्य देशहरूले खेल क्षेत्रलाई उच्च महत्तव् दिँदा नेपालले भने अझै खेल क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको जिकिर गर्नुभयो ।
उहाँले खेलाडीहरूलाई खेल क्षेत्रमा टिकाइरहन र अझ प्रतिस्पर्धा बढाउन राज्यले नीतिगत र व्यवहारिक रूपमा सहजता प्रदान गर्नुपर्ने बताउनु भयो । उहाँले खेलाडी र निजका सन्ततिका लागि राज्यबाट सेवा सुविधा उपलब्ध गराउन प्रयास जारी रहेको पनि जानकारी दिनुभयो । खेलाडीहरुलाई खेलकुदमा टिकाई राख्न मधेश प्रदेश सरकारलाई आफु मन्त्री बन्ने बित्तिकै खेलकुद सम्बन्धी ऐन ल्याउन पहल गरेको र छिट्टै सो ऐन ल्याउने तयारी भैरहेको खुलासा गरे ।

‘विश्वका मुलुकहरूले खेलकुद क्षेत्रको विकास, ठुलो लगानी गरी उच्च प्राथमिकता दिँदै गर्दा नेपाल खेलकुद क्षेत्रमा अझै प्राथमिकता पाउन नसकेको यथार्थ छ । खेलकुदलाई कहिले पनि प्राथमिकता दिइरहेको छैन । त्यसैले खेलाडीहरूलाई खेल क्षेत्रमा टिकाइरहन र अझ प्रतिस्पर्धा बढाउन राज्यको तर्फबाट नीतिगत र व्यवहारगत रूपमा लाग्नुपर्छ ।,’ मन्त्री चौधरीले भन्नुभयो, ‘खेलाडी र निजका सन्ततिका लागि राज्यबाट सेवा सुविधा उपलब्ध गराउन विभागीय मन्त्रीको हैसियतले मैले इमान्दारीता पूर्वक प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

कार्यक्रममा जिल्ला सभापति रामचन्द्र यादव, सुरुङ्गा नगरपालिकाका नगर प्रमुख गिता चौधरी, लक्ष्मिपुर पत्तारी गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुर, नगर सभापति संजय यादव, नेविसंघका जिल्ला अध्यक्ष पप्पु यादवनेपाली काङ्ग्रेस महासमिति सदस्य , प्रदेश समित सदस्य, विभिन्न वडाका वडा अध्यक्ष लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेका थिए ।

यस्तो छ मन्त्री चौधरीको खेलकुद प्रतिको क्रेज र राजनीति ईतिहास

पूर्व खेलाडी तेजुलाल चौधरी (टीएल चौधरी) नेपाली कांग्रेसका तर्फबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री नियुक्त भएका हुन् । उनी भलिबल र एथलेटिक्समा वीरेन्द्रशिल्डका विजेता हुन् । उनी २०३५ सालमै भलिबलका राष्ट्रिय खेलाडी बनेका थिए । साथै खेल संघमा पनि उनी रहे । २०६२ सालमा उनी जिल्ला एथलेटिक्स संघ ललितपुरको सदस्य भएका थिए ।

उनी राजनीति र शिक्षा क्षेत्रमा उत्तिकै अग्रसर भएका छन् । २०७४ सालमा उनी युवा तथा खेलकुद मन्त्रालयमा खेलकुद राज्य मन्त्री बनेका थिए । स्नातकोत्तर गरेका उनी नाइटिङ्गेल इन्टरनेशनल सेकेन्डरी स्कूलका संस्थापक हुन् । २०३७ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर नेविसंघको राजनीति थालेका उनी २०५२ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्य भए । २०६४ सालदेखि उनी कांग्रेसको महासमिति सदस्य रहेका छन् ।

२०७० सालमा संविधान सभाका सदस्यका रुपमा सप्तरी क्षेत्र नं. ५ बाट प्रत्यक्ष निर्वाचित उनी ०७४ साल भदौ ६ गते युवा तथा खेलकुद मन्त्रालयमा खेलकुद राज्य मन्त्री नियुक्त भएका थिए ।२०७४ सालको प्रतिनिधि सभाको चुनावमा सप्तरी जिल्ला क्षेत्र नं. ४ बाट प्रत्यक्ष निर्वाचित उनी २०७९ सालको प्रतिनिधि सभाको चुनावमा सप्तरी जिल्ला क्षेत्र नं. ४ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

तस्वीर:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मन्त्री चौधरीलाई जन्मस्थल महोत्तरीको मटिहानीमा भव्य स्वागत
  • २०८१ भाद्र १८, मंगलवार १२:१२
  • In "देश"
  • जनमतको लालकिला बन्दै लहान २४ विभिन्न पार्टी प्रतियाग गरी जनमतमा प्रवेशको लहर
  • २०८१ भाद्र १८, मंगलवार १२:१२
  • In "मुख्य समाचार"
  • उर्जा मन्त्री घिसिङ र खेलकुद मन्त्री गुप्ताद्वारा निर्माणाधीन रंगशालाको निरीक्षण
  • २०८१ भाद्र १८, मंगलवार १२:१२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

Next Post

महिनौ देखी सिडिओ कार्यालय दौडधुप गरेपनि बनेन नागरिकता प्रतिलिपी

जर्मनीको एक क्षेत्रमा दक्षिणपन्थी पार्टीको ऐतिहासिक जित

शेख हसिनाविरुद्ध हत्याका दुई नयाँ मुद्दा दर्ता, अहिलेसम्म ८४ वटा मुद्दामा एफआईआर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version