No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

विस्थापित शेख हसिनाको पहिलो सन्देश, टापु नदिँदा अमेरिकाले आफूलाई हटाएको आरोप

विस्थापित शेख हसिनाको पहिलो सन्देश, टापु नदिँदा अमेरिकाले आफूलाई हटाएको आरोप

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो सरकारको पतनमा अमेरिकाको हात रहेको आरोप लगाएकी छिन् । हसिनाले सेन्ट मार्टिन टापु अमेरिकालाई नदिएका कारण आफूलाई विस्थापित गरिएको बताइन् ।

उनका अनुसार उनले सेन्ट मार्टिन टापु दिएको भए अमेरिका बङ्गालको खाडीमा आफ्नो प्रभुत्व कायम गर्न सक्षम हुने थियो । उनले बंगलादेशी नागरिकलाई कट्टरपन्थीको भ्रममा नपर्न आग्रह गरेकी छिन् । शेख हसिना हाल भारतमा छिन्।

इकोनोमिक टाइम्सको रिपोर्टका अनुसार आफ्ना नजिकका सहयोगीहरूमार्फत पठाइएको सन्देशमा हसिनाले भनिन्, ‘मैले शवको जुलुस हेर्नु नपरोस् भनेर राजीनामा दिएँ। उनीहरू विद्यार्थीको शवमाथि चढेर सत्तामा आउन चाहन्थे तर मैले त्यसो हुन नदिन प्रधानमन्त्री पदबाट राजीनामा दिएँ । यदि मैले सेन्ट मार्टिन टापुको सार्वभौमसत्ता संयुक्त राज्य अमेरिकालाई समर्पण गरी बंगालको खाडीमा उसको प्रभुत्व स्थापित गर्न दिएको भए म सत्तामा रहन सक्थें। म मेरो देशका जनतालाई आग्रह गर्दछु, कृपया कट्टरपन्थीहरूको भ्रममा नपर्नुहोस्।’

इकोनोमिक टाइम्सले आफ्नो रिपोर्टमा शेख हसिनालाई उद्धृत गर्दै भन्यो, ‘यदि म देशमा बसेको भए, धेरैले ज्यान गुमाउने थिए र थप स्रोत र सार्वजनिक सम्पत्ति क्षतिग्रस्त हुने थियो। मैले देश छोड्ने धेरै कठिन निर्णय लिएँ। म तपाइँको नेता भएँ किनकी तपाइँहरूले मलाई चुन्नुभयो ।’

उनले अगाडि भनिन् ‘मेरो पार्टी अवामी लिगका कयौं नेता मारिएका छन्, कार्यकर्तालाई उत्पीडन भइरहेको छ, घरमा तोडफोड र आगजनी भइरहेको छ भन्ने खबर पाएपछि मेरो मन रोएको छ । अल्लाहको कृपाले म चाँडै फर्कनेछु। अवामी लिगले चुनौतीको सामना गरेर बारम्बार उठेको छ । म सँधै बंगलादेशको भविष्यको लागि प्रार्थना गर्नेछु, जुन महान राष्ट्र बनाउन मेरो बुबाले सपना देख्नुभयो र प्रयास गर्नुभयो। जुन देशको लागि मेरो बुबा र परिवारले आफ्नो ज्यान दिनुभयो ।’

हसिना ५ अगस्टको साँझ बंगलादेशबाट भागेर भारतमा शरण लिनु परेको थियो । आरक्षण विरोधी आन्दोलन अघि हसिनाले अप्रिलमा संसदमा अमेरिकाले आफ्नो देशमा सत्ता परिवर्तनको रणनीतिमा काम गरिरहेको बताएकी थिइन् ।

शेख हसिनाले भनेकी थिइन्, ‘उनीहरूले लोकतन्त्रलाई ध्वस्त पार्ने र लोकतान्त्रिक अस्तित्व नभएको सरकार ल्याउन खोजिरहेका छन्।’ सरकारी जागिरमा आरक्षणको विरोध गर्दा कथित रूपमा हड्ताल गर्ने दंगा गर्नेहरू वास्तवमा बंगलादेशमा ‘शासन परिवर्तन’ योजना गरिरहेका विदेशी शक्तिहरूको हातबाट परिचालित भएको उनको दाबी छ।

हसिनाका नजिकका अवामी लिगका केही नेताहरूले पनि ढाकामा सत्ता परिवर्तनका लागि अमेरिकालाई जिम्मेवार ठानेका छन् । मे महिनामा ढाकाको भ्रमण गरेका एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञ यसको पछाडि रहेको उनीहरुको भनाइ छ ।

अवामी लिगका नेताहरूले अमेरिकी कूटनीतिज्ञहरूले शेख हसिनालाई चीनविरुद्ध पहल गर्न दबाब दिएको आरोप लगाएका छन्। हसिनाको पार्टीका एक नेताका अनुसार बंगलादेशका लागि अमेरिकी राजदूत पिटर हासले बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) लाई पक्षपात गरिएको आरोप लगाएका थिए ।

हासले जुलाईमा आफ्नो कार्यकाल पूरा गरेका थिए । अमेरिकी सरकारले मानवअधिकार र निर्वाचन प्रक्रियालाई लिएर शेख हसिना र उनको पार्टीको लगातार आलोचना गर्दै आएको छ । अमेरिकी विदेश मन्त्रालयले यस वर्ष जनवरीमा एक विज्ञप्ति जारी गर्दै बंगलादेशमा भएको आम निर्वाचन स्वतन्त्र र निष्पक्ष नभएको बताएको थियो किनभने यसमा सबै दलहरूले भाग लिएका थिएनन्।

यसअघि बंगलादेशको निर्वाचन हुनुभन्दा १ महिनाअघि २०२३ डिसेम्बर १५ मा रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले एक प्रेस ब्रिफिङमा अर्को चुनाबमा शेख हसिना सत्तामा आएमा अमेरिकाले उनको सरकार ढलाउन आफ्नो सबै शक्ति प्रयोग गर्ने बताएकी थिइन् ।

उनले बंगलादेशमा सत्ता परिवर्तन गर्न अमेरिकाले ‘अरब स्प्रिङ’ जस्तो अराजक अवस्था सिर्जना गर्ने चेतावनी दिएकी थिइन् । एक दशक पहिले पश्चिम एसिया (मध्य पूर्व) मा ‘अरब स्प्रिङ’ सुरुमा विश्वविद्यालय, कलेज र स्कूलका विद्यार्थीहरूले नेतृत्व गरेका थिए, जुन ट्युनिसियाबाट सुरु भई बिस्तारै यस क्षेत्रका धेरै देशहरूमा फैलिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

Next Post
प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवको भेटवार्ता

प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिवको भेटवार्ता

बंगलादेशका नवनियुक्त प्रधानन्यायाधीशले लिए पद तथा गोपनीयताको सपथ

बंगलादेशका नवनियुक्त प्रधानन्यायाधीशले लिए पद तथा गोपनीयताको सपथ

पोखरा विमानस्थल छानबिन र नागरिक उड्डयन प्रमुखको बर्खास्तीको माग गर्दै काठमाडौंमा रैली

पोखरा विमानस्थल छानबिन र नागरिक उड्डयन प्रमुखको बर्खास्तीको माग गर्दै काठमाडौंमा रैली

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .