• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

‘बर्थिङ सेन्टर’ भवन चार वर्षदेखि अलपत्र


‘बर्थिङ सेन्टर’ भवन चार वर्षदेखि अलपत्र

धनुषा । धनुषाको बटेश्वर गाउँपालिकाको निर्माणाधीन प्रसूति भवन (बर्थिङ् सेन्टर) चार वर्षदेखि अलपत्र परेको छ । २०७६ साल जेठमा तत्कालीन पालिका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्रीको पालामा सुरु भएको यो भवन एक वर्षमै सम्पन्न हुनुपर्ने थियो, अझै अपूरो अवस्थामा छ ।

काठमाडौंको आकृति निर्माण सेवाले एक करोड ६ लाख १४ हजार २५५ रुपैयाँ ९३ पैसामा यो भवन निर्माणको ठेक्का पाएको थियो । पालिकासँग २०७६ साल जेठ ५ मा सम्झौता भएपछि निर्माणको काम सुरु भएको थियो । निर्माण कम्पनीले २०७७ साल जेठसम्म दुई किस्तामा ४८ लाख ८३ हजार ४४८ रुपैयाँ भुक्तानी पाइसकेको छ । त्यस यता इँटाले भित्ताको काम भयो । त्यसपछि भवन निर्माण अलपत्र छ ।

निर्माण अलपत्र हुनुको कारण हो कर्मचारीले सो योजनाको फाइलमा हात हाल्न नचाहनु । गाउँपालिकाका इन्जिनियर जितेन्द्र यादवका अनुसार, भवनको निर्माण प्रक्रिया इस्टिमेटभन्दा बाहिर गइसकेको छ । तत्कालीन अध्यक्ष क्षेत्रीको मौखिक आदेशमा इस्टिमेट भन्दा बाहिर गएर निर्माण कम्पनीले १८ लाखभन्दा बढीको इँटाको भित्ता थपेको छ । जसको भुक्तानी बाँकी छ । इस्टिमेट भन्दा बाहिरको काम भएकाले त्यसको भेरियेसन आदेश बनाउनु पर्छ ।

“इस्टिमेटबाहिरको काम हुँदा भेरियेसन आदेश चाहिन्छ । तर जोखिम मान्दै कुनै पनि प्रमुख प्रशासकीय अधिकृतले आदेश जारी गर्न चाहनुभएको छैन,” इन्जिनियर यादवले भने ।

२०७९ मा निर्वाचित भएका हालका अध्यक्ष रामअशिष महतोले पनि भवनप्रति चासो दिएका छैनन् । उनका अनुसार, इस्टिमेटभन्दा बाहिरको कामको डरले कुनै पनि कर्मचारीले फाइल छुन मानेका छैन । “अब साधारणसभामा छलफल गरेर भवनलाई पूर्णता दिने निर्णय गर्छौं” अध्यक्ष महतोले भने ।

निर्माण कम्पनीका संचालक रामकृपाल महतो पालिकाले बजेट छुट्याउन छाडेकापछि भवन निर्माणको काम अलपत्र परेको बताउँछन् । “एक करोड रुपैयाँ बजेट छुट्याइयो भने भवन पूर्णता पाउँछ,“ उनले भने “बजेट विनियोजन गर्न पटक पटक जनप्रतिनिधिलाई आग्रह गर्दा कसैले वास्ता गर्नु भएन”
प्रसूति भवन नबन्दा गाउँपालिकाका महिलाहरूलाई चेकजाँच र प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता यथावत् छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नवनिर्मित प्रशासनिक भवन चुहिन थाल्यो, मर्मत गरिँदै
  • २०८१ भाद्र १६, आईतवार २१:५९
  • In "BannerNews"
  • रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र
  • २०८१ भाद्र १६, आईतवार २१:५९
  • In "BannerNews"
  • १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुलको ठेक्का तोडियो
  • २०८१ भाद्र १६, आईतवार २१:५९
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

सामुदायिक विद्यालय : कक्षा ८ का विद्यार्थीलाई नेपाली पढ्न आउँदैन

मन्त्री मनाङेको राजीनामा स्वीकृत

कमला नदीमा पुल नबन्दा वारपार गर्न डुंगा नै साहरा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version