• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सप्तरीका तीन स्थानीय तहले ल्याएनन् बजेट


सप्तरीका  तीन स्थानीय तहले ल्याएनन् बजेट

लोकेन्द्र प्रसाद यादव
बोदे बरसाईन, । नयाँ आर्थिक वर्ष ०८१/८२ सुरु भइसक्दा पनि सप्तरीका जिल्लाका डाक्नेश्वरी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र राजविराज नगरपालिकाले गरि तीन स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् ।
संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट १० असारभित्रै गाउँ-नगरसभामा पेस गरेर असार मसान्तसम्म पारित गरिसक्नुपर्छ । बजेट पारित नगरी खर्च गर्न पाइँदैन । संवैधानिक व्यवस्थाअनुसार बजेट ल्याउन असफल भएपछि ती पालिकाहरूले गर्ने खर्च गैरकानुनी र बेरुजु हुन्छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा १ अनुसार उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान कार्यपालिकाबाट स्वीकृत गरी १० असारभित्र सभामा पेस गर्नुपर्छ । पेस भएको बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्ने उपदफा ६ मा व्यवस्था छ ।
डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख रामलखन मलाहले भने विकासीयकार्य अलीढिलो सुरु भएकोले उपभोक्ता समितिहरुले गरेको कामको भुक्तानीको चाँप र कार्यवेस्तताले हामी चालु आर्थिक वर्षको बजेट समयमैं ल्याउन सकेनौं ।‘‘साउन महिनाभित्रै नगरसभाले बजेट ल्याउने नगरप्रमुख मलाहले बताए।”

डाक्नेश्वरी नगरपालिका नगरप्रमुख रामलखन मलाहले जे कारण देखाएपनि नेपाली कांगे्रस, जसपा, लोसपा र माओवादी केन्द्रका नेता तथा जनप्रतिनिधिहरुले गत जेठ १ गते देखि नै १४ बुँदे माग अघि सारेर जनप्रतिनिधीबिरुद्ध आन्दोलन गरि रहेकाछन्। उनीहरुले नगरमा भ्रष्टचार बढेको मनपरि तरिकाले शिक्षक सरुवा गरेको, कोभिडमा भएको खर्च सार्वजनिक गर्नुपर्ने माग राख्दै आन्दोलन गरि रहेकाछन् । सोही आन्दोलनका कारण समयमा नगरले बजेट ल्याउन नसकेको स्थानीय अमृत चौधरीको बुझाई रहेको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका नगरप्रमुख बिरेन्द्र माझीले भने नगर र वडाको बजेट सिलिङ्ग निर्धारणमा समान्य जनप्रतिनिधि बिच मतभेदले गर्दा हामी समयमा बजेट ल्याउन नसकेको बताए ।‘‘अब यी कुरा टुङ्गो लागि सकेकोले विषयगत शाखाहरुले बजेट बनाउन लागि सकेकोले साउन पन्ध्रभित्र चालु आर्थिक वर्षको बजेट ल्याईसकिने नगरप्रमुख माझीले बताए ।
राजविराज नगरपालिकाका सूचना अधिकारी सुरेश यादवले भने अहिले सम्म नगरसभाको लागि नगरपालिकाबाट कुनै सूचाना जारी भई नसकेको बताए ।‘‘ के कारणले नगरसभा भएन सोको बारेमा जनप्रतिनिधलाई नै थाह होला उनले भने ।”
समयमा नगरसभा नहूनुको मुख्य कारण जनप्रनिधिहरु बीचमा एक अर्काप्रतिको अविश्वास र अपादर्शी ढंङ्गले योजना संचालन गर्नुका साथै सूचनाको हक कार्यान्वयन नर्गनु जस्ता विषयको बिवादका कारण समयमा नगर सभा हुन नसकेको जिल्लाबासीमा बुझाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सप्तरीका ५ पालिकाले ल्याउन सकेनन् बजेट
  • २०८१ श्रावण ३, बिहीबार १४:३२
  • In "देश"
  • मधेश प्रदेशका २९ स्थानीय तहले अझै पेश गरेन बजेट
  • २०८१ श्रावण ३, बिहीबार १४:३२
  • In "BannerNews"
  • रदेश २ का ३५ पालिकाले अझै बजेट ल्याउन सकेन, बजेट नल्याउने जनप्रतिनिधिको यस्तो छ भित्री स्वार्थ
  • २०८१ श्रावण ३, बिहीबार १४:३२
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

मधेश सरकारमा काँग्रेसका चार र लोसपाका एक मन्त्रीले लिए शपथ

भारतमा एसएसबीले फेला पार्‍यो दुई वटा शव

आमाको नामबाट नागरिकता पाए सदा दाजुभाइले

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version