१४ चैत, सिरहा सिरहाको कर्जन्हा नगरपालिकाका निवर्तमान नगर प्रमुख गंगा पासमानसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनिमियतता गरेको भन्दै उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले निवर्तमान मेयर पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलले स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै प्रशासनिक भवन बनाउनको लागि बोलपत्र आह्वानको लागि निर्णय गरी सार्वजनिक सम्पत्तिको नोक्सानी पुर्याएको जनाएको छ ।
अदालतको आदेशसमेत नमानी सार्वजनिक सम्पत्तिको नोक्सानी पुर्याएको भन्दै अख्तियारले सबै प्रतिवादीलाई १ करोड ८ लाख रुपैयाँ बिगो कायम गरी जरिवाना गर्नुपर्ने दाबी गरेको छ ।