• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मोबाइल फोनमा बज्ने ‘कलर रिङ ब्याक टोन’माथि प्रश्न, टेलिकम कम्पनी र दूरसञ्चार प्राधिकरण के भन्छन्


मोबाइल फोनमा बज्ने ‘कलर रिङ ब्याक टोन’माथि प्रश्न, टेलिकम कम्पनी र दूरसञ्चार प्राधिकरण के भन्छन्
  • फणीन्द्र दाहाल
  • Role,बीबीसी न्यूज नेपाली

यो साता कृष्ण जन्माष्टमीको दिन नेपाल टेलिकमको मोबाइल फोन सेवाका प्रयोगकर्ताहरूले कसैलाई फोन गर्दा कलर रिङ ब्याक टोन (सीआरबीटी)मा उक्त पर्वसँग सम्बन्धित शुभकामना सन्देश बज्यो।

यसभन्दा अघि पनि नेपालका विभिन्न समुदायका पर्व, राष्ट्रिय दिवसहरू र स्वास्थ्यसम्बन्धी सन्देशहरू मोबाइल सेवा प्रदायकहरूले कलर रिङ ब्याक टोनमार्फत् बजाउने गरेका थिए।

तर कृष्ण जन्माष्टमीसहित विगतका कतिपय सन्दर्भमा सीआरबीटीमा बज्ने सन्देश, ध्वनि र भाषालाई लिएर कतिपयले सामाजिक सञ्जालमा आलोचना गरेको देखिन्छ।

कतिपय सेवाग्राहीहरूले सीआरबीटी सम्प्रेषण गर्ने मापदण्डबारे प्रश्न गरिरहँदा दूरसञ्चार प्राधिकरणका अधिकारीहरूले “सरकारको निर्देशनअनुसार” सीआरबीटी बजाइने गरेको जनाएका छन्। प्राधिकरण माध्यम मात्रै भएको उनीहरूको तर्क छ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका एक अधिकारीले सीआरबीटीबारे उठिरहेका प्रश्नबारे आफूहरू अवगत रहेको र सेवाग्राहीलाई “हैरानी दिने” उद्देश्य नभएको जनाएका छन्।

तस्बिर स्रोत,Getty Images

नेपाल टेलिकम के भन्छ

नेपाल टेलिकमका प्रवक्ता किशोर भट्टले सरकारको निर्देशनका आधारमा आफूहरूले त्यसरी कलर रिङ ब्याक टोन बजाउने गरेको बताएका छन्।

उनले भने, “नेपाल दूरसञ्चार प्राधिकरणबाट हामीलाई निर्देशन आउँछ अनि हामीले त्यही आधारमा गर्ने गरेका छौँ। हाम्रा कतिपय ग्राहकले झर्कोलाग्दो भयो, नराखे पनि हुन्थ्यो भन्ने गुनासो गरिरहनुभएको हुन्छ। तर निर्देशन आएपछि दूरसञ्चार ऐनअनुसार त्यो हाम्रो लागि बाध्यकारी भयो।”

समयसमयमा नेपाल टेलिकमले उपभोक्ताहरूलाई उसको एकतर्फी छनोटअनुसारको सीआरबीटी सुन्न बाध्य पारेको भन्दै र कतिपय त्यस्ता सामग्रीमा सम्प्रेषित सन्देशको समेत आलोचना हुने गरेको छ।

सोमवार हिन्दू धर्मावलम्बीहरूको पर्व श्रीकृष्ण जन्माष्टमीको दिन नेपाल टेलिकमको फोनमा बजेको ‘कलर रिङ ब्याक टोन’प्रति केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले व्यक्त गरेका असन्तुष्टिले यो विषयलाई पुन: सतहमा ल्याएको हो।

एक लेखिका रामेश्वरी पन्तले फेसबुकमा “हिन्दूहरूलाई पनि झर्को लाग्ने अरूलाई कस्तो लाग्दो हो” भन्दै प्रश्न गरेकी छन्। उनको भनाइ छ, “धर्मनिरपेक्ष राज्यमा नेपाल टेलिकमले किन पटकपटक अनेक धर्म र चाडका झर्को लाग्दा रिङ टोन बनाउँछ? …….. कि कसैलाई लाभ पुग्ने गर्छ यसले?”

