No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

उत्तेजनाको राजनीति गर्ने गगनको प्रचण्डलाई चेतनाको राजनीति गर्न सुझाब

उत्तेजनाको राजनीति गर्ने गगनको प्रचण्डलाई चेतनाको राजनीति गर्न सुझाब

काठमाडौं। नेपाली समाजमा एउटा उखान निकै चर्चित छ, ‘जो चोर उसैको ठूलो स्वर’। सोही उखान नेपाली नेताहरुमा चरितार्थ हुन्छ। नेपाली नेताहरु अरुलाई उपदेश दिन माहिर छन्। तर आफूलाई नियाल्दैनन्। यहाँ आफू सत्ताबाहिर हुँदा उपदेशकारी र सत्तामा हुँदा विभेदकारी रणनीति तय गर्ने दलीय प्रवृत्ति पनि व्याप्त छ।

सरकारमा हुँदा माइतीघरमा धर्ना बस्नेहरुलाई गिरफ्तार गर्न प्रहरी लगाउने दलका बफदार गृहमन्त्रीले सरकारबाट बाहिरिँदा भने त्यही प्रकृतिको धरपकडलाई जनआवाज दमन गरेको आरोप लगाउँदै विरोधमा उत्रिन्छन्। लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्न पाइँदैन भन्दै कुर्लन्छन्।

हालै केही दिन अघि गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा केही यु्वाहरुले प्रधानमन्त्रीसहित दुई शीर्ष नेताविरुद्ध नाराबाजी गरेपछि सरकारले तिनीहरुको पहिचान गर्दै पक्राउ गर्ने कार्य सुरु गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाप्रति आक्रोशजन्य नाराबाजी गरेका युवाहरुलाई पहिचान गर्दै पक्राउ गरिएको विषयलाई लिएर प्रतिपक्षी दलले सदनमा चर्को विरोध गरेका छन्।

हालको परिवेशमा मुलुकमा व्याप्त निराशाले आक्रोशको रुप लिने संशयपूर्ण अवस्था देखिए पछि केही वर्तमान व्यवस्थाका हिमायति र विरोधीहरु शक्ति आर्जन गर्ने नियतका साथ धमिलो पानीमा माछा मार्न उद्धत देखिन्छन्।

यसै निराशा र आक्रोशलाई उत्कर्षमा पुर्याएर संकटग्रस्त राजनीतिक पुनरोदयको दाउमा रहेको ती दलका नेता र अन्य विभिन्न आवरणमा सक्रिय अभियन्ताहरुको अभिव्यक्तिबाटै प्रष्ट हुन्छ।

मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दलको हैसियतबाट संसदमा सम्बोधन गरेको विषय यस्तै प्रकृतिको देखिएको भन्दै आलोचित बनेको छ । उनले बहुमतको दम्भ देखाएमा बंगलादेश र श्रीलंकाको नियति दोहोरिने आशय प्रकट गरेका थिए।

यस विषयमा बिहीबार संसदमा कांग्रेस महामन्त्री गगन थापाले प्रचण्डलाई उत्तेजनाको राजनीति नगर्न सुझाउँदै चेतनाको राजनीति गर्न आग्रह गरेका थिए। उत्तेजक अभिव्यक्ति र शैलीको राजनीतिक पहिचान बनाएका थापाको प्रचण्डलाई चेतनाको राजनीति गर्न सुझाएको अभिव्यक्ति निकै अशोभनीय देखिएको टिप्पणी गर्न थालिएको छ।

यहाँनेर विचारणीय कुरा के छ भने आफैं उत्तेजनाको राजनीतिको मानक थापाले बनाएका छन् । उनैले प्रचण्डलाई सदनबाट अर्ती दिएको घटनाले आम जनमानसलाई चकित तुल्याएको छ।

उसो त नेपाली राजनीतिमा पछिल्लो समय स्टन्ट गर्नेहरुकै नै धन्दा मौलाएको छ । उनीहरुलाई नै नेपाली जनताले विश्वास गर्दै चुनावमा समेत विजयी बनाएका छन्।

यिनै कांग्रेस महामन्त्री लक्षित गरेका तत्कालीन गृहमन्त्री रवि लामिछानेले देशको सूचना बेच्ने जस्तो राष्ट्रद्रोहको गम्भीर आरोप लगाएकै थिए। थापाले पनि सहकारी ठगी प्रकरणमा लामिछाने संलग्न रहेको प्रमाण आफूसँग सुरक्षित रहेको दाबी संसदमा गरेका थिए। तथापि उक्त एक अर्का लक्षित आरोप न त थापाले प्रमाणित गर्न चुनौती दिए न त लामिछानेले प्रमाणित गर्ने साहस देखाए।

त्यही स्टन्टसहित उत्तेजनाको राजनीति गर्दै सदनमा कुर्लने थापाले सचेतनाको राजनीति गर्न प्रचण्डलाई अर्ती दिएको घटना भने निकै अनौठो देखिएको छ । थापाका विगतका क्रियाकलाप हेर्दा त्यो अशोभनीय समेत देखिन्छ।

त्यतिमात्रै होइन, सदनमा एमसीसी पारित गरे पछि अमेरिकी सेना आए आफूलाई थानकोट कटाइदिनु भन्ने उत्तेजक अभिव्यक्ति दिएर नेपाली जनतालाई भावनात्मक भड्कावतर्फ यिनै थापाले धकेलेका थिए। त्यस प्रकारका उद्दण्ड र आक्रामक अभिव्यक्ति उनको कुन चेतनामा आधारित थियो ?

