• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कसरी दिने बालबच्चालाई यौन परामर्श ?


कसरी दिने बालबच्चालाई यौन परामर्श ?

हामीकहाँ खुलेर यौनबारे चर्चा गर्ने अभ्यास छैन । यौनलाई लाज वा छाडा विषयको रुपमा लिइन्छ । त्यसैले एकअर्कासँग यौनबारे चर्चा गर्दा पनि हामी भित्रभित्रै डर र लाजले खुम्चिन्छौं ।

जबकि हामो जीवनसँग अभिन्नरुपमा जोडिएको विषय हो, यौन । यद्यपि यसप्रतिको बुझाइ एवं सोचाइ नै स्पष्ट नहुँदा हामी अल्मलिएका छौं । एकातिर समाजमा बलात्कार वा यौन हिंसा बढ्दो छ, अर्कोतिर हामी यौनबारे खुला बहस गर्न धक मान्छौं । समस्या यहीँबाट सुरु भएको छ ।

हरेकको मनमा यौनबारे अनेकन जिज्ञासा हुन्छ । यौनमा हरेकको चासो र सरोकार रहन्छ । तर त्यसलाई खुला रुपमा व्यक्त गर्न वा बहस गर्न नसक्दा हामीमा भित्रभित्रै यौन कुण्ठा पलाउँछ । यसैले हो यौनलाई विकृत बनाउने।

यौनका सम्बन्धमा सही शिक्षा एवं जानकारी दिइएन भने त्यसले यौन विकार बढाउँछ । त्यसैले आफ्ना बालबच्चालाई यौनका विषयमा सही जानकारी गराउनु आवश्यक छ । यौन, यौनाङ्ग, प्रजनन स्वास्थ्य आदिबारे उनीहरूलाई स्पष्ट रुपमा जानकारी गराउनु उपयुक्त हुन्छ ।

यौनाङ्गको विकास एवं परिवर्तनसँगै हुने विभिन्न शरीरिक उथलपुथलबारे बच्चालाई मानसिक रुपमा तयार राख्नुपर्छ। यौनाङ्गको परिवर्तनलाई लिएर बच्चाहरूमा भय वा भ्रम पैदा नहोस् । मासिकस्रावको बेला उनीहरू हतास नहोऊन् भन्नको लागि। यस्ता प्राकृतिक प्रक्रियाबारे उनीहरूलाई समयमै जानकारी दिलाउनुपर्छ ।

सामान्यत ७-८ वर्षको उमेरमा बच्चाहरू कुरा बुझ्ने भइसकेका हुन्छन् । उनीहरूलाई यही समयमा यौन-परामर्श दिन उपयुक्त हुन्छ। हुन त बच्चाहरूले कतिपय प्रश्न सोध्न सक्छन्, जो यौनसँग सम्बन्धित हुन सक्छ । त्यस्ता प्रश्नसँग पन्छिने होइन, बरु सत्य/तथ्य खोजेर बुझ्ने ढंगले त्यसको जानकारी दिनुपर्छ ।

बच्चालाई निश्चित उमेरपछि मासिक श्राव हुन्छ, त्यो भनेको सामान्य प्रक्रिया हो भनेर बुझाउनुपर्छ । साथसाथै के पनि बुझाउनुपर्छ भने, मासिक श्रावको बेला के गर्ने ? के नगर्ने ? कसरी सावधानी अपनाउने भन्ने कुरामा उनीहरूलाई मानसिक रुपले तयार राख्नुपर्छ ।

किनभने मासिक श्राव कुनैपनि बेला हुन सक्छ । विद्यालयमा खेलिरहेको बेला, पढिरहेको बेला । त्यसैले ती अवस्थामा के गर्ने भनेर अभिभावकले पूर्वतयारी अपनाउनुपर्छ ।

यौनाङ्गमा हुने परिवर्तन, स्तनको आकार बढ्ने, रौं आउने जस्ता प्रक्रिया बारे पनि बच्चालाई जानकारी दिनुपर्छ ।

अक्सर बच्चाहरूले आफू परिपक्क हुँदै गएको भेउ पाउँदैनन् । तर कति बयस्क व्यक्तिहरू उनीहरूसँग नजिकिने, छुने, चलाउने गर्न सक्छन् । आफ्ना यौनकुण्ठा मेट्नका लागि बच्चाहरूसँग नजानिँदो ढंगले नजिकिने, विभिन्न प्रलोभन देखाउने प्रवृत्ति देखिन्छ । यस्ता व्यक्तिहरूको नियत खराब हुन सक्छ भनेर पनि बच्चालाई सचेत गराउनु आवश्यक छ ।

अलि किशोरवयमा पुगेपछि छोराछोरी विपरीत लिङ्गीप्रति आकर्षित हुन्छन्, यो स्वभाविक प्रक्रिया हो । यद्यपि यसबेला उनीहरूले आफ्नो होस् गुमाउन सक्छ वा उनीहरूमाथि यौन दुर्व्यवहार हुन सक्छ । त्यसैले किशोरवयमा पुगेका छोराछोरीलाई यस्ता कुरामा सर्तक गरानुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

नेपाल एक्सन

सम्बन्धित खबर

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

Next Post

कम्पनी रजिष्ट्रारको काम भदौ १ गतेदेखि अनलाइनबाटै

रुसले बनाएको कोरोना भ्याक्सिन विश्वभर कसरी प्रयोगमा ल्याइँदैछ ?

कलेजो बिग्रिएको कसरी थाहा पाउने ? यस्ता छन् ५ संकेत

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version