पत्रकार एवं जना नागरिक अगुवा कनकमणि दीक्षितले पनि सामाजिक सञ्जाल ‘एक्स’मा नेपाल टेलिकमप्रति कटाक्ष गरेका थिए।

जन्माष्टमीको अवसरमा श्रीकृष्णसँग सम्बन्धित सन्देश सीआरबीटीमा बजाएको कुराको आलोचना भएकोकोमा आपत्ति व्यक्त गर्दै केही प्रयोगकर्ताले विगतमा अरू धर्म र चाडमा पनि शुभकामना र रोगव्याधि फैलिँदा चेतनामूलक सन्देश पनि बज्ने गरेको स्मरण गराएका छन्। कतिपयले छठलगायत विभिन्न समुदायका चाडपर्वमा सीआरबीटी सुनिन थालेको भन्दै विगतमा प्रशंसा गरेका थिए।

उनले कलर रिङ ब्याक टोनमार्फत् संविधान दिवसलगायत विभिन्न राष्ट्रिय दिवसहरू, विभिन्न चाडपर्वहरू र जनस्वास्थ्यसम्बन्धी सन्देशहरू सम्प्रेषित गर्ने गरिएको बताए।

भट्ट भन्छन्, “सामग्री बनाउने हामीले यहीँबाट व्यवस्था गरेका छौँ। कसैले पैसा तिरेर यस्तो सामग्री सम्प्रेषण गरिदिनुपर्‍यो भन्यो भने हामीले गर्ने गरेका छैनौँ। हामीले प्राधिकरणको निर्देशनका आधारमा मात्रै बजाउने गरेका छौँ।”

उनले उपभोक्ताहरूबाट पनि गुनासो आउने गरेकाले ‘के विषयमा र कुन दिन’ यस्तो टोन बजाउने भन्नेबारे छलफल गरेर एउटा टुङ्गोमा पुग्नुपर्ने आवश्यकता रहेको औँल्याए।

एनसेल के भन्छ

बीबीसीलाई पठाएको लिखित प्रतिक्रियामा अर्को सेवा प्रदायक एनसेलले आफ्ना सेवाग्राहीका लागि त्यस्तो ‘डिफल्ट प्री-कल अनाउन्समन्ट’ वा सीआरबीटीसम्बन्धी कुनै विशेष मापदण्ड वा भुक्तानीको व्यवस्था नरहेको जनाएको छ।

“अधिकांश नेपालीहरूले मनाउने चाडपर्व र सांस्कृतिक समारोह जस्तै – दशैँ र तिहारलाई हामीले चाडपर्वको अवधिभरि स्वतः चल्ने  सीआरबीटीको रूपमा प्रयोगमा ल्याउँछौँ।”

त्यसबाहेक सरकारी निकाय वा नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा महत्त्वपूर्ण सूचना जस्तै – निर्वाचन, बालबालिकाको खोपसम्बन्धी जानकारीहरू समाज कल्याणको उद्देश्यसहित सम्प्रेषित गर्ने गरिएको उसको भनाइ छ।

एनसेलले सीआरबीटीलाई लिएर खासै गुनासो सुन्नुनपरेको जनाएको छ। यो वर्षको एप्रिलमा कल सेन्टरमा इस्लाम धर्मावलम्बीहरू चाड रमजानको अवसरमा ‘आईडी ट्यून’ बजाइदिन गरिदिन अनुरोध गर्दै १,१७५ वटा फोन आएको उसले उल्लेख गरेको छ।

एनसेलले आफूले ग्राहकहरूलाई त्यस्ता रिङ टोन व्यक्तिगत रूपमा रोज्न मिल्ने सेवा पनि दिइरहेको उल्लेख गर्दै आफ्नो नेटवर्कमा स्वतः उपलब्ध हुने धूनको विकल्पमा ‘पीआरबीटी सेवा’ लिन सकिने पनि बताएको छ।

सीआरबीटीबारे बेलाबेला अभिव्यक्त हुने गरेका गुनासाबारे बीबीसीको प्रश्नमा एनसेलले सीआरबीटीका लागि हुने अनुरोधहरूको सङ्ख्या घटाउन र राष्ट्रिय सरोकारका विषयमा मात्रै त्यस्ता सन्देशहरू सम्प्रेषण गर्ने व्यवस्था मिलाइदिनका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई अनुरोध गरेको जनाएको छ।

दूरसञ्चार प्राधिकरण के भन्छ

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार नेपालभरि तीन करोड ५० लाखजति मोबाइल सिम कार्ड वितरण भएको छ।

एनटीसीको सिम लिनेको सङ्ख्या दुई करोड २२ लाखजति र एनसेलको सिम लिनेको सङ्ख्या एक करोड २९.५ लाखभन्दा बढी रहेको प्राधिकरणले चैत महिनामा सार्वजनिक गरेको तथ्याङ्कले देखाउँछ।

दूरसञ्चार प्राधिकरणका निर्देशक सन्तोष पौडेलले सरकारको निर्देशनका आधारमा आफूहरूले निर्णय गर्ने गरेको बताउँछन्।

उनले भने, “हामीले निर्णय गर्ने होइन। हामीलाई यो यो बजाइदेऊ भनेर सम्बन्धित ठाउँबाट आउँछ। त्यो हामीले पठाइदिने मात्रै हो।”

त्यो सम्बन्धित निकाय कुन हो त? पौडेल भन्छन्, “जस्तो बाल दिवसको दिन बालबालिका मन्त्रालय होला, वातावरण दिवस हो भने वातावरण मन्त्रालयले पठाउँछ। चाडपर्वबारे संस्कृति मन्त्रालयले पनि पठाउँछ। हामी त्यसलाई ‘फर्वर्ड’ मात्रै गरिदिन्छौँ।”

प्राधिकरणको भूमिका ‘सहजीकरण’ गर्ने मात्रै भएको र सम्बन्धित सामग्री निर्माणमा आफ्नो कुनै संलग्नता नहुने उनको भनाइ छ।

“जुन सामग्री उताबाट आउँछ, हामीले सहजीकरण गरिदिने मात्रै हो। सबैले बजाइदेऊ, बजाइदेऊ भन्छन्, कतिपय अवस्थामा अपरेटरहरूलाई गाह्रो पनि छ। कतिले लिखित मात्र दिएका हुन्छन्, बोलेर सामग्री तयार पारिदिनुपर्‍यो। उनीहरूको यसमा खर्च पनि छ। पैसा पनि पाउने होइन। गुनासो छ।”

आफ्नो इच्छाबिनै वा अनुमति नलिई त्यसरी सीआरबीटी सुन्न बाध्य हुनुपर्ने अवस्थालाई कतिपय मोबाइल फोन सेवा प्रयोगकर्ताले आफ्नो व्यक्तिगत स्वतन्त्रतामाथिको अतिक्रमणका रूपमा पनि हेर्ने गरेको पाइन्छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहप्रवक्ता केशवराज सुवेदीले राष्ट्रिय विपत्ति र पर्वहरूमा त्यसरी कलर रिङ ब्याक टोन बजाउन सहजीकरण गर्नका लागि आफूहरूले अनुरोध गर्ने गरेको बताए।

उनी भन्छन्, “नेपाल सरकारले घोषणा गरेका राष्ट्रिय पर्वहरू र विभिन्न खालका विपद्हरूबारे सूचनाहरू सम्प्रेषित गर्नुपर्छ भनेर यस्तो गरिएको हो। त्यसैको आधारमा नेपाल दूरसञ्चार प्राधिकरणले समन्वय गरेर बज्ने हो।”

तर पछिल्लो समय त्यसबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अभिव्यक्त आलोचनात्मक टिप्पणीहरूलाई समेत आफूहरूले जानकारीमा लिएको सहायक प्रवक्ता सुवेदी बताउँछन्।

उनले थपे, “कसरी सन्देश पनि जाने र सेवाग्राहीलाई अतिरिक्त हैरानी नहुने गरी यो काम गर्न सकिन्छ भन्ने कुरा छलफलकै विषय रहेको छ। यसलाई सम्बोधन गर्ने केही आउला।” BBC Nepali 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सबै बैंकको मोबाइल एप उस्तै भएपछि एफवान सफ्टबाट पछि हट्यो एनएमबी बैंक
  • २०८१ भाद्र १२, बुधबार २१:३८
  • In "समाचार"
  • लकडाउनको बेला महिनामै १० अर्बको मोबाइल व्यापार
  • २०८१ भाद्र १२, बुधबार २१:३८
  • In "देश"
  • मर्निङवाकमा मोबाइल : हुन सक्छ घातक
  • २०८१ भाद्र १२, बुधबार २१:३८
  • In "जीवनशैली"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

साउदीमा मृत्युको मुखबाट बाँचेर घर फर्के जनकपुरका रामआशिष

क्यानडाले चीनमा उत्पादित विद्युतीय सवारीमा शतप्रतिशत भन्सार लगाउने, चीन आक्रोशित

दुग्धजन्य वस्तु बिक्री नभएर सङ्कट

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version