No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रविधि उद्योगमा ८ महिनामै एक लाख ३६ हजार बढी कर्मचारी जागिरबाट निकालिए

प्रविधि उद्योगमा ८ महिनामै एक लाख ३६ हजार बढी कर्मचारी जागिरबाट निकालिए

काठमाडौं । प्रविधि उद्योगमा कर्मचारी कटौतीको लहर सन् २०२४ मा पनि रोकिएको छैन । २०२२ र २०२३ मा धेरै प्रविधि कम्पनीहरूले कर्मचारी कटौती गरेका थिए । यो वर्ष पनि ठूला तथा साना कम्पनीहरूले कर्मचारीहरू निकाल्ने क्रम जारी छ । लेअफ्स डट एफवाईआई (layoffs.fyi) का अनुसार २०२४ को अगस्ट महिनासम्म ४२२ प्रविधि कम्पनीहरूले एक लाख ३६ हजार ७८२ कर्मचारीलाई कामबाट निकालिसकेका छन् ।

कोभिड महामारीको समयमा सञ्चालनमा आएको यस वेबसाइटले विश्वभरि हुने प्रविधि क्षेत्रका कर्मचारी कटौतीहरूको रेकर्ड राख्दै आएको छ । वेबसाइटमा दिइएको तथ्यांक अनुसार सन् २०२३ मात्रै एक हजार १९३ प्रविधि कम्पनीहरूले दुई लाख ६४ हजार २२८ कर्मचारीहरूलाई निकालेका थिए ।

रोजगारी कटौतीको यो प्रवृत्ति स्टार्टअपदेखि ‍स्थापित कम्पनीहरूसम्मै देखिन्छ । जसले प्रविधि क्षेत्रमा आर्थिक चुनौतीको गम्भीर अवस्थालाई उजागर गरेको विश्लेषण भइरहेको छ । एप्पल, माइक्रोसफ्ट, गुगल जस्ता ठूला कम्पनीले पनि कर्मचारी कटौती जारी राखेका छन् । साथै अझै कर्मचारी कटौती गर्ने उनीहरूको योजना छ ।

एप्पलले डिजिटल सेवा क्षेत्रमा काम गर्ने करिब १०० कर्मचारीलाई निकाल्ने घोषणा गरेको छ । जसमा कम्पनीको बुक्स र न्युज टिमहरूमा काम गर्ने कर्मचारीहरू समावेश छन् । यसअघि मे महिनामा एप्पलले क्यालिफोर्नियामा ६१४ कर्मचारीलाई निकाल्दै लामो समयदेखि चलिरहेको विद्युतीय सवारी (ईभी) परियोजना बन्द गरेको थियो ।

त्यस्तै ​एक्सन क्यामेराको लागि प्रख्यात कम्पनी गोप्रोले २०२४ को अन्त्यसम्म आफ्नो कुल कर्मचारीमध्ये १५ प्रतिशत कटौती गर्ने योजना बनाएको छ । यस पुनर्संरचना प्रयासले करिब १३९ कर्मचारीलाई असर गर्ने बताइएको छ ।

अर्कोतर्फ ​अडियो प्रविधि कम्पनी सोनोसले थप १०० कर्मचारी अर्थात् आफ्नो कुल कार्यबलको छ प्रतिशत कटौती गर्ने भएको छ । २०२३ मा पनि कम्पनीले सात प्रतिशत कर्मचारी कटौती गरेको थियो ।

त्यस्तै ​नेटवर्किङ जायन्ट सिस्कोले यो वर्ष हजारौं कर्मचारीलाई निकाल्ने योजना बनाएको खबर आएको छ । कम्पनीले गत फेब्रुअरीमा मात्रै चार हजारभन्दा बढी कर्मचारीलाई निकालेको थियो ।

यता डेलले पनि पुराना कर्मचारी कटौती गर्दै एआई उत्पादन र सेवाहरूमा केन्द्रित नयाँ बिक्री इकाई बनाउने योजना ल्याएको छ । यद्यपि निकाला हुने कर्मचारीहरूको ठ्याक्कै संख्या खुलाइएको छैन ।

चिप निर्माता कम्पनी इन्टेलले पनि १५ हजार कर्मचारी हटाउने घोषणा गरिसकेको छ, जसले आफ्नो कुल कार्यबलको १५ प्रतिशतलाई असर गर्ने बताइएको छ ।

त्यस्तै माइक्रोसफ्टले २०२४ मा पनि विभिन्न विभागहरूमा कर्मचारी कटौती जारी राखेको छ । गत जनवरीमा कम्पनीले गेमिङ युनिटबाट दुई हजार कर्मचारीलाई निकाल्यो भने जुन र जुलाईमा अन्य विभागहरूमा कटौती गर्‍यो ।

गुगलको मातृ कम्पनी अल्फाबेटले सन् २०२४ मा ६३० कर्मचारीलाई विभिन्न विभागहरूबाट हटाएको छ । यसअन्तर्गत गुगलको भ्वाइस असिस्टेन्ट, हार्डवेयर (पिक्सेल, नेस्ट, फिटबिट), विज्ञापन बिक्री, एआर टिम लगायतका कर्मचारी निकाला भएका थिए ।

कोभिड महामारीको समयमा अत्यधिक रूपमा कर्मचारी भर्ना गरेका कम्पनीहरू अहिले लागत र भविष्यको विकासका अवसरहरू सन्तुलन मिलाउन कर्मचारी कटौती गर्ने विकल्प पछ्याइरहेका छन् । अर्कोतर्फ कम्पनीहरूले आर्टिफिसियल इन्टेलिजेन्स जस्ता नयाँ प्रविधिका क्षेत्रमा केन्द्रित हुन आफ्नो संरचना नै परिवर्तन गरिरहेका छन् । यस प्रक्रियामा पुराना विभागहरूलाई हटाएर नयाँ प्रविधिमा लगानी गर्ने उनीहरूको रणनीति छ, जसले गर्दा पुराना कर्मचारीहरू बिदा हुनुपर्ने अवस्था आएको छ ।

विश्वव्यापी आर्थिक मन्दीको सम्भावनाले पनि प्रविधि कम्पनीहरूलाई सतर्क बनाएको छ । भविष्यमा सम्भावित आर्थिक संकटका लागि तयार रहन कम्पनीहरूले आफ्नो कार्यबललाई घटाउँदै आफ्नो सञ्चालनलाई लचिलो बनाइरहेका छन् । techpana

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

Next Post
सप्तरीमा मिटर ब्याजीको दलदल: पीडितहरूको सम्पत्ति हडप्ने, प्रहरीको सहयोगमा साहु महाजनको मनपरी”

सप्तरीमा मिटर ब्याजीको दलदल: पीडितहरूको सम्पत्ति हडप्ने, प्रहरीको सहयोगमा साहु महाजनको मनपरी"

एउटा विद्यालयमा दुईजना प्रधानाध्यापक नियुक्त भएपछि…

एउटा विद्यालयमा दुईजना प्रधानाध्यापक नियुक्त भएपछि…

इसेवाबाट कसरी लिने २ लाखसम्म ऋण ?

इसेवाबाट कसरी लिने २ लाखसम्म ऋण ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .