• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपालका बैंक मिटर व्यजी,NIC ASIA सहित अन्य बैंक पनि बदनियतपूर्वक ऋणीको जग्गा बिक्री , व्यापारी आन्दोलित


नेपालका बैंक मिटर व्यजी,NIC ASIA सहित अन्य बैंक  पनि बदनियतपूर्वक ऋणीको जग्गा बिक्री , व्यापारी आन्दोलित

सबिन यादव सिरहा । गोलबजार उद्योग व्यापार संघले एनआइसी एसिया बैंकमा ज्ञापन पत्र बुझाउँदै बदनियतपूर्वक बिक्री गरिएको ऋणीको जग्गा तत्कालै फिर्ता गर्न माग गरेको छ ।

एनआइसी एसिया बैंक गोलबजार शाखाले ऋणी दुर्गेश साहको जग्गा गैर कानूनी रुपमा लिलाम गरी बैंककै कर्मचारीहरुको मिलिभगतमा आफन्तहरुको नाममा बिक्री गरेको ज्ञापन पत्रमा आरोप लगाइएको छ । ज्ञापन पत्रमा भनिएको छ , धितो वापत राखिएको जग्गा लिलाम गर्ने कुनै आधार छैन । समुच्चा देश आर्थिक मन्दीमा डुबेको बेला  ऋणी तथा व्यापारीहरुसँग सरसल्लाह नगरी , पूर्व जानकारी नदिई तथा कानूनी प्रकृया अवलम्वन नगरी गुपचुप रुपमा धितो जग्गा लिलाम गरी हतार हतार बिक्री गरिएको छ । जग्गा बैंककै कर्मचारीहरुको आफन्तहरुको नाममा बिक्री भएको देखिदा यसमा बदनियत भएको दाबी गरिएको छ ।

ज्ञापन पत्र बुझाउँदै उद्योग व्यापार संघ गोलबजारका अध्यक्ष विजय साहले उक्त जग्गा फिर्ता नगरिए कडा आन्दोलनमा उत्रिने र त्यसको सम्पूर्ण जवाफदेही एनआइसी एसिया बैंकले लिनु पर्ने चेतावनी दिइएको छ । ज्ञापन पत्रमा तत्कालै सुनुवाई नभए एआइसी एसिया बैंक विरुद्ध कडा कदम चालिने उद्योग व्यापार संघका अध्यक्ष साहले जानकारी दिएका छन् ।

गोलबजारका व्यापारी दुर्गेश साहले एनआइसी एसिया बैंक गोलबजार शाखाबाट आर।के। ट्रेडर्स, कृष्णा अटो मोवाइल्सको नाममा र केही रकम निजी कर्जाको रुपमा झण्डै पौने ६ करोड रुपैयाँ कर्जा लिएका थिए । दुर्गेश भन्छन् मैले नियमित व्याज बुझाउँदै आएको थिएँ । पछिल्लो एक वर्षदेखि व्यापार मन्दि भए पछि व्याज बुझाउन सकेको थिएन । उनले भने मैले धितो जग्गा बिक्री गरेर बैंकको ऋण तिर्ने योजना बनाए । राजमार्गसँग मुख मिलेको जग्गा भएको कारण १५ लाखको धुरले जग्गाको बैना गरेको थिएँ । तर बैंकका कर्मचारीहरुले कहिले कित्ताकाट गर्न नमिल्ने भनेर ग्राहक भडकाइ दिए । कहिले जिल्ला प्रशासन कार्यालयमा गएर लिलामी कार्यविधिमा चढेको जग्गा बिक्री हुँदैन भनेर ग्राहकलाई धम्क्याएर भगाइ दिए ।

दुर्गेशले भने बैंकका कर्मचारीहरुले मेरो जग्गा हडप्ने जाल बुनका रहेछन् । मलाई थाहै नदिई सुटुक्क जग्गा लिलाम गरेर मात्र ४ लाखको धुरमा जग्गा बिक्री गरिदिएछन । मैले धितो राखेको जग्गा काठमाडौं महानगरपालिका ११ की पूजा पोखरेलको नाममा पास भएको देखिन्छ । ती महिला बैंक मैनेजरकै आफन्ती हुन् । त्यसैगरी अर्को एक कित्ता जग्गा गोलबजारकै प्रसिद्ध एक व्यापारीका ससुराको नाममा पास भएको देखिन्छ । दुर्गेशले दुखेसो पोख्दै भने मेरो जग्गा मैले बिक्री गर्न पाउनु पर्छ ।

जग्गा बिक्री गरेर आएको रकमबाट बैंक ऋण तिरेर बाँकी रकम मैले पाउनु पर्छ । नियम र चलन सर्वत्र यस्तै छ । दुर्गेशले भने मैले बैंक स्टेटमेन्ट माग्दा पनि दिएनन् । जग्गाको विषयमा कुरा गर्न काठमाडौंसम्म गएँ तर कसैले मेरो कुरा सुनेनन् । उनीहरुले पहिल्यै योजना बनाएर मेरो जग्गा पजनी गर्ने सोच बनाएका रहेछन् ।

 दुर्गेशले भने मैले लिंदै नलिएको क्रेडिट कार्डबाट रकम झिकिएको देखाएर मेरो कर्जा रकम बढाइएको छ । बैंक स्टेटमेन्ट समेत नदिएर मलाई गुमराह गरिएको छ ।  षडयन्त्रमुलक ढंगले मेरो जग्गा कौडीको भाउमा बैंकका कर्मचारीहरुले बिक्री गरी खाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कृषि विकास बैंकले प्रक्रिया मिचेर घरजग्गा लिलाम गरेको भन्दै सडकमै सुते किसान
  • २०८१ बैशाख ३१, सोमबार १४:४६
  • In "BannerNews"
  • खुलेआम ठगी गर्दै एनआईसि एशिया बैंक, धितो लिलामीमै किर्ते गरेको पाईयो !
  • २०८१ बैशाख ३१, सोमबार १४:४६
  • In "देश"
  • नेपालको इतिहासमै पहिलो पटक प्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
  • २०८१ बैशाख ३१, सोमबार १४:४६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न

कोदालो प्रहारबाट सिरहामा एक जनाको मृत्यु

हिन्दुवादीहरु राजनीतीक रुपमा सशक्त हुनुपर्ने आवश्यकता : विनय यादव

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version