अहिले प्रचण्डलाई अर्ती दिँदै संसदमा बोल्ने थापाले आफूलाई नियाल्नु जरुरी छ । उनले हालका प्रधानमन्त्री ओलीलाई ‘किर्तेप्रसाद’को संज्ञा दिएका थिए। अहिले फेरि उनै ओलीसँग उनको दलले सत्ता सहयात्रा गरेपछि त्यसबारेमा प्रतिक्रियाविहीन भएर मौनता साँधिरहेका छन्। यस विषयमा उनले मिडियाको प्रश्नको सामना गर्न नसकेको भिडियो केही समयअघि निकै चर्चामा थियो ।

यसरी बेतुकका ‘आफैं बोक्सी, आफैं झाँक्री’ प्रवृत्तिजन्य उपदेश संसदबाट दिएर आफ्नो हास्यास्पद नाटकीय प्रहसनको निर्लज्जता प्रस्तुत नगर्दा हुन्छ ।

यसको आशय फेरि प्रचण्डको अभिव्यक्ति सही थियो भन्ने पटक्कै होइन। प्रचण्डको अभिव्यक्ति घोर आपत्तिजनक नै हो। तर, यहाँ भन्न खोजिएको के हो भने अरुलाई सुझाब दिनेले आफ्नो बलियो नैतिक धरातल बनाउनुपर्छ भन्ने मात्रै हो।

प्रचण्डको अभिव्यक्ति किमार्थ सही थिएन। उनलाई हेक्का हुनुपर्छ, नेपाली जनताको आक्रोश बंगलादेश या श्रीलंकाको तहमा पुग्यो भने त्यसको पहिलो प्रहार पनि उनी आफैंमाथि पनि हुनेवाला छ । किनकि उनी पनि यही व्यवस्थामा सरकारको नेतृत्व गरेका पात्र हुन् । अहिले ‘म्याजिकल नम्बर’ नमिल्दा मात्र उनी सत्ताबाहिर पुगेका हुन् ।

उनको राजनीतिक पृष्ठभूमि र उनीप्रति नेपाली जनताको अपेक्षा समकालीन दलहरु भन्दा निकै पृथक थियो र केही हदसम्म अझै पनि छ । उनको राजनीतिक उदय पनि ठूलो भौतिक र मानवीय क्षति पछि भएको हो। त्यसैले आफूप्रति अझै बढी अपेक्षा रहेको र त्यो परिपूर्ति गर्न नसकेका प्रचण्डले राम्रोसँगै हेक्का राख्न जरुरी छ।

अझै त्यसलाई नजरअन्दाज गर्दै समाजमा अराजकतालाई प्रश्रय दिएर त्यसैलाई बढावा दिँदै गुमेकोे शक्ति आर्जन गर्ने सपना नदेखे हुन्छ । अब नेताहरुले होइन नेपाली जनताले नै सचेततापूर्वक आम निर्वाचनमा मत व्यक्त गर्ने अवस्था आएको छ।

यस प्रकारका सामाजिक भड्कावपूर्ण अभिव्यक्ति संसदमा प्रकट गर्नु प्रचण्डका लागि किमार्थ शोभनीय विषय होइन। यस्तो प्रवृत्तिलाई जनताले आगामी निर्वाचनमा स्वतः तिरस्कृत गर्ने छन्।

उनले १९ महिना सरकारको नेतृत्व गर्दा नेपाली जनताका असन्तुष्टि कति साम्य बनाएर बंगलादेश र श्रीलंकाको नियतिबाट जोगाउने प्रयत्न गरे त्यसको जवाफ पनि प्रचण्डले जनतासामु दिनुपर्छ।र, अहिलेका शासकहरु पनि त्यो दायित्वबाट पन्छिन मिल्दैन।

नेपाली राजनीतिमा प्रचण्डको उदयका लागि हजारौंले बलिदानी दिएका छन्। अनेकौं आशा र अपेक्षासहित माओवादी युद्धमा नेपालीहरु सहभागी भएका हु्न् । तर, सो अपेक्षा र आश्वासनमाथि कुठाराघात भएर संसदीय राजनीतिमा विसर्जन भएको माओवादीले जनमतबाट त्यसको सजाय निरन्तर व्यहोरिरहेको छ।

प्रचण्डले थप सामाजिक भड्कावपूर्ण अभिव्यक्ति दिएर शक्ति आर्जन गर्ने कुचेष्टा गरे त्यो आफ्नै लागि प्रत्यूत्पादक हुनेछ। प्रचण्डमात्र होइन बहुदलीय व्यवस्था आएपछि सरकारमा रहेका हरेक पात्रले बंगलादेश र श्रीलंकाको हविगत भएमा त्यसबाट उन्मुक्ति पाउनेवाला छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

Next Post
भ्रष्टाचार र बेथितिलाई जोगाउन खोजे सदन र सडकबाट प्रतिवाद गर्छौंः प्रचण्ड

भ्रष्टाचार र बेथितिलाई जोगाउन खोजे सदन र सडकबाट प्रतिवाद गर्छौंः प्रचण्ड

आयल निगम डिपो कार्यालय सखुवा-महेन्द्रनगरमा कर्मचारीको हत्या

आयल निगम डिपो कार्यालय सखुवा-महेन्द्रनगरमा कर्मचारीको हत्या

पाँचथर विस्फोट अपडेटः दुई बालबालिकाको मृत्यु, दुई जनाको स्थानीय अस्पतालमा उपचार हुँदै

पाँचथर विस्फोट अपडेटः दुई बालबालिकाको मृत्यु, दुई जनाको स्थानीय अस्पतालमा उपचार हुँदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .