No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ओमानमा २१ हजार नेपाली श्रमिक

ओमानमा २१ हजार नेपाली श्रमिक

काठमाडौं। नेपालको परराष्ट्र मन्त्रालय र ओमानको सल्तनतबीच द्विपक्षीय परामर्श पहिलो बैठक सम्पन्न भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव सेवा लम्साल र ओमानी प्रतिनिधिमण्डलको नेतृत्व राजनीतिक मामिलाका उपसचिव शेख खलिफा बिन अली बिन इसा अलहार्थीले गरेका हुन् ।

ओमानको मस्कटमा सम्पन्न छलफलमा प्रतिनिधिमण्डलका नेताले द्विपक्षीय सम्बन्धको समग्र आयाम समीक्षासहित सन् १९७७ देखि नेपाल र ओमानबीचको उत्कृष्ट सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूबीच द्विपक्षीय सम्बन्ध’bout छलफलसहित सहयोग आदानप्रदान प्रवर्धन गर्न सहमति भएको छ ।

उच्चस्तरीय भ्रमण, व्यापार, लगानी, आर्थिक सहयोग, कृषि, ऊर्जा, पर्यटन, श्रम तथा वैदेशिक रोजगार, संस्कृति, शिक्षा र प्रत्यक्ष हवाई उडान विषयमा छलफल भएको ओमानस्थित नेपाली दूतावासले जनाएको छ । छलफलमा पारस्परिक सहमति भएका क्षेत्रमा साझेदारी थप अभिवृद्धि र जनताबीचको संलग्नता प्रवर्धनका साथै पारस्परिक लाभका लागि आर्थिक अवसर प्राप्तिमा मिलेर काम गर्ने दृढ प्रतिबद्धता गरिएको छ ।

परराष्ट्र सचिव लम्सालले २१ हजारभन्दा बढी नेपालीलाई रोजगारी दिएकामा ओमान सरकारलाई धन्यबाद दिँदै ‘ओमान भिजन २०४० रणनीति’ ध्यानमा राख्दै थप अवसर उपलब्ध गराउनेतर्फ जोड दिएकी छन् । आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा उपयुक्त सम्भावना खोजीमा जोड दिँदै उनले निजी क्षेत्रलगायत सार्थक सहकार्यात्मक साझेदारी स्थापना गर्न प्रस्ताव गरेकी छन् ।

ओमानी पक्षलाई नेपालमा जलविद्युत्, पर्यटन क्षेत्र र हरित हाइड्रोजन क्षेत्रमा सहकार्यलगायत क्षेत्रमा लगानीका अवसर खोज्न आग्रह गर्दै लम्सालले लामो समयदेखिको सम्बन्ध थप सुमधुर बनाउन काठमाडौंमा ओमान दूतावास स्थापना विषयमा विचार गर्न प्रतिनिधिमण्डललाई आग्रह गरिन् ।

ओमानी उपसचिव शेख अली बिन इसा अलहार्थीले नेपाल र ओमानबीच आपसी सहमति भएका सबै क्षेत्रमा सहयोग प्रवर्धन इच्छा व्यक्त गर्दै विचाराधीन एमओयू टुंग्याउने आशा व्यक्त गरे । द्विपक्षीय सम्बन्धको सम्भावनालाई जोड दिँदै उनले वास्तविक लाभ प्राप्त गर्न मिलेर काम गर्नुपर्ने बताए । नेपाली श्रमिकको सकारात्मक र मेहनति स्वभावको उनले प्रशंसासमेत गरेका छन् । दुवै पक्षले उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदान परम्परा कायम राख्ने विषयमा धारणा आदानप्रदान गरेका छन् । उनीहरूले संयुक्त राष्ट्रसंघलगायत बहुपक्षीय मञ्चमा एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

विभिन्न क्षेत्रमा संलग्नतामार्फत उत्कृष्ट सम्बन्ध विद्यमान अवस्था अभिवृद्धि गर्न पनि विचार–विमर्श गरिएको छ । परराष्ट्र सचिव लम्सालले ओमानका श्रममन्त्री डा. महद बिन सइद बिन अली वाओइनसँग शिष्टाचार भेट गरेकी छन् । भेटको अवसरमा उनीहरूबीच श्रमिक आपूर्ति तथा श्रम क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरका साथै रोजगारीका अवसर उपलब्ध गराउने’bout छलफल भएको छ । सन् २०१७ मा नेपाल र ओमानबीच द्विपक्षीय परामर्श संयन्त्र गठन भएको हो ।

संयन्त्रको अर्को बैठक दुवै पक्षलाई अनुकूल हुने समयमा काठमाडौंमा आयोजना गरिनेछ बताइएको छ । नेपाली प्रतिनिधिमण्डलमा ओमानका लागि नेपाली राजदूत दोरनाथ अर्याल, सहसचिव शरदराज आरन, परराष्ट्र मन्त्रालयको मध्यएसिया, पश्चिम एसिया र अफ्रिका महाशाखाका प्रमुख तथा मन्त्रालय र दूतावासका अन्य अधिकारीको उपस्थिति थियो ।

राजधानी दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

Next Post
सिरहाको लहान केन्द्रबाट वितरण हुने स्थानमा आज ९ घण्टा विद्युत् अवरुद्ध हुने

सिरहाको लहान केन्द्रबाट वितरण हुने स्थानमा आज ९ घण्टा विद्युत् अवरुद्ध हुने

१२ लाख १४ हजारले घट्यो बालबालिकाको जनसंख्या, के हो कारण?

१२ लाख १४ हजारले घट्यो बालबालिकाको जनसंख्या, के हो कारण?

